१२ कार्तिक २०८२, बुधबार

भाषा/साहित्य

विश्व नेपाली साहित्य महासंघको नेपाल शाखाको अध्यक्षमा मणिराज सिंह चयन

विश्व नेपाली साहित्य महासंघको नेपाल शाखाको अध्यक्षमा मणिराज सिंह चयन

नेपाल । विश्व नेपाली साहित्य महासंघ (विनेसाम) को नेपाल शाखाको पुनर्गठन गरिएको छ । भानुजयन्तीको अवसर पारेर आयोजित अधिवेशनबाट मणिराज सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । दुई वर्षका निम्ति चयनित समितिको वरिष्ठ उपाध्यक्षमा ऋषिराम सापकोटा, उपाध्यक्षमा रवीन्द्र आशिष शैली र उषा आचार्य, महासचिवमा अञ्चु सुवेदी, सचिवमा लेकप्रसाद प्याकुरेल, सहसचिवमा सुनिता अधिकारी र कृष्णबहादुर केसी, कोषाध्यक्षमा द्वारिका कुइँकेल र सहकोषाध्यक्षमा जॉयस जया छानिएका छन् । समितिका सदस्यमा डा. देवी पन्थी, मणिराज खनाल, तोयनाथ सुवेदी, प्रकाश अधिकारी, सुरेशकुमार पाण्डे, चन्द्र रावत ‘गुराँस’, बाबुराम आचार्य, ढुण्डीराज ढकाल, बोधकुमार घिमिरे, राजेश्वरी काफ्ले, प्रेम थापा, हरिप्रिया रिजाल, प्रेम ओली ‘ढकालपुरे’, भुवन सिवाकोटी ‘चौघरे’, इन्दिरा चापागाईं, हारित रेग्मी र नीला घिमिरे छन् ।...
कविता: भाषा

कविता: भाषा

-सुदीपभद्र खनाल- भाषाबाटै हृदयभरिको भावना खोल्छु मैले भाषाबाटै भुवनभरि यो घोल्छु सद्भाव मैले भाषाबाटै मृदु मृदुलता युक्त संसार हुन्छ भाषाले नै भव मनुजता युक्त यो दिव्य हुन्छ मेरो भाषा मसँग नभए बोल्छु के शव्द मैले मेरो भाषा मसँग नभए बुझ्छु के भाव मैले आफ्नै भाषा लय सुर गला गीत खोज्छन् सबैले मेरो भाषा मसँग नभए बुझ्छु के सृष्टि मैले भाषा बाँचोस् मसँग नभए लेखनी रोइदिन्छु लेखी लेखी सरस कविता चित्त यो धोइदिन्छु मेरो भाषा मसँग नभए बोल्छु बाँचेर के म बाँचोस् भाषा युगयुग धरा धाममा फैलिऊँ म भाषा हाम्रो अघि र पछि हो चेतना मोहनी हो वाणी हो यो मधु धरधरा सभ्यता मूल धी हो भाषानै हो परिचय विभा नाम हो सान हो यो भाषा हाम्रो अखिल भवको सभ्यता प्राण हो यो भाषा बाँचे हृदयतलमा देश बाँच्ने छ हाम्रो माया गाँसी भुवनभरमै प्रीत गाँस्नेछ राम्रो भाषाबाटै जनक पृथिवी बुद्द चिन्नेछ विश्व भाषा ब...
कविताः घाम र नदीहरू

कविताः घाम र नदीहरू

–आर.आर. चौलागाईं– उसले घामलाई झुल्किनबाट रोक्न खोज्यो बटुलेर पतिङ्गरहरू सल्काएर आगो धुवाँ बनाएर कुइरीमण्डल पार्यो तर घाम त उसले पत्तै नपाई झुल्किसकेछ र आकाशमा पुगिसकेछ । उसले नदीलाई बग्नबाट छेक्न खोज्यो खसालेर ढुङ्गाहरू लगाएर गारो बाँध बनाएर माथिसम्म ढाक्यो तर नदी त उसले थाहै नपाई हिँडिसकेछ र फाँटमा पुगिसकेछ । उसले धेरैधेरै घामहरूलाई धेरैधेरै नदीहरूलाई यसरी नै रोक्न खोज्यो यसरी नै छेक्न खोज्यो तर घामहरू झुल्किरहे नदीहरू बगिरहे । आज घामहरू उज्यालोको कविता फिँजाइरहेछन् आज नदीहरू उन्मुक्तिको गीत गाइरहेछन् । -हेटौंडा, मकवानपुर ।...
व्यंग्य: लँगौटी च्यातेर कुसुमे रुमाल

