एनआरएनए स्वीडेनद्धारा अटिजम केयर सेन्टरलाई २ लाख ९५ हजार आर्थिक सहयोग
अमेरिका । गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, स्वीडेनले अटिजम केयर सेन्टरलाई आर्थिक सहयोग गरेको छ ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ बलम्बुमा महिला उत्प्रेरणा विकास मञ्चद्धारा सञ्चालित अटिजम, बौद्धिक अपांगता केयर सेन्टरलाई एनआरएनए स्वीडेनले आर्थिक सहयोग गरेको हो ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, स्वीडेनका कोषाध्यक्ष सुवासचन्द्र घिमिरेले दुई हजार पचाँस युरो (अनुमानित नेपाली रुपैयाँ दुई लाख ९५ हजार) बैंक मार्फत अटिजम केयर सेन्टरलाई हस्तान्तरण गरेको जानकारी दिनुभयो ।
“एक एनसीसी एक च्यारिटी” परियोजना मार्फत एनआरएनए एनसीसी स्वीडेनले नेपालमा अटिजम भएका बालबालिकाको क्षेत्रमा काम गरिरहेको संस्थालाई सहयोग गरेको हो । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, स्वीडेनका अध्यक्ष गंगाप्रसाद घिमिरेले नेपालका गरिब, असहाय, अनाथ तथा अपाङ्गता बालबालिकाहरुको शिक्षा तथा व्यक्त...







