
जेनेभा उडे श्रम मन्त्री अर्याल
नेपाल । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल जेनेभामा जारी अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) को ११२औ अन्तराष्ट्रिय श्रम सम्मेलन (आईएलसी) मा सहभागी हुन आइतबार जेनेभा तर्फ प्रस्थान गरेका छन् ।
मन्त्री अर्यालले इकोनमी क्लासको टिकट लिएर सर्वसाधारणको लाईनमा बसेर जेनेभा प्रस्थान गरेका छन् । मन्त्रीले बिजनेस क्लासको टिकटबाट यात्रा गर्न मिल्ने व्यवस्था छ । यात्रा गरे बापत लाग्ने शुल्क सरकारले नै ब्यहोर्ने व्यवस्था पनि छ । भिआईपी कक्ष प्रयोग गरेर सुविधा लिन मिल्ने व्यवस्था पनि छ । तर नागरिकको कर अनावश्यक खर्च नगर्ने, आफु सधै इकोनमी क्लासबाट नै यात्रा गर्ने भन्दै कर्मचारीको अनुरोधका बाबजुद मन्त्री अर्यालले साधारण नागरिक सरह यात्रा रोजेको प्रष्टिकरण दिएका छन् ।
‘हाम्रै मन्त्रालयबाट अनुमती लिएर दैनिक हजारौ युवाहरु विदेश जान्छन् । उनीहरुले जस्तै सबै अवस्था भोगेर हामीले किन जान नहु...