–धनराज गिरी–
थियो आश धेरै बगाएर आयौ
थियो बास आगो लगाएर आयौ
गुफामा सुतेको थियो त्यो बिरालो
बनी मूर्ख साथी जगाएर आयौ
उही रीत कालो अघोरी नफाली
कठै बुद्धि तिम्रो तगाएर आयौ
महात्मा र ज्ञानी विवेकी पियारा
लखेटी लखेटी भगाएर आयौ
थियो धुन्धुकारी थियो आततायी
बनी मित्र स्थायी सघाएर आयौ ।
–चितवन, नेपाल ।
–सुदीपभद्र खनाल–
भन्छन् दिनेले पनि दिन्न खायौ
भन्छन् लिनेले पनि टन्न खायौ
जन्म्यौ कि खानै सरि छन् तमाशा
उठ्लान् सुतेका अनि हुन्छ खासा
पड्काउने चप्पल शुभ्र त्यागी
भड्काउने बन्दुक उग्र बागी
सबै मिले खान लिएर बासा
बुझ्लान् युवाले अनि हुन्छ खासा
उखानले देश कहाँ बन्यो खै
खै वैरले को बलियो बन्यो खै
कहाँ उठ्यो देश बनेर ‘दासा’
साँच्चै लघार्लान् अनि हुन्छ खासा
के पिट्दछौ शक्ति लिएर डङ्का
भन्छन् युवा देश हुँदैछ लंका
लंका बनोस् या सरि बंगलाका
उठ्लान् युवा ती अनि हुन्छ खासा
हिमालझैँ माथ उचो गरेर
पूर्खा मरे नित्य बरू लडेर
मिलेर आफू अब फेर भाका
खेद्लान् नफेरे अनि हुन्छ खासा ।
–अमेरिका ।...
नेपाल । नेपाल स्रष्टा समाजले रेखा-पवन स्रष्टा सम्मानद्धारा वरिष्ठ कवि तथा गीतकार कालीप्रसाद रिजाललाई अर्पण गर्ने गर्ने भएको छ ।
नेपाल स्रष्टा समाजको केन्द्रिय कार्यसमितिको फागुन ६ गते बसेको बैठकले उक्त निर्णय गरेको हो ।
रु. १ लाख १सय ११ रुपैयाँ नगदराशि र सम्मानपत्र सहितको उक्त सम्मान नेपाली साहित्यमा पाँच दशकभन्दा बढी समयदेखि कविता,गीति क्षेत्रमा रिजालले पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै उक्त सम्मान अर्पण गर्न लागिएको समाजले जनाएको छ । नेपाली साहित्यको श्रीबृद्धिमा लागिपरेका ६० वर्ष उमेर पुगेका र उत्कृष्ट रुपमा लेखनीलाई निरन्तरता दिइरहेका स्रष्टामध्येबाट उक्त स्रष्टा सम्मान अर्पण गर्न थालिएको पनि विज्ञप्तिमा जनाइएको छ ।
रेखा–पवन स्रष्टा सम्मानको लागि यस पटक बरिष्ठ साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरेको संयोजकत्वमा नाम सिफारिस समिति गठन गरि समितिले सिफारिस गरेको नामलाई नेपा...
नेपाल । कवि खगेन्द्र दाहालको शोककाव्य ‘नरमाया’ सार्वजनिक भएको छ । बुधबार महेन्द्र रत्न ताहाचल क्याम्पसमा आयोजित विशेष कार्यक्रममा वरिष्ठ साहित्यकार प्राडा गोविन्दराज भट्टराईले ‘नरमाया’ सार्वजनिक गर्नुभएको हो ।
पाँचथर स्रष्टा मञ्च, काठमाडौंको आयोजनामा भएको कार्यक्रममालाई सम्बोधन गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि भट्टराईले शाश्वत विषयमा लेखेको काव्यले सबैको मन छुने बताउनुभयो । ‘शाश्वत विषय आमामा आधारित काव्यले लेखक खगेन्द्र दाहाललाई स्थापित गरेको छ। सबैको संवेदनालाई छुन सक्ने गरी काव्य आएको छ ।’
कृतिमाथि डा। हेम भण्डारीले समीक्षात्मक मन्तव्य राख्नुभयो उहाँले कृतिको समीक्षा गर्दै भन्नुभयो, ‘कृतिले पहाड र तराईका आमाको साझा कथा र व्यथालाई समेटेको छ ।’ उहाँले काव्यमा आमाको पृष्ठभूमि अझ थपिएको भए राम्रो हुने टिप्पणीसमेत गर्नुभयो ।
कार्यक्रमका सभाध्यक्ष डा. रमेश शुभेच्छुले कार्यक्रमको उद्देश्...
