८ असार २०८२, आईतवार

भाषा/साहित्य

अनेसास गण्डकीको आयोजनामा गजल साँझ र पुस्तक परिचर्चा कार्यक्रम सम्पन्न

अनेसास गण्डकीको आयोजनामा गजल साँझ र पुस्तक परिचर्चा कार्यक्रम सम्पन्न

नेपाल । अनेसास गण्डकी प्रदेशको आयोजनमा हिमालयन रिडर्स कर्नर न्युरोड, पोखरामा एनबी अन्जान ‘गजल एकल साँझ’ तथा गणेश बाबू अधिकारीको उपन्यास ‘रेजा’को विमोचन र परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । अनेसास गण्डकी च्याप्टरका अध्यक्ष कवि तथा गीतकार देवेन्द्र केसी देवुको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि पूर्व कुलपति वरिष्ठ साहित्यकार सरुभक्त हुनुहुन्थ्यो । विशेष अतिथि पूर्व प्राज्ञ गायिका हरिदेवी कोइराला, विशिष्ठ अतिथि गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्‌का बिखर्ची हुनुहुन्थ्यो । कार्यक्रममा पोखरास्थित सम्पूर्ण वाङ्गयीक संस्थाका प्रमुख, कवि, साहित्यकार तथा साहित्य सङ्गीतका साधक तथा अनुरागीको सहभागिता थियो । ...
रमेश विकल स्मृति दिवसमा पुरस्कार प्रदान

रमेश विकल स्मृति दिवसमा पुरस्कार प्रदान

नेपाल । आख्यानकार रमेश विकलको स्मृति दिवसका अवसरमा साहित्यकार, कलाकार, शोधकर्ता तथा समाजसेवीलगायतलाई पुरस्कार प्रदान गरिएको छ । रमेश विकल साहित्य प्रतिष्ठान, आरुबारीको आयोजना तथा गोकर्णेश्वर नगरपालिकाका सहआयोजनामा शनिबार आरुबारीमा सम्पन्न कार्यक्रममा भाषा, साहित्य, कला तथा समाजसेवाका क्षेत्रमा सक्रिय व्यक्तित्वहरूलाई पुरस्कृत गरिएको हो । प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरेको सभापतित्व तथा प्रतिनिधि सभा अर्थ समितिका सभापति सन्तोष चालिसेको प्रमुख आतिथ्य, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल तथा संविधान सभाका पूर्वसदस्य एवं बागमती प्रदेशका पूर्वमन्त्री रामेश्वर फुयालको विशिष्ट आतिथ्यमा समारोह सम्पन्न भएको थियो । समारोहमा नृत्यशास्त्री भैरवबहादुर थापालाई रमेश विकल वाङ्मय पुरस्कार, मासिक एक सय अभियानलाई रमेश विकल–सुशीला समाजसेवा पुरस्कार, साहित्यकार युवराज मैनालीलाई रमेश विकल सिर्जना पुरस्...
राष्ट्रिय कविता प्रतियोगितामा कास्कीका बस्याल प्रथम

राष्ट्रिय कविता प्रतियोगितामा कास्कीका बस्याल प्रथम

नेपाल (हेटौंडा) । राष्ट्रिय युवा कविता उत्सव-२०८१ मा सहभागी भई कास्कीका संयोग बस्यालले ४० हजार रुपैयाँ जितेका छन् । कविता प्रतियोगितामा सहभागी भई उत्कृष्ट २० मा पर्न सफल बस्यालको ‘सावधान’ शीर्षकको कविता प्रथम हुँदै नगद ४० हजार रुपैयाँ जित्न सफल भएको हो ।   यस्तै कास्कीकै सुदर्शन पौडेलको ‘घर नफर्किएको छोराको सम्झनामा’ शीर्षकको कविता द्वितीय, उदयपुरकी सुमि पोखरेलको ‘समय दर्शक यन्त्रको पर्दा नियाल्दा’ शीर्षकको कविता तृतीय र बझाङका महेश कठायतको ‘देश’ शिर्षकको कविता सान्त्वना भएको छ । द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः ३० हजार रुपैयाँ, २० हजार रुपैयाँ र १० हजार रुपैयाँसहित पुरस्कृत गरिएको छ । शनिबार बागमती प्रदेश सरकार मातहतको प्रदेश युवा परिषद्सँगको सहकार्यमा साहित्य संगम मकवानपुरको व्यवस्थापनमा आयोजित युवा कविता उत्सवका लागि कविता आव्हान गर्दा २ सय २३ कविता प्राप्त भएको थियो । प्राप...
अनेसास अमेरिका क्षेत्रीय समिति चयन

