-रमेशचन्द्र घिमिरे-
हुल देख्दा चिर्बिर गर्ने चरा–बचेराको
फेरि याद आउँछ मलाई आफ्नै पखेराको
पिस्ती खोला जाँदा पनि जङ्गल काटी जान्थ्यौँ
ऐँसेलु र बयरलाई खुसी बाँडी खान्थ्यौँ
ऐँसेलु र बयरको झ्याङ छैन आज
वन फाँड्ने मान्छेलाई केको रात–साँझ ?
दिउसै पनि लाग्थ्यो मलाई चितुवाको डर
लाग्छ अचेल मान्छेको नै जो छन् वरपर
वन फाँड्ने मूर्खहरू बनेका छन् ठालू
बाँदरले नै राज गर्छन् छैनन् बाघ–भालु
डढेलाको कालो देख्दा रुन्छ मेरो मन
डाँडाकाँडा छिचोल्दा’नि देखिँदैन वन
गाई चर्ने जङ्गलमा कुखुराको बास
घाँस पनि नपाए’सि के पो गर्ने आश ?
जङ्गल फाँडी काठ काट्ने सुन दाजुभाइ
एउटा रुख हुर्काइदेऊ छोरा–नातिलाई ।
-भोर्लेटार, लमजुङ ।...
काठमाडौं । साहित्यकार प्रमोद नेपालको मुक्तककृति ‘हत्केलामा घाम’ सार्वजनिक गरिएको छ ।
गत शनिबार (असार १४) काठमाडौंमा साहित्यिक संस्था कल्पतरु प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा नेपालका केही गीत पनि सार्वजनिक गरिएको हो ।
कृति सार्वजनिक गर्दै साहित्यकार वियोगी बुढाथोकीले उनका मुक्तकको चर्चा गरे । सार्वजनिक मुक्तकको पुस्तकमाथि प्रा. कपिल अज्ञातले समीक्षात्मक मन्तव्य दिए । विजयध्वज थापाले गीतका विषयमा बोले ।
कार्यक्रममा गोविन्द घिमिरे ‘वेदमणि’, कृष्ण प्रधान, डा। कृष्णप्रसाद दाहाल, नवराज पुडासैनी ‘ज्योत्सना’, प्रमोद नेपाल, रामप्रसाद पन्तलगायत साहित्यकारले बोलेका थिए ।...
नेपाल । आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती उनको जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रम गरी तीन दिनसम्म मनाइने भएको छ । आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको मंगलबारको बैठकले यस्तो निर्णय गरेको हो ।
समितिका अध्यक्ष रामकुमार श्रेष्ठका अनुसार यही असार २७, २८ र २९ गते कविता प्रतियोगिता, रामायण वाचन, काव्यसन्ध्या, प्रभातफेरीलगायतथ कार्यक्रम आयोजना हुनेछन् ।
विसं १८७१ असार २९ गते जन्मिएका आचार्यको १९२५ साल असोज ६ गते निधन भएको थियो । नेपाली साहित्यका प्राथमिककालका प्रतिनिधि कविका रूपमा परिचित भानुभक्त वाल्मीकि रामायणका अनुवादकका रूपमा प्रख्यात छन् ।
भानुभक्तका समकालीन साहित्यकार मोतीराम भट्टले उनलाई आदिकवि उपाधि दिएका थिए । भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, वधुशिक्षालगायत कृति लेखेका थिए । उनका ती कृतिका पाण्डुलिपि संग्रह गरेर मोतीराम भट्टले पुस्तकका रूपमा प्रकाशन गरेपछि उनी नेपाली साह...
नेपाल । कवि क्षेत्रप्रताप अधिकारीको सम्झनामा स्थापित क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार वरिष्ठ साहित्यकार सरुभक्तलाई प्रदान गरिएको छ ।
गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले सरुभक्तलाई आइतबार पुरस्कार प्रदान गरेको हो । नेपाली साहित्यको उन्नयनमा पुर्याएको योगदानको कदर गर्दै प्राज्ञ सरुभक्तलाई पुरस्कार प्रदान गरिएको मञ्चका अध्यक्ष आकाश अधिकारीले जानकारी दिनुभयो । पुरस्कारको राशि २५ हजार रुपियाँ रहेको छ ।
क्षेत्रप्रताप अधिकारी स्मृति दिवस चैत ३० गते वितरण गर्ने भनिए पनि सरुभक्त विशेष कारणवश उपस्थित हुन नसक्नु भएकाले नेपाल प्राज्ञ–प्रतिष्ठान साहित्य काव्य विभाग विभागको आयोजना र मञ्चको सहआयोजनामा भएको दुईदिने गण्डकी प्रदेशस्तरीय प्रज्ञा नारी काव्य गोष्ठीका अवसरमा पुरस्कार प्रदान गरिएको हो । प्रतिष्ठान अध्यक्ष बालहरि अधिकारी, प्राज्ञ बाबा बस्नेतलगायतले संयुक्त रूपमा सम्मानपत्र र नगद प...
