३१ भाद्र २०८२, मंगलवार

अन्तराष्ट्रिय/प्रवास

भारतको ओडिसा राज्यका विश्वविद्यालयमा एनओसी रोक्ने शिक्षा मन्त्रालयको चेतावनी

भारतको ओडिसा राज्यका विश्वविद्यालयमा एनओसी रोक्ने शिक्षा मन्त्रालयको चेतावनी

नेपाल । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भारतको ओडिसा राज्यका विश्वविद्यालय तथा शिक्षण संस्थाका लागि प्रदान गर्ने वैदेशिक अध्ययन अनुमतिपत्र अर्थात एनओसी रोक्ने चेतावनी दिएको छ । ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणपछि मन्त्रालयले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै भविष्यमा एनओसी दिन रोक्ने चेतावनी दिएको हो । उक्त घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाउदैँ घटनाको न्यायपूर्ण र वैधानिक रूपमा समाधान नगरिएमा भविष्यका लागि भारतको ओडिसा राज्यका विश्वविद्यालय तथा शिक्षण संस्थानमा अध्ययनका लागि प्रदान गर्दै आएको वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) प्रदान गर्ने कार्य स्थगित गर्ने चेतावनी दिएको मन्त्रालयका सहसचिव एवम प्रवक्ता शिबकुमार सापकोटाले जानकारी दिए ।...
अमेरिकी सहायता संस्था एमसीसीद्वारा नेपालमा सञ्चालित परियोजनाहरु स्थगित

अमेरिकी सहायता संस्था एमसीसीद्वारा नेपालमा सञ्चालित परियोजनाहरु स्थगित

अमेरिका । अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) द्वारा नेपालमा सञ्चालित परियोजनाहरु स्थगित भएका छन् । अमेरिकी राष्ट्रपति भएपछि डोनाल्ड ट्रम्पले सम्पूर्ण वैदेशिक सहायता ९० दिनसम्मका लागि रोक्ने आदेश दिएसँगै नेपालमा सञ्चालित एमसीसीद्वारा सञ्चालित परियोजना पनि स्थगित भएको हो । नेपाल सरकार अर्थ मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै एमसीसी फण्डबाट भुक्तानी भइ सञ्चालन भइरहेका आयोजनाहरु कार्यकारी आदेशअनुसार रोकिएको जनाएको छ । यसअघि युएसएडसँग सम्बन्धित परियोजना पनि स्थगित भइसकेका छन् । प्रेस विज्ञप्ति अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन(MCC)ले मिति २०८१/११/२ गतेको इ-मेल पत्रमार्फत् नेपाल सरकार र उक्त निकायबीच सम्वत् २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यन्वयन भइरहेका आयोजनाहरुसँग सम्बन्धित MCC Fund बाट भुक्तानी हुने कृयाकलापहरु अमेरिकी...
भारतको ओडिसामा होस्टलबाट निकालिएका नेपाली विद्यार्थीलाई फर्किन विश्वविद्यालयको आह्वान

भारतको ओडिसामा होस्टलबाट निकालिएका नेपाली विद्यार्थीलाई फर्किन विश्वविद्यालयको आह्वान

नेपाल । भारतस्थित नेपाली दूतावासले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा नेपाली छात्राको मृत्यु प्रकरणमा निष्पक्ष छानबिनको माग गरेको छ। नयाँ दिल्लीस्थित नेपाली दूतावासले सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछिका घटनाक्रमलाई लिएर सम्बन्धित विश्वविद्यालयका रजिष्ट्रारदेखि केन्द्र सरकार तथा उडिसा राज्यको मुख्यमन्त्री कार्यालय र अन्य सम्बन्धित भारतीय निकायसँग निरन्तर सम्पर्क गरिरहेको जनाएको छ। विश्वविद्यालयको लापरबाहीका कारण नेपाली छात्राको मृत्यु भएको भन्दै विद्यार्थी आन्दोलित भएपछि केआईआईटी प्रशासनले नेपाली विद्यार्थीलाई तत्काल क्याम्पस खाली गर्न उर्दी जारी गरिएको थियो । विद्यार्थीले विश्वविद्यालय छाड्न नमानेपछि ५ सयभन्दा बढी नेपाली विद्यार्थीलाई होस्टेलबाट जर्बजस्ती उठाएर ...
क्यानडाको टोरेन्टोमा अवतरणका क्रममा विमान दुर्घटना हुँदा तीनजना गम्भीर घाइते

