आर्थिक क्षेत्रमा उत्साहजनक नतिजा देखिएको छः केपी ओली (दस्ताबेज)
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा सरकार गठन भएपछि विकास निर्माणका कामको गतिमा आएको परिवर्तनबारे साउन २८ गते बुधबार संसद्लाई अवगत गराउनुभएको छ । प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उहाँले विगतको सरकारको काम गर्ने गति कस्तो थियो र अहिलेको सरकारको कस्तो छ, सार्वजनिक तथ्यका आधारमा आफैँ विष्लेषण गर्न पनि सांसदहरुलाई आग्रह गर्नुभएको छ । सोसम्बन्धी प्रधानमन्त्री ओलीको सम्बोधनको विस्तृत विवरण यस प्रकार छः
सभामुख महोदय,
मेरो नेतृत्वमा सरकार गठन भएपछि विकास निर्माणका कामको गतिमा कस्तो परिवर्तन आयो, म यस विषयमा उल्लेख गर्न चाहन्नँ । विगतको सरकारको काम गर्ने गति कस्तो थियो र अहिलेको सरकारको कस्तो छ, सार्वजनिक तथ्यका आधारमा आफैँ विष्लेषण गर्न माननीयज्यूहरुलाई आग्रह गर्दछु ।
गत महिना प्रतिकूल मौसमका बाबजुत म हुम्ला पुगेँ । सडक सञ्जालले सदरमुकाम जोडिन बाँकी एकमात्र जिल्ला हुम्लाको सिमीकोट...









