चेतन राईको पाँचौँ गीति सङ्ग्रह ‘स्पिड’ लोकार्पण
नेपाल । गायक तथा सङ्गीतकार चेतन राईको पाँचौँ गीति सङ्ग्रह ‘स्पिड’ को लोकार्पण गरिएको छ । साथै त्यस एल्वमभित्रको ‘हाँसि देउन’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
राजधानीमा आयोजित कार्यक्रममा गायक राईको स्पिड गीति सङ्ग्रह र हाँसि देउन बोलको म्युजिक भिडियोको वरिष्ठ सङ्गीतकार राजु सिंह प्रसिद्ध गीतकार लोकराज अधिकारी, प्रसिद्ध सङ्गीतकार सन्तोष श्रेष्ठलगायतले संयुक्त रुपमा गर्नुभएको हो ।
सङ्गीतकार सिंहले चेतन राईका नयाँ गीति सङ्ग्रहले सफलता पाओस् नेपाली सङ्गीत बजारमा छाओस् भन्दै सफलताका लागि शुभकामना दिंदै गीत लेखन, सङ्गीत र गायनमा समेत आफुलाई व्यस्त बनाइरहेकोले बहुमुखी प्रतिभाका धनी हुँदा उहाँको भविष्य सुन्दर रहेको बताउनुभयो । गीतकार लोकराज अधिकारीले तीन दशक अघि देखि चेतनसँगको भेटघाट भइरहेकोले उहाँको प्रतिभालाई नजिकबाट नियाल्ने अवसर पाएको बताउनुभयो ।
उहाँले पछिल्लो समयमा दुइ वटा गीत...