व्यंग्य: लँगौटी च्यातेर कुसुमे रुमाल

-आर.सी रिजाल- मैले उहिलेदेखि सुन्दै आएको हो-- तालुखुइलेहरु विद्वान हुन्छन् भनेको। कतौहल मेट्न म जिबा जस्तो व्यक्तिले हेटौंडाको युवा कवि पौडेललाई भेट्न पुगेँ।टाढैबाट तालुचिन्डे कवि बरन्डामा बसेको र कलम धसेको देखेँ ।नगिचै पुगेर सोधेँ -- के गर्दैछौ ओ भाइ ? जवाफ-- " लँगौटी च्यातेर कुसुमे रुमाल " शिर्षकमा कविता कोर्दैछु भने। शिर्षक सुन्दैमा तालुचिन्डेहरु वास्तवमै विद्वान हुँदारैछ्न् झैँ ठाने र प्रश्नको झटारो हानेँ। सवाल -- " कता लँगौटी कता रुमाल " खैके खैके शिर्षक राखेकै मिलेन जस्तो लाग्यो।चितवनको गिरिको पनि तालुको रौं सिरिखुरी हुँदै गरेकोले तालतालका शिर्षक राखेर लेखेको देख्छु भने। जवाफ-- बिम्बभित्र प्रतीक घुसाएको कारण असाहित्यिक व्यक्तिलाई शिर्षक बुझ्न् कठिन भएको हो।अर्को कुरा सौराहाको गैंडा र हेटौंडाको कैंडालाई दाज्न मिल्दैन । गैंडाले त त्साहित्यका हरेक बिधामा कलम चलाएर पाठकको मन ग...
बालकविताः मोबाइल हेर्ने बानीले

बालकविताः मोबाइल हेर्ने बानीले

–रमेशचन्द्र घिमिरे– मोबाइल हेर्ने बानीले दिक्कै पारिन् नानीले किताब पढ्न हुन्न र ? कापी पढ्न हुन्न र ? बाबासँग सोधेर हिसाब गर्न हुन्न र ? भन्छिन् दिदी ज्ञानीले दिक्कै पारिन् नानीले खाजा खान बिर्सिन्छिन् भातै खान बिर्सिन्छिन् उस्तै परे कुनै दिन स्कुल जान बिर्सिन्छिन् भन्छिन् सैनी सानीले दिक्कै पारिन् नानीले तिमी ठुली भएर जान्ने सुन्ने भएर मोबाइल हेरे हुन्न र ? फुर्सदमा रहेर भन्दा भन्दै हामीले दिक्कै पारिन् नानीले । –भोर्लेटार, लमजुङ ।...
गजलः जताततै विकास नै हुन्छ असारमा…

गजलः जताततै विकास नै हुन्छ असारमा…

–लक्ष्मण आचार्य– जताततै विकास नै हुन्छ असारमा । खुसी भई आकाश नै रुन्छ असारमा । वर्षैभरि बहिरो बनी बस्छ सरकार फेरि कुन हतारले सुन्छ असारमा । अरू बेला विकास बजेट रत्ती खर्चै हुन्न खर्चले नै सगरमाथा छुन्छ असारमा । खोलानाला बढिकन पानी धमिलिन्छ माछा मार्न जाल कोही बुन्छ असारमा । आयव्यय वासलात हिसाब दुरुस्त छ सक्दो सबले कमिसन दुहुन्छ असारमा । -चन्द्रपुर, रौतहट ।...
‘स्याङ्जा साहित्य प्रतिष्ठान’ले ‘मणि लोकसाहित्य पुरस्कार’ प्रदान गर्ने

‘स्याङ्जा साहित्य प्रतिष्ठान’ले ‘मणि लोकसाहित्य पुरस्कार’ प्रदान गर्ने

नेपाल । नेपाली भाषा साहित्यमा समर्पित स्याङ्जास्थित ‘स्याङ्जा साहित्य प्रतिष्ठान’ले ‘मणि लोकसाहित्य पुरस्कार’ प्रदान गर्ने भएको छ । प्रतिष्ठानको कार्यसमिति बैठकले हालै यस्तो निर्णय गरेको हो । शिक्षासेवी तथा स्रष्टा चूडामणि अर्यालको संरक्षकत्वमा स्थापित उक्त पुरस्कार नेपाली लोक–साहित्य तथा संस्कृतिमा योगदान पुर्‍याउने व्यक्तिलाई प्रदान गरिने प्रतिष्ठानको विज्ञप्तिमा जनाइएको छ । प्रतिष्ठानले साहित्यका विभिन्न विधामा चार वटा पुरस्कार प्रदान गर्दै आएको छ ।...
बाबुछोराको संयुक्त कवितासंग्रह ‘वंशवृक्ष’ सार्वजनिक

