१९ बैशाख २०८२, शुक्रबार

अन्तराष्ट्रिय/प्रवास

चार्ल्स युनिभर्सिटीमा गोली प्रहारबाट १४ जनाको मृत्यु

चार्ल्स युनिभर्सिटीमा गोली प्रहारबाट १४ जनाको मृत्यु

एजेन्सीहरु । बिहीबार चेक गणराज्यको राजधानी प्रागस्थित चार्ल्स युनिभर्सिटीमा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहारबाट १४ जनाको मृत्यु भएको छ । घटनामा अन्य २४ जना घाइते भएका छन् । मानविकी संकाय (आर्टस् फ्याकल्टी) का एक २४ वर्षीय विद्यार्थीले अन्धाधुन्द गोली चलाउँदा मानिसहरुको भागदौड मच्चिएको थियो । चार्ल्स विश्वविद्यालय चेक रिपब्लिकको सबैभन्दा पुरानो र सबैभन्दा ठूलो विश्वविद्यालय हो । ...
तेस्रो पटक इजिप्टको राष्ट्रपतिमा अल-सिसी निर्वाचित

तेस्रो पटक इजिप्टको राष्ट्रपतिमा अल-सिसी निर्वाचित

एजेन्सीहरु । इजिप्टको राष्ट्रपतिमा तेस्रो कार्यकालका लागि अब्देल फतेह अल–सिसी निर्वाचित भएका छन्  । डिसेम्बर १० र १२ मा भएको चुनावको मत परिणामअनुसार उनी राष्ट्रपतिमा निर्वाचित भएको हुन् । सिसीले चुनावका क्रममा खसेको मतको ८९.६ प्रतिशत प्राप्त गरेका छन् । मतदानमा ३ करोड ९० लाखभन्दा बढी व्यक्ति सहभागी भएका थिए ।...
चीनको उत्तरपश्चिमी क्षेत्रमा शक्तिशाली भूकम्प, सयौंको मृत्यु

चीनको उत्तरपश्चिमी क्षेत्रमा शक्तिशाली भूकम्प, सयौंको मृत्यु

एजेन्सीहरु । चीनको उत्तरपश्चिमी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । उक्त भूकम्पमा परी कम्तीमा १११ जनाको मृत्यु भएको र २०० बढी घाइते भएको सञ्चार माध्यमहरुले जनाएका छन् । उत्तर–पश्चिम गान्सु प्रान्तमा ६ दशमव २ म्याग्निच्युडको भूकम्प गएको हो ।
एनआरएनएको बैठकबाट सदस्य/सल्लाहकारहरु मनोनयन, अनुशासन र विधान समिति गठन

एनआरएनएको बैठकबाट सदस्य/सल्लाहकारहरु मनोनयन, अनुशासन र विधान समिति गठन

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) पदाधिकारी तथा अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठक गत आइतबार सम्पन्न भएको हो । संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा अनलाइन माध्यममा भएको बैठकमा अन्तर्राष्ट्रिय सदस्यहरु मनोनयन, सल्लाहकार मनोनयन, अनुशासन र विधान समितिको गठन लगायतका एजेण्डमा छलफल भएको प्रवक्ता फणिन्द्र पन्तले जनाएका छन् । साथै संघको विधान अनुसार २१ जनालाई संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्यमा मनोनित गरिएको छ । एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को पूर्ण बैठक आगामी जनवरी महिनाको २० र २१ गते नेपालमा भौतिक उपस्थितिमा हुने प्रवक्ता पन्तले जनाएका छन् । ...
डोनाल्ड टस्क पोल्याण्डको नयाँ प्रधानमन्त्री नियुक्त

डोनाल्ड टस्क पोल्याण्डको नयाँ प्रधानमन्त्री नियुक्त

एजेन्सी । डोनाल्ड टस्कले पोल्याण्डको नयाँ प्रधानमन्त्रीको रुपमा शपथग्रहण गरेका छन् । डोनाल्ड टस्कले बुधबार वार्सास्थित राष्ट्रपति भवनमा पोल्याण्डको प्रधानमन्त्रीका रूपमा शपथग्रहण गरेका हुन् । टस्कलाई सोमवार तथाकथित दोस्रो संवैधानिक चरणमा पोल्याण्डको संसदको तल्लो सदन सेज्मले प्रधानमन्त्रीको रूपमा निर्वाचित गरेको थियो । राष्ट्रपति डुडाले बधाई दिँदै सफल कार्यकालको शुभकामना दिए । मंगलबार सेज्मले टस्कको मन्त्रिपरिषद्लाई विश्वासको मत दिएको थियो ।...
अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा गाजामाथि इजरायलले गरेको अन्धाधुन्ध बमबारीको आलोचना

अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा गाजामाथि इजरायलले गरेको अन्धाधुन्ध बमबारीको आलोचना

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामाथि इजरायलले गरेको अन्धाधुन्ध बमबारीलाई लिएर कडा आलोचना गरेका छन् । वासिङ्टनमा कोष सङ्कलन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले इजरायलले गाजामाथि लगातारको बमबारीसँगै विश्वव्यापी समर्थन गुमाउन थालेको टिप्पणी गरे । यसअघि हमासले अक्टोबर ७ मा आक्रमण सुरु गरेदेखि नै इजरायललाई पूर्ण समर्थन गर्दै आएका राष्ट्रपति बाइडेनको पछिल्लो टिप्पणीलाई लिएर धेरैले आश्चर्य मानेका छन् । तर उनले अमेरिका अहिले पनि इजरायलको साथमै रहेको दोहोर्‍याएका छन् ।...
अस्ट्रेलियाको नयाँ नीतिः आप्रवासीको सङ्ख्या आधा घटाइने