नेपाल । पद्मश्री साहित्य पुरस्कार–२०८१ को छनोट सूची सार्वजनिक गरिएको छ । खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले नेपाली साहित्यमा प्रकाशित उत्कृष्ट कृतिलाई हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ ।
०८१ मा २०३ साहित्यिक पुस्तक प्रतिष्ठानमा प्राप्त भएको थियो । तीमध्ये पुरस्कार चयन समितिले पहिलो चरणमा १५ किताबको विस्तारित सूची उपलब्ध गराएको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिए ।
काठमाडौं । पद्मश्री साहित्य पुरस्कार–२०८१ को छनोट सूची सार्वजनिक गरिएको छ । खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले नेपाली साहित्यमा प्रकाशित उत्कृष्ट कृतिलाई हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ ।
०८१ मा २०३ साहित्यिक पुस्तक प्रतिष्ठानमा प्राप्त भएको थियो । तीमध्ये पुरस्कार चयन समितिले पहिलो चरणमा १५ किताबको विस्तारित सूची उपलब्ध गराएको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिए ।
सार्वजनिक विस्त...
नेपाल । लेखक, निर्देशक तथा हास्यव्यङ्ग्य कलाकार कमलकान्त मैनालीसहित कलाकार, पत्रकार र समाजसेवी सम्मानित हुनुभएको छ ।
वरिष्ठ हाँस्य कलाकार किरण केसी ‘राता मकै’ को ६८औँ जन्मोत्सवको अवसरमा आइतबार ललितपुरको इमाडोलमा आयोजित एक कार्यक्रममा उहाँहरू सम्मानित हुनुभएको छ ।
कलाकार केसीले आफ्नो जन्मदिन परिवारका सिमित व्यक्तिसँग मनाउन सकिने भए पनि कला क्षेत्रमा र समाजमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका व्यक्तित्वलाई सम्मान गर्न चाहेको धारणा राख्नुभयो ।
वरिष्ठ हाँस्यव्यङ्ग्य कलाकार मदनकृष्ण श्रेष्ठले केसीको व्यक्तित्व कहिल्यै नथाक्ने, हसिलो, फुर्तिलो किसिमको रहेको भन्नुहुँदै शुभकामना व्यक्त गर्नुभयो ।
उहाँले हाँस्यव्यङ्ग्य क्षेत्रका कलाकारले घोचपेच गर्नुपर्ने हुँदा कसैले आफ्नो नसम्झिने भनाइ राख्नुभयो ।
कार्यक्रममा हाँस्यव्यङ्ग्य क्षेत्रका कलाकारहरू सबिता गुरुङ, सुशिला निरौला, निर्देशक तथा कलाका...
नेपाल । जीवन स्मृति प्रतिष्ठानले विभिन्न सर्जकलाई सम्मानित गरेको छ ।
साहित्यकार लीला उदासीलाई ‘जीवन स्मृति पुरस्कार २०७८,’ निबन्धकार युवराज नयाँघरेलाई ‘जीवन स्मृति पुरस्कार २०७९,’ कलाकार विक्रमश्रीलाई ‘जीवन स्मृति पुरस्कार २०८०’ तथा कथाकार रीता ताम्राकारलाई ‘जीवन स्मृति पुरस्कार २०८१’ बाट पुरस्कृत गरिएको हो ।
त्यस्तै ‘जीवन स्मृति युवा प्रोत्साहन पुरस्कार २०८१’ बाट सर्जक चोमु शेर्पा खुसी पुरस्कृत हुनुभयो । पुरस्कारको राशि १० हजार १११ रुपियाँ रहेको छ ।...
नेपाल । यस वर्षको गोपालप्रसाद रिमाल पुरस्कार कवि मञ्जुल (मेघराज शर्मा नेपाल) लाई प्रदान गरिने भएको छ ।
कविता, गीत, उपन्यास, यात्रा संस्मरण र अनुवादका माध्यमबाट दुई दर्जनभन्दा बढी कृति प्रकाशन गरेर नेपाली वाङ्मयलाई योगदान दिनुभएका मञ्जुललाई पुरस्कृत गर्ने निर्णय गरिएको साहित्य सदनले जनाएको छ ।
सदनका अध्यक्ष प्राडा हेमनाथ पौडेलको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको थियो । साहित्य सदनका कोषाध्यक्ष साहित्यकार वसन्त रिजालको सौजन्यमा स्थापित ३० हजार राशिको पुरस्कार असार २१ मा रिमाल जयन्तीका अवसरमा प्रदान गरिने छ ।...
नेपाल । विश्वराज अधिकारीको ‘अनुभूतिका विविध प्रवाहमा’ भाग दुई लोकार्पण भएको छ । बुधबार काठमाडौँमा एक कार्यक्रम आयोजना गरी नारी स्रष्टा समाजका अध्यक्ष ममता मृदुलले सम्पादन गर्नुभएको पुस्तक लोकर्पण भएको हो ।
समाजका अध्यक्ष ममता मृदुलले विदेशमा रहेर नेपाली भाषा, कला, साहित्यमा योगदान पुर्याउँदै आउनुभएको साहित्यकार अधिकारीको पुस्तक सम्पादन तथा लोकार्पण गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो । अधिकारीले आफूलाई समेत लेखन क्षेत्रमा प्रोत्साहन गरेको भन्नुहुँदै साहित्य क्षेत्रमा योगदान पुर्याउनुभएको सर्जक तथा साहित्यका कृतिमाथि आगामी दिनमा समीक्षा गर्दै अघि बढ्ने धारणा राख्नुभयो ।
वरिष्ठ साहित्यकार एवम् गोरखापत्रका पूर्व प्रधान सम्पादक श्रीओम श्रेष्ठले लेखक साहित्यका नाममा विभिन्न नाटक मञ्चन भइरहेको अवस्थामा लेखक अधिकारीको सम्मानमा कार्यक्रम आयोजना गरेकोमा नारी स्रष्टा समाजलाई धन्यवाद ज्ञापन गर्नुभयो...