अनेसास अमेरिका क्षेत्रीय समिति चयन

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) अमेरिका क्षेत्रीय समिति चयन भएको छ । अनेसासका केन्द्रीय उपाध्यक्ष सुदीपभद्र खनाल उक्त क्षेत्रीय समितिको संयोजक, सदस्य सचिवमा शकुन ज्ञवाली र सदस्यहरुमा क्रमशः ज्ञानेन्द्र पोखरेल, कृष्ण कँडेल र मीरा कोइराला चयन हुनु भएको अनेसासका केन्द्रीय महासचिव राजु सिटौलाले जनाएका छन् ।...
कविताः अहिले पनि हामी जङ्गली युगमा छौँ

कविताः अहिले पनि हामी जङ्गली युगमा छौँ

–आर.आर. चौलागाईं– लोकतन्त्रमा जिन्दावाद पनि भन्न पाइन्छ मुर्दावाद पनि भन्न पाइन्छ ‘किन भनिस् ?’ भन्न पाइँदैन लाठीचार्ज गर्न पाइँदैन पानीको फोहराले हान्न पाइँदैन थुन्न पाइँदैन निजी डायरी खोस्न पाइँदैन झाङ्गलझुङ्गल पार्दै अनि सुत्नै नदिई मध्यरातमा अड्डासार गर्न पाइँदैन तर हामी यी सब गरिरहेका छौँ किनभने अहिले पनि हामी जङ्गली युगमा छौँ । सत्ताधारीले जे गरे पनि हुन्छ जे बोले पनि हुन्छ हिजो सेतो भनेको चिजलाई आज कालो भने पनि हुन्छ हिजो कालो भनेको चिजलाई आज सेतो भने पनि हुन्छ आफ्ना सन्डमुसन्डहरूलाई मुख छोड्न लगाए पनि हुन्छ आफ्नो आङको भैँसीलाई नदेखेको जस्तो गरे पनि हुन्छ अर्काको आङको जुम्रालाई भैँसीजस्तो देखे पनि हुन्छ मान्छे नभएको ठाउँमा भ्यु टावर बनाए पनि हुन्छ खोलो नभएको ठाउँमा पुल हाले पनि हुन्छ आफ्नालाई उन्मुक्ति दिए पनि हुन्छ अरूलाई जति खेदे पनि हुन्छ तर हाम...
कविताः सम्पादकज्यू

कविताः सम्पादकज्यू

–मसान उपासक– सम्पादक ज्यू, लामो समयसम्म तपाईंको रिपोर्टर बनेपछि आज आफ्ना दुबै किड्नी बिक्रिमा भएको एउटा जरुरी विज्ञापन पठाएको छु । अर्कोपटक आफ्नै प्रेमिका बसेकी प्रेमिल यो मुटुको पनि विज्ञापन छपाउनु छ विस्तारै बजारमा बिस्थापित गरेर सबै सबै बिक्रिमा राख्नुछ आफ्नै टाउको, हातखुट्टा, धमनी र शीराहरू । समयको अनुहारमा पोत्नु छ रङ बदलिनु छ क्यानभासमा उभिएर आफैँ जसरी गुलेलि खेलाईरहेको बच्चालाई पनि माया पलाउन सक्छ, साना बचेराहरूको । सम्पादक ज्यू, हरेक दिन सकिरहने दाल र चामल भन्दा किन्न लाउनु ईमानको गह्रौं भारी त्यही ईमान लगेर छाप्नु डिजिटल पत्रिकामा त्यही पत्रिका देखाएर संसारलाई भन्नू मलाई काधमा राखेर हिड्ने यी मानिस संसारमै सबैभन्दा ईमान्दार छन् । बकैया–४, मकवानपुर ।...
कविताः अपिल

कविताः अपिल

–लक्ष्मण आचार्य– तिनीहरू फेरि आउने छन् झुटको खेती गर्न व्याभिचारको बाली लगाउन स्वेच्छाचारीको फसल फलाउन । पटकपटक पटाक्षेप भएको छ इतिहासको आलोक पटकपटक धुमिल पारिएको छ झिँसमिसेको घाम वा यसो भनौं कोरिएको छ अदृश्य मार्जिनल लक्ष्मणरेखा । एक भूगोल घुम्ने पृथ्वी ग्रहणले छोपिएको छ एक याम पहार हुस्सुले छिपेको छ एक वसन्त याम झुसिल्किराले डसेको छ । यात्रा बिराएकै ठाउँबाट शुरु गर्न सकिन्थ्यो बिसौनीमै तिमी नहराइदिएको भए हुन्थ्यो व्यवस्था उलटपुलटको सिक्का बाजि टस हारेर के भयो ? टस जितेर के भयो ? परम्परा नै यस्तै छ जन्मसँगै सुतक पर्छ मृत्युुसँगै जुठो लाग्छ हामीले पनि यत्ति बुझेर जन्मोत्सव नमनाए हुन्थ्यो मृत्युलाई उत्सव नबनाए हुन्थ्यो । –चन्द्रपुर, रौतहट ।...
कविताः नियति (छन्दः मन्दाक्रान्ता)