अस्ट्रेलियाको नयाँ नीतिः आप्रवासीको सङ्ख्या आधा घटाइने

सिड्नी । अस्ट्रेलिया सरकारले आउँदो दुई वर्षभित्र आफूले स्वीकार गर्ने विदेशी आप्रवासीको सङ्ख्या आधा घाउने जनाएको छ । देशको बिग्रिएको आप्रवासन प्रणालीलाई लयमा फर्काउने उद्देश्यले त्यसो गर्न लागिएको उसको भनाइ छ । अस्ट्रेलियाले सन् २०२५ को जुन महिनाभित्र देशमा वार्षिक भित्रिने आप्रवासीको सङ्ख्या घटाएर अढाई लाख बनाउने लक्ष्य राखेको छ। त्यो सङ्ख्या कोभिड महामारीअघिको जस्तै छ । नयाँ योजनाअनुसार अन्तर्राष्ट्रिय विद्यार्थी र न्यून सीप भएका कामदारलाई भिसा दिने नियममा पनि त्यति सहज हुने छैन । अस्ट्रेलियामा आप्रवासन अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हुनाले आवास तथा भौतिक पूर्वाधारमा चाप बढेको बताइन्छ । तर त्यहाँ दक्ष कामदारको अभाव छ र तिनलाई आकर्षित गर्न अस्ट्रेलिया संघर्षरत छ । सन् २०२३ को जुन महिनामा विदेशबाट पाँच लाख १० हजार मानिस अस्ट्रेलिया आएका थिए । त्यो अहिलेसम्मकै सर्वाधिक सङ्ख्या हो । (–ब...
अमेरिकामा फेरि अर्को गोली काण्ड, ३ जनाको मृत्यु

अमेरिकामा फेरि अर्को गोली काण्ड, ३ जनाको मृत्यु

– एजेन्सीहरुबाट । अमेरिकामा फेरि गोली काण्ड दोहोरिएको छ । जर्जिया राज्यको राजधानी एटलान्टामा शनिबार साँझ भएको गोलीकाण्डमा तीन युवाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका हुन् । एटलान्टा प्रहरी विभागले विज्ञप्तिमा जनाए अनुसार आक्रमणमा परेका २० वर्षीय तीनजना पुरुष घटनास्थलमा मृत फेला परेका थिए भने अर्का एक जना घाइते अवस्थामा भेटिएका थिए । घाइतेलाई अस्पताल पुर्‍याइएको छ । घटना लागुऔषध कारोबारसँग जोडिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।...
गाजामा तत्काल युद्धविराम गर्ने प्रस्ताव असफल

गाजामा तत्काल युद्धविराम गर्ने प्रस्ताव असफल

एजेन्सीहरु । गाजामा तत्काल युद्धविराम गर्ने प्रस्तावमा अमेरिकाले भिटो प्रयोग गरेको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्‌मा गाजामा युद्धविराम गर्ने प्रस्तावको विपक्षमा मतदान गर्ने अमेरिका एक मात्रै राष्ट्र हो । सुरक्षा परिषद्‌का १५ मध्ये १३ देशहरूले संयुक्त अरब इमिरेट्सले अघि सारेको प्रस्तावको पक्षमा मतदान गरेका थिए । मतदानमा यूके अनुपस्थित थियो भने फ्रान्सले प्रस्तावको पक्षमा मतदान गरेको थियो । सुरक्षा परिषद्‌का पाँच स्थायी सदस्य राष्ट्रमध्ये कुनै पनि देशले भिटो प्रयोग गरे प्रस्ताव पारित हुन नसक्ने व्यवस्था छ । अमेरिकाले यूएईको प्रस्ताव “असन्तुलित” र अवास्तविक भएको बताएको छ । उसले प्रस्तावमा ‘बिनासर्त युद्धविराम’का लागि गरिएको अपिल र अक्टोबर ७ मा हमासले इजरेलमा गरेको आक्रमणको निन्दा नगरिएका कारण आफ्नो समर्थन नरहने बताएको छ । अक्टोबर ७ मा हमासले इजरेलमा गरेको आक्रमणमा १२०० जना मानिस...
पोर्चुगलको राजदूतमा नेपाल सर्वसम्मत, रोनाल्डोलाई नेपाल ल्याएर फुटबल खेलाउने प्रतिबद्धता !

पोर्चुगलको राजदूतमा नेपाल सर्वसम्मत, रोनाल्डोलाई नेपाल ल्याएर फुटबल खेलाउने प्रतिबद्धता !

नेपाल । पोर्चुगलका लागि सनिल नेपाल राजदुत नियुक्त हुने पक्का भएको छ । प्रस्तावित राजदूत नेपालको नाम संघीय संसदको संसदीय सुनुवाइ समितिबाट सर्वसम्मतिले अनुमोदन भएको हो । संसदीय सुनवाइका क्रममा नेपालले चार वर्षे कार्यकालमा गर्ने आफ्नो योजना सुनाएका थिए । सरकारले पहिलो पटक पोर्चुगलमा दूतावास स्थापना गर्न लागेको हो । त्यहाँ २१ हजार नेपाली रहेको औपचारिक तथ्यांक छ । नेपालले पोर्चुगलमा रहेका नेपालीहरुको ज्ञान, सीप र क्षमतालाई नेपाल फर्काउन पहल गर्ने, पोर्चुगलबाट नेपालमा आउने पर्यटकको संख्या बढाउन पहल गर्ने, खेलाडीहरुको भ्रमणका लागि पहल गर्ने, नेपालमा लगानी बढाउन पहल गर्ने बताए । साथै उनले चर्चित फुटबल खेलाडी रोनाल्डोलाई नेपाल ल्याएर फुटबल खेलाउने प्रतिवद्धता जनाए ।...