२९ फाल्गुन २०८२, शुक्रबार

भाषा/साहित्य

कविताः जीवन ल्याङफ्याङ छ

कविताः जीवन ल्याङफ्याङ छ

–लक्ष्मण आचार्य– जीवन ल्याङफ्याङ छ र मन ल्याङफ्याङ छ कति सपारौँ कति सुधारौँ यो झन ल्याङफ्याङ छ उता मुना विह्वल छे यता मदन ल्याङफ्याङ छ सह छैन यहाँ केही कुराको जतन रु ल्याङफ्याङ छ जसोतसो पिउँछु मदिरा सित्तन ? ल्याङफ्याङ छ बाँचे भन्नू के यस्तो भोगाइ ? भिजन ? ल्याङफ्याङ छ । –चन्द्रनिगाहपुर, रौतहट ।
कविता: विश्वमानव

कविता: विश्वमानव

-सुदीपभद्र खनाल- फलेका झुक्दछन् वृक्ष निहुरिन्छन् गुणी पनि सुकेको वृक्ष झुक्दैन झुक्दैन मूर्ख त्यो पनि घमण्ड क्रोध दुर्वाक्य ईर्ष्या द्वेष अनादर मूर्खका चिन्ह हुन् सोच्छ आफैँलाई पुरन्दर सेतो हाँस छ त्यो उस्तै बकुल्लो पनि श्वेत छ दुइटै रूपमा उस्तै यिनमा कुन भेद छ ? बाहिरी रङ्गले हैन गुण भित्र विभेद छ दूध छुट्याउने पानीबाट हाँस विशेष छ लोभीलाई दिए दान झन् धेरै आश गर्दछ अहंकारी र दुर्वुद्दी भावले नाश गर्दछ घरको दूध खाएर सर्प वीष बनाउँछ चुसेर वनका पुष्प मौरी मह बनाउँछ छाड्दैन बिच्छिले डस्न बोल्न भुल्दैन कोइली छटा वषन्तको होस् वा शरद्को होस् झिलीमिली बुझ्नू स्वभाव फेरिन्न प्रकृतिले प्रदत्त हो फेरिने ज्ञान हो किन्तु मूर्ख सक्तैन बुझ्न त्यो ज्ञानीले रति गर्दैन अहं ज्ञान भएपनि अज्ञानीले म हूँ भन्छ ज्ञान क्यै नभएपनि भन्दैनन् मुनि मै जान्ने ठान्दैनन् ऋषि मै ठुलो किन्तु सं...
लघुकथा: कोभन्दा कोकम

लघुकथा: कोभन्दा कोकम

-आरसी रिजाल- बुढाहरु जम्मा भएपछि तालतालका गफ गर्छ्न्। बारिको पाटोमा तिनजना बुढा गफिदैथे। लुकेर चुरोट तान्न पल्केका गौतम बुढा तल्लो पाटोबाट मास्तिर आउँदैथे। मैले -- कान्लो अग्लो छ ।उता छेउबाट घुमेर आउनुस् भने। किन टेढ्थे बुढा ? असारको चिप्लो कान्लाबाट बारिको पाटोमा उत्तानोटाङ लाए। माख्लो कान्लोबाट ८४ कटेको घिमिरे बाजेले -- ए गौतमजी ! ल मेरो हात समातेर माथी आउनुस् भने। गौतमले हात त दिए। उल्टै घिमिरे गौतमको बुइ चढ्न पुगे।दुइटै हिलाम्मे भए। चालिसेले हाँसो रोक्न सकेनन्। हे बुढा हो! लौ दुबैजनाले मेरो हात समात भने। समात्न त समाते चालिसे पनि तलै ढुन्मुनिए। त्यसपछि दुईजनाले काँधको बलले गौतमलाई ठेले र माख्लो पाटोमा चढाए । एसो हेरेँ -- तिनैजना असारको बाउसे जस्ता हिलाम्मे थिए। चालिसेलाई तलबाट घिमिरेले ठेले माथिबाट गौतमले ताने। अब घिमिरे बुढा तल एक्लै परे।उनलाई तान्दा दुबैजना फेरि मुन्टिने त्रास...
कविताः सडक, सत्ता र कविता

कविताः सडक, सत्ता र कविता

–आर.आर. चौलागाईं– हिजो तिमी मलाई शोषणका विरुद्धमा कविता लेख्नु भन्थ्यौ किनकि त्यतिबेला तिमी सडकमा थियौ आज तिमी मलाई शोषणका विरुद्धमा कविता नलेख्नु भन्छौ किनकि यतिबेला तिमी सत्तामा छौ आज थाहा भयो मलाई राजनीति गर्नेहरूको ठाउँ फेरिँदो रहेछ उनीहरू कहिले सत्तामा पुग्दा रहेछन् त कहिले सडकमा पुग्दा रहेछन् तर कविहरूकोचाहिँ ठाउँ एउटै हुँदो रहेछ जहिले पनि सडक किनकि कविता बाँच्ने भनेकै सडकमा रहेछ सत्तामा होइन । -हेटौंडा, मकवानपुर ।...
‘संघर्षबाट सफलता– जीवनका अनुभव र अनुभूतिहरु’ सार्वजनिक