नेपाल । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति, वरिष्ठ कवि वैरागी काइँलासम्बन्धी ग्रन्थ लोकार्पण गरिएको छ ।
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले हालै राजधानीमा एक कार्यक्रम आयोजना गरी ‘वैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ’ लोकार्पण गरेको हो । ग्रन्थको लोकार्पण काइँलासहित डा. गोविन्दराज भट्टराई, डा. अभि सुवेदी, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राई, समाजसेवी मकरध्वज वनेमलगायतले लोकार्पण गर्नुभएको थियो ।
कार्यक्रममा नेपाली भाषा, साहित्य र कलामा उल्लेखनीय योगदान पुर्याउने दुई सर्जकलाई सम्मान र पुरस्कार प्रदान गरिएको थियो । ताप्लेजुङ निवासी राजेश्वर थापालाई प्रतिभा सम्मान र सिक्किम निवासी सन्ध्या सिङजाङ्गो सुब्बालाई प्रतिभा पुरस्कार प्रदान गरिएको थियो ।
पूर्वकुलपति वैरागी काइँलाले सम्मानित र पुरस्कृत सर्जकलाई शुभकामना दिँदै पुरस्कृत सर्जक सुब्बाको उपनाम ‘सिङजाङ्गो’ का बारेमा चर्च...
–जीवा लामिछाने–
अनुदान (ग्रान्ट) लेखन संसारभरि नै सामान्य अभ्यास मानिन्छ । लेखकहरूलाई आर्थिक बोझबाट स्वतन्त्र भएर आफ्नो सिर्जनशील काममा केन्द्रित हुन अनुदान तथा फेलोशिपहरू दिने गरिन्छ । त्यसैले, वास्तविक बहस अनुदान कसले पायो भन्ने होइन, त्यसबाट लेखिएका कृति कस्ता छन भन्ने विषयमा केन्द्रित हुनुपर्छ !
पछिल्लो समय सामाजिक सञ्जालमा यस विषयलाई लिएर घृणायुक्त बहस हुनु दुःखद हो । सर्जकले अनुदान पाएर सिर्जना गर्नु कुनै अपराध होइन । बरु प्रश्न उठ्नुपर्ने भनेको त्यो लेखनले समाजलाई फाइदा पुर्यायो कि हानि गर्यो भन्ने हो । यदि कुनै पुस्तकले नयाँ दृष्टिकोण दिएको छ, महत्त्वपूर्ण विषय उजागर गरेको छ, वा साहित्यिक संस्कृतिलाई समृद्ध बनाएको छ भने, लेखकले कसरी वित्तीय सहायता प्राप्त गर्यो भन्ने विषय गौण हुनुपर्छ ।
अन्तर्राष्ट्रिय स्तरमा नोबेल पुरस्कार, पुलित्जर पुरस्कार विजेता लेखकहरूले पनि अनुदान पा...
नेपाल । तामाङ भाषामा लेखिएका उखानहरूको सङ्ग्रह ‘तामाङ आन’ को धादिङबेँसीमा एक कार्यक्रमबिच लोकार्पण गरिएको छ ।
तामाङ, अङ्ग्रेजी र समभोटा लिपिमा लेखिएको पुस्तक तामाङ भाषा नबुझ्ने पाठकले समेत पढ्न सक्ने गरी तयार पारिएको छ । पुस्तकका लेखक बाबुराम फ्युवाका अनुसार डिजिटल प्रविधिसँग पुस्तकलाई समायोजन गर्न अन्तिम कभरमा ‘क्युआर कोड’ समावेश गरिएको छ ।
यसलाई स्क्यान गरी पाठकले ‘इलेक्ट्रोनिक पेज’ मा पढ्न र अडियो स्वरूपमा सुन्न सक्ने छन् । ‘तामाङ आन’ पुस्तक लोकार्पण गर्दै तामाङ घेदुङ धादिङका अध्यक्ष दीपक तामाङले यस पुस्तकले तामाङ जातिको भाषा र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
कार्यक्रममा गङ्गाजमुना गाउँपालिकाका अध्यक्ष भक्तबहादुर लामाले तामाङ भाषा, संस्कृति र साहित्य संरक्षण गर्न यस्ता पुस्तक प्रकाशन आवश्यक रहेको बताउनुभयो ।...
–धनराज गिरी–
मान्छे बौद्धिक शब्दजाल रसिला आचार्य धेरै कडा
हेर्दा शीतल साधुको प्रचुरता आफन्त मेरै खडा !
बोल्दामा मह झर्छ हेर घिउको बर्षा हुने तालमा !
वार्ताकार बढी पढी दशगुना के छैन नेपालमा !
धेरै गालिब मीर धीर कविजी पौडेल बाजेहरू !
मोतीराम अनेक टोल भरि नै साहित्य जान्ने अरू !
खोज्दा चेखव भेटिने डगरमा नामी रुसो घोलमा
नेपाली जनता बने गजलमा उस्ताद भूगोलमा !
हाम्रो काम भयो सुपुत्र दुहिता जापान घोक्र्याउने !
मान्छे खास निकास आस अहिले नेपाल बोक्र्याउने !
रित्तो गाउँ बनाउने रहर हो उद्योग बेहालमा !
नेताजी वरदान शान चुलिए ‘के छैन नेपालमा !’ ?
धेरै रावणको कथा उपकथा भन्ने भए रामले
सीताराम पसे उही विपिनमा देख्ने शशी घामले
फेवामा मीन छैन दीन टुहुरो दुर्भिक्षको तालमा !
सेतीको अवसाद गन्छ कविले के छैन नेपालमा !
खोजे मानवता अभावपुरमा दम्भीहरू पाइने
रोजे खास विवेक धर्म गरिमा धोका बढी खाइने...