
बेलायतमा लेबर पार्टीका नेता कियर स्ट्यामर नयाँ प्रधानमन्त्री नियुक्त
अमेरिका । बेलायतमा लेबर पार्टीका नेता कियर स्ट्यामर नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् ।
राजा चार्ल्स तृतीयले उहाँलाई शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गरेसँगै विपक्षी लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्केको छ ।
बेलायतमा बिहीबार सम्पन्न आमनिर्वाचनमा विपक्षी लेबर पार्टीले ऐतिहासिक सफलता हात पार्दै ४१२ स्थानमा जितेसँगै लेबरका लागि सत्ताको ढोका खुलेको हो । लेबरको जित अघिल्लो आमनिर्वाचनको तुलनमा २११ सिट बढी हो ।
६५० सदस्य रहेको बेलायती संसद् ‘हाउस अफ कमन्स’मा बहुमतका लागि ३२६ सिट आवश्यक पर्छ । लेबरले सन् १९९७ मा टोनी ब्लेयरको नेतृत्वमा ४१९ सिट ल्याएपछिको यो दोस्रो ठूलो सफलता हो । प्रधानमन्त्रीमा नियुक्त भएसँगै टेन डाउनिग स्ट्रिटबाट राष्ट्रका नाममा सम्बोधन गर्दै स्ट्यामरले देशलाई एकताबद्ध गरी अघि बढ्ने बताए ।
विगत १४ वर्ष दुई महिना सत्तामा रहेको कन्जरभेटिभ पार्टीको भने इतिहासमै लज्जाजनक हार ...