‘संघर्षबाट सफलता– जीवनका अनुभव र अनुभूतिहरु’ सार्वजनिक

नेपाल । वरिष्ठ मनोचिकित्सक तथा नेपाल सरकारका पूर्व स्वास्थ्य सचिव डा. निराकारमान श्रेष्ठको पुस्तक ‘संघर्षबाट सफलता – जीवनका अनुभव र अनुभूतिहरु’ सार्वजनिक भएको छ । ४२ बर्ष मानसिक स्वास्थ्य क्षेत्रसहित ५२ बर्षदेखि चिकित्सा क्षेत्रमा सक्रिय डा. श्रेष्ठले आफ्नो बाल्यकालदेखि हालसम्मको जीवनका उतारचढाव समेटेर आफ्नो आत्मकथा पुस्तकमा उतार्नुभएको हो । पुस्तक लोकार्पण कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ बालरोग तथा जनस्वास्थ्य विशेषज्ञ डा. बद्रीराज पाण्डेले प्रकाशित पुस्तकले नयाँ पुस्तालाई मार्गदर्शन गर्ने उल्लेख गर्नुभयो । पुस्तकको समालोचना गर्नुभएका संसद सचिवालयका पूर्व सह–सचिव तोयानाथ भट्टराईले आत्मकथा इमान्दारीताका साथ लेखिएकोमा प्रशंसा गर्नुहुँदै पुस्तक ब्यक्तिको भइकन पनि नेपालकै स्वास्थ्य क्षेत्रको विकासक्रमको प्रतिविम्व झल्किने उल्लेख गर्नुभयो । कार्यक्रममा अतिथिहरु खाद्य प्रविधि विशेषज्ञ, पूर्...
साहित्यकार सञ्जय साह मित्रलाई ५० हजार रुपैयाँ राशिको अन्तर्राष्ट्रिय पुरस्कार

साहित्यकार सञ्जय साह मित्रलाई ५० हजार रुपैयाँ राशिको अन्तर्राष्ट्रिय पुरस्कार

नेपाल । रौतहटका प्रख्यात साहित्यकार सञ्जय साह मित्रलाई ५० हजार रुपैयाँ राशिको ‘कवि सदानन्द अन्तर्राष्ट्रिय बज्जिकासेवी पुरस्कार’ प्रदान गरिने भएको छ । बज्जिका साहित्य समाज सर्लाहीले नवस्थापित उक्त पुरस्कार मित्रलाई दिने निर्णय गरेको हो । समाजका अध्यक्ष रामचन्द्र महतो कुशवाहाका अनुसार पुरस्कारका लागि उपयुक्त पात्र छनोट गर्न गठन गरिएको तीन सदस्यीय समितिले मित्रको नाम सिफारिस गरेको थियो । समितिमा अध्यक्ष महतो संयोजक रहँदा सदस्यहरूमा विनिताकुमारी साह र गुडीकुमारी साह रहेका थिए । बज्जिका र नेपाली दुवै भाषामा लामो समयदेखि साहित्य सेवा गर्दै आएका मित्रलाई ५० हजार रुपैयाँ नगद, सम्मानपत्र र दोसल्लासहित सम्मानित गरिने समाजले जनाएको छ । मित्रका बज्जिका र नेपाली भाषामा गरी डेढ दर्जनभन्दा बढी कृति प्रकाशित छन् । उनले हिन्दी भाषामा पनि साहित्य सिर्जना गरेका छन् । भाषा, साहित्य, संस्कृति, समीक्षा, समा...
‘व्यथित साहित्य सम्मान’ वरिष्ठ साहित्यकार डाक्टर तुलसीप्रसाद भट्टराईलाई

‘व्यथित साहित्य सम्मान’ वरिष्ठ साहित्यकार डाक्टर तुलसीप्रसाद भट्टराईलाई

नेपाल । साहित्य सदन नेपालले प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘व्यथित साहित्य सम्मान’ यस वर्ष वरिष्ठ साहित्यकार डाक्टर तुलसीप्रसाद भट्टराईलाई प्रदान गर्ने भएको छ । संस्कृतमा आचार्य, राजनीतिशास्त्रमा स्नातकोत्तर र भाषाविज्ञानमा विद्यावारिधि गरेका डा। भट्टराई भाषा–साहित्य एवं सामाजिक–राजनीतिक क्षेत्रमा सक्रिय व्यक्तित्व हुनुहुन्छ । साझा प्रकाशनका पूर्वमहाप्रबन्धक, गोरखापत्र संस्थानका पूर्वअध्यक्ष र नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्यसचिवसमेत रहिसक्नुभएका भट्टराईका नेपाली भाषाको अध्ययन–अनुसन्धान, अनुवाद, सम्पादन र पत्रकारिताका साथै कथा, उपन्यास, नियात्रा, जीवनी, निबन्ध, कविता–काव्य र समालोचना गरी तीन दर्जनभन्दा बढी कृति प्रकाशित छन् । भट्टराईले २०२५ सालदेखि अनवरत भाषा–साहित्यको सेवामा समर्पित भई महत्वपूर्ण योगदान गरेबापत साहित्य सदन नेपालले उहाँलाई सम्मान गर्ने निर्णय गरेको हो । साहित्य सद...
विश्व साइकल यात्री पुस्कर शाहको दोस्रो पुस्तक ‘मृतसागरदेखि सगरमाथासम्म’ सार्वजनिक