कविताः नियति (छन्दः मन्दाक्रान्ता)

–सुदीपभद्र खनाल– नाचौँ हामी अब समयको नाप नाघेर आऊ राखौँ हामी नव प्रणयको माप सम्झेर आऊ लाखौँ नौला पल अब रचौँ फूलझैँ मुस्कुराऊ यो हो माया नगर धरती बाँच हाँसेर आऊ । हाम्रो माया मृदु समयको गीत हो गुन्गुनाऊ साँच्चै छायाँ सरि छ बुझ यो जिन्दगी नाच आऊ पारौँ यौटा नव सृजनको भोर साकार आऊ यो हो माया नगर दुनियाँ बाँच हाँसेर आऊ । हाम्रो यात्रा पुरुष प्रकृति स्पन्द हो आदि सत्य मात्रै चोला युग युग नयाँ दृश्य उत्कर्ष नव्य यो यात्राको अनुपम पला छुट्छ जानेर आऊ प्यारी नाचौँ युगयुग पछी भेटमा साथ आऊ । खुल्लान् लाखौं पछि पनि यहाँ सिर्जनाका मुहार फुल्लान् लाखौँ कुसुम कलिका दिव्य शोभा हजार आफैँ हामी अपितु नरहे हुन्न यो भेट आऊ प्यारी धर्ती नभ घुमिसक्यो साथमा नाच आऊ । यो शोभामा थप अझ नयाँ शुभ्र सौन्दर्य कप्न यो आभामा झलमल अझै दीप्तिमा दीप्ति थप्न नाचे जस्तै फनफन घुमौँ विश्व ब्रम्हाण्ड आऊ ...
बालकविताः आयो, आयो पुस

बालकविताः आयो, आयो पुस

–रमेशचन्द्र घिमिरे– कम्मल ओढी कोठामा नै बस्छु धम्मर धुस बाहिर जान्नँ चिसो लाग्छ आयो, आयो पुस । सल्काएर घसेटा र झिर्कामिर्का झुस आगो तापी जाडो भगाऊँ आयो, आयो पुस । बाक्लो सुइटर लाउन पाए हुन पाइन्थ्यो खुस बालाई भन्दिनु न आमा आयो, आयो पुस । कुहिरो हो कि बादल हो उड्छ फुस्फु–स् घामको मुखै देख्नै गाह्रो आयो, आयो पुस । अहिले पढौँ अल्लि पछि खेलौँ तामा टुस यतिखेर जाडो छ आयो, आयो पुस । –भोर्लेटार, लमजुङ ।...
कवितासङ्ग्रह ‘ओ पेङ्दोर्जे’ लाई चार लाख रुपैयाँको पहिचान पुरस्कार

कवितासङ्ग्रह ‘ओ पेङ्दोर्जे’ लाई चार लाख रुपैयाँको पहिचान पुरस्कार

नेपाल । पहिचान पुरस्कार कोषले २०८०–८१ सालको पहिचान पुरस्कार राजु स्याङ्तानको कवितासङ्ग्रह ‘ओ पेङ्दोर्जे’ लाई प्रदान भएको छ । पुरस्कारको राशि चार लाख २,००२ रुपैयाँ रहेको छ । शुक्रबार बसेको कोषको बैठकले जुरीबाट आएको निर्णयलाई आधार मानी उत्कृष्ट आठ पुस्तकमध्येबाट स्याङ्तानको कृतिलाई पुरस्कार दिने घोषणा गरेको हो । स्याङ्तानको ‘ओ पेङ्दोर्जे’ सहित गिलु रातोसको ‘सिलिदुङ’, विश्व कुइँकेलको ‘गोपिचा’, मिथोचको ‘आगोको पिदार’, प्रवीण खालिङको ‘चिया गफ’, अभागी थेगुवाको ‘सपनाहरूको बही’, श्याम सामसोहाङ राईको ‘मुन्दुम ट्रेल’ र निर्भीकजङ्ग रायमाझीको ‘त्यसरी त कहिल्यै सोचिएन’ अन्तिम सूचीमा परेका थिए ।...