बाबुछोराको संयुक्त कवितासंग्रह ‘वंशवृक्ष’ सार्वजनिक

नेपाल । पत्रकार तथा साहित्यकार पुरुषोत्तम दाहाल र उनका पुत्र अनिमेषद्वारा लिखित संयुक्त कवितासंग्रह ‘वंशवृक्ष’ सार्वजनिक गरिएको छ । असार २१ गते काठमाडौंमा आयोजित कार्यक्रममा नेपाली लेखक संघका अध्यक्ष वियोगी बुढाथोकी, राधेश्याम लेकाली, प्रा. विष्णु केसी, कलानिधि दाहाललगायत साहित्यकारले उक्त कवितासंग्रह लोकार्पर्ण गरेका हुन् । यो कवितासंग्रहमा पुरुषोत्तमका १७ र अनिमेषका १३ कविता समेटिएको छ । कृतिमाथि प्रा. केसी र खेमनाथ दाहालले समीक्षात्मक चर्चा गरे । मिलाप पब्लिकेसनद्वारा उक्त कविताकृति प्रकाशित गरिएको हो ।...
सुकन्या वाइवा र भूपाल बस्नेतलाई योगमाया राष्ट्रिय स्रष्टा सम्मान

सुकन्या वाइवा र भूपाल बस्नेतलाई योगमाया राष्ट्रिय स्रष्टा सम्मान

नेपाल । नेपाल स्रष्टा समाजले ‘योगमाया राष्ट्रिय स्रष्टा सम्मान २०८२’ सुकन्या वाइवा र ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय स्रष्टा सम्मान २०८२’ भूपाल बस्नेतलाई प्रदान गरेको छ । सम्मानका साथ वाइवालाई नगद राशि २५ हजार १११ तथा बस्नेतलाई ५१ हजार एक रुपैयाँ प्रदान गरियो । आइतबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा सामाजिक अभियन्ता दुर्गा घिमिरेले सर्जकहरूलाई पुरस्कृत गर्दै योगमायाको व्यक्तित्व र उनको निष्ठा एवम् त्यागबारे चर्चा गरिन् । साहित्यकार श्रीओम रोदनले योगमायालाई राष्ट्रिय विभूतिको रूपमा घोषणा गर्नुपर्छ भनेर आफूहरूले भन्दै आएको बताए । सम्मानित व्यक्तित्व वाइवाले नेपालीको मनभरि योगमाया छाएको बताउँदै पारिजातले समेत योगमायालाई बहुआयामिक व्यक्तित्व मानेको चर्चा गरिन् । ...
गोपालप्रसाद रिमाल पुरस्कार वरिष्ठ साहित्यकार ‘मञ्जुल’ लाई प्रदान

गोपालप्रसाद रिमाल पुरस्कार वरिष्ठ साहित्यकार ‘मञ्जुल’ लाई प्रदान

नेपाल । यस वर्षको गोपालप्रसाद रिमाल पुरस्कार वरिष्ठ साहित्यकार मेघराज शर्मा नेपाल ‘मञ्जुल’ लाई प्रदान गरिएको छ । कवि तथा नाटककार गोपालप्रसाद रिमालको १०८ औँ जन्मजयन्तीका अवसरमा साहित्य सदन नेपालद्वारा शनिबार आयोजित पुरस्कार अर्पण समारोहमा साहित्यकार मञ्जुललाई पुरस्कार प्रदान गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले गीतसङ्गीतले राजनीतिक एवं सामाजिक परिवर्तनका लागि सहयोग गरेको बताउनुभयो । मन्त्री पन्तले गीत सुनरै आफूहरू प्रजातन्त्र पुनस्र्थापनाको आन्दोलनमा सहभागी भएको भन्दै गीतले दैनिक जीवनमा पारेको प्रभावबारे अध्ययन गरिनुपर्नेमो जोड दिनुभयो । प्रतिनिधि सभा, अर्थ समितिका सभापति सन्तोष चालिसेले काठमाडौँको उत्तरपूर्वी भेग साहित्यिक रूपमा अग्रस्थानमा रहेको बताउनुभयो । कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेती, साहित्य सदनका अध्यक्ष हेमनाथ पौडेल, शान्त...