विश्व साइकल यात्री पुस्कर शाहको दोस्रो पुस्तक ‘मृतसागरदेखि सगरमाथासम्म’ सार्वजनिक

नेपाल । विश्व साइकल यात्री पुस्कर शाहको दोस्रो पुस्तक ‘मृतसागरदेखि सगरमाथासम्म’ सार्वजनिक भएको छ । सन्सारको एक सय ५० देश घुमेर सगरमाथा आरोहण गर्नुभएको शाहको जीवन यात्रामा आधारित यो दोस्रो पुस्तक हो । यसअघि उहाँले ‘सन्सारलाई साँढे पाँच फन्को’ नामक पुस्तक लेख्नुभएको थियो । बुकहिलले प्रकाशन गरेको ‘मृतसागरदेखि सगरमाथासम्म’ पुस्तकको मङ्गलबार जेनजी आन्दोलनका अगुवा माजिद अन्सारी, भावना राउत, युजनराज भण्डारी र लेखक पुस्कर शाहले लोकार्पण गर्नुभयो । साहस, इच्छाशक्ति र जीवनबोधको संस्मरणको रूपमा रहेको यस पुस्तकमा शाहले विश्व यात्रामा भोगेका र देखेका विषय वस्तु समेटिएका छन् ।...
अनुष्का सिलवालको पहिलो काव्यसंग्रह ‘द बर्डेन अफ ब्रेथ’ सार्वजनिक

अनुष्का सिलवालको पहिलो काव्यसंग्रह ‘द बर्डेन अफ ब्रेथ’ सार्वजनिक

नेपाल । लेखक अनुष्का सिलवालको पहिलो काव्यसंग्रह ‘द बर्डेन अफ ब्रेथ’ एक कार्यक्रमकाबीच सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा साहित्यकार प्राडा गोविन्दराज भट्टराई र मण्डला बुक पोइन्टका माधवलाल महर्जनले सिलवालको उक्त काव्यकृति संयुक्त रूपमा सार्वजनिक गरे । दुवै अतिथिहरूले कवि सिलवालको उक्त काव्यकृतिमा देखिएको काव्यिक सान्दर्भिकता, भाषिक सुक्ष्मता र अव्यक्त भावनाहरूलाई सुस्पष्ट रूपमा शब्दबद्ध गर्ने उनको क्षमता प्रशंसनीय रहेको उल्लेख गरे । कवि सिलवालले सिर्जना यात्रामा साथ दिने सबैप्रति आभार व्यक्त गर्दै पुस्तक बिक्रीबाट आउने रकमको एक हिस्सा परोपकारी काममा समर्पण गरिने जानकारी गराइन् । उनले आफूले सिर्जनशीलताका माध्यमबाट समाजमा सकारात्मक योगदान पुर्‍याउन चाहेको बताइन् ।...
अनेसास कोलोराडोको आयोजनामा देवकोटा जयन्ती तथा पुस्तक बिमोचन कार्यक्रम सम्पन्न

अनेसास कोलोराडोको आयोजनामा देवकोटा जयन्ती तथा पुस्तक बिमोचन कार्यक्रम सम्पन्न

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । कोलोराडोमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्तीको अवसर पारेर आयोजित कविता वाचन तथा पुस्तक बिमोचन कार्यक्रम सम्पन्न भएको छ । बरिष्ठ पत्रकार हरिहर बिरहीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा १० बर्षिय बालक आरभ प्रसाइद्वारा लिखित उपन्यास बिमोचन तथा कविता वाचन कार्यक्रम सम्पन्न भएको हो । अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो च्याप्टरद्वारा अयोजित कार्यक्रमा महाकवि देवकोटाको तस्बिरमा पुष्पमाला अर्पण गर्दै कार्यक्रम अगाडी बढाइएको थियो । कार्यक्रममा च्याप्टरका सचिव परिवेश शर्माले स्वागत मन्तव्य प्रस्तुत गर्दै उपस्थित अतिथि, साहित्यकार सबैलाइ स्वागत गरेका थिए । कार्यक्रममा उपस्थित बालबालिकाहरूले महाकवी देवकोटाप्रति आआफ्नो सृजना वाचन सहित श्रद्धा सुमन अर्पण गरेका थिए । यसै क्रममा बालबालिकाहरूले महाकवि देवकोटाको जीवनी, उनका साहित्यक रचना ...