क्यानडाको टोरेन्टोमा अवतरणका क्रममा विमान दुर्घटना हुँदा तीनजना गम्भीर घाइते

अमेरिका । क्यानडाको टोरेन्टोमा अवतरणका क्रममा विमान दुर्घटना हुँदा तीनजना गम्भीर घाइते भएका छन् । ​विमान मिनियापोलिसबाट स्थानीय समय अनुसार सोमबार बिहान ११ः३४ बजे उडेको थियो। टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने दुर्घटना हुँदा अन्य १२ जनालाई सामान्य चोटपटक लागेको छ । गम्भीर घाइते हुनेमा एक बालक, ४० वर्षीया महिला र ६० वर्षीय पुरुष छन् । विमानमा ७६ यात्रु र चालक दलका चार सदस्य गरी ८० जना सवार थिए । सबैलाई विमानबाट निकालेर सुरक्षितस्थानमा राखिएको अमेरिकी संघीय उड्डयन प्रशासनले जनाएको छ ।...
एनआरएनएको सञ्जाल ९० देशमा बिस्तार

एनआरएनएको सञ्जाल ९० देशमा बिस्तार

अमेरिका । विदेशमा नेपालीले सिकेको ज्ञान, सीप र पुँजीलाई नेपालको समृद्धिमा लगाउने उद्देश्यसहित सन् २००३ मा स्थापित गैरआवासीय नेपाली संघको सञ्जाल ९० देशमा विस्तार भएको छ । गैरआवासीय नेपाली संघका महासचिव गौरीराज जोशीका अनुसार सोलोभेनिया, माल्दोवा र क्रोएशियाका राष्ट्रिय समन्वय समितिहरू थपिएपछि संघको सञ्जाल ९० देशमा पुगेको हो । जोशीका अनुसार यसअघि गठन भएको गैरआवासीय नेपाली संघ रोमानियाको पुनर्गठन गरेर सक्रिय पारिएको छ ।...
नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १५ जनाको मृत्यु

नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १५ जनाको मृत्यु

अमेरिका । भारतको राजधानी दिल्लीको नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १५ जनाको मृत्यु भएको छ । बीबीसी हिन्दीका अनुसार आइतबार बिहान भएको घटनामा कैयौँ मानिस घाइते छन् । लोकनायक अस्पताल (एलएनजेपी) का सीएमएस रितु सक्सेनाले नयाँ दिल्ली रेलवे स्टेशनमा भएको भागदौडमा १५ जनाको मृत्यु भएको बताएकी छिन् । प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहले नयाँदिल्ली रेलवे स्टेशनमा भएको भागदौडमा मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।...
अमेरिकाको क्यालिफोर्नियामा मार्च २ मा अन्तरक्रिया कार्यक्रम हुने

अमेरिकाको क्यालिफोर्नियामा मार्च २ मा अन्तरक्रिया कार्यक्रम हुने

अमेरिका । नेपाल अमेरिका एकता समाज र ८८४८ इन्टरटेनमेन्ट ला को आयोजनामा मार्च २ तारिखका दिन अन्तरक्रिया कार्यक्रम गरिने भएको छ । अमेरिकाको क्यालिफोर्नियास्थित श्री पशुपतिनाथ एण्ड बुद्ध मन्दिरमा आयोजित कार्यक्रममा इमिग्रेशन लयर यज्ञ नेपाल, सीईओ एबीएसई ट्याक्स राजेन्द्र शिवाकोटी र रिटेलर–इञ्जिनियर रिशव पौडलसँग अन्तरक्रिया गर्न लागिएको हो । त्यस क्षेत्रमा नेपालीहरुले भोग्दै आएको विभिन्न समस्या र सवालहरुका बारेमा कार्यक्रममा अन्तरक्रिया गरिने नेपाल अमेरिका एकता समाजका अध्यक्ष अर्जुन पौडेलले बताए । कानूनी, वित्तीय र घरजग्गा मामिलाहरू जस्ता महत्वपूर्ण विषयमा छलफल हुने कार्यक्रममा उपस्थितिका लागि आयोजक संस्थाले निमन्त्रणा गरेका छन् । ...
अमेरिकी डिभी चिठ्ठा प्रणाली रोकिने संभावना !

अमेरिकी डिभी चिठ्ठा प्रणाली रोकिने संभावना !

अमेरिका । अमेरिकामा रिपब्लिकन सांसदहरूले डिभी चिठ्ठा प्रणालीलाई रोक्नु पर्ने तर्क गरिरहेका छन् । उनीहरुले डिभी चिठ्ठा प्रणाली मार्फत आप्रवासीहरूलाई अनियमित रूपमा भिसा वितरण गर्न ‘फेसलेस कम्प्युटर कोड’ लाई अनुमति दिएर राष्ट्रिय सुरक्षालाई कमजोर पार्ने सरकारी कार्यक्रम अन्त्य गर्न खोजिरहेका बताएका छन् । वार्षिक चिठ्ठामार्फत बिभिन्न देशका गरेर ५५ हजार मानिसहरु अमेरिका भित्रिने गरेका छन् । चिठ्टामार्फत सहजै भिसा र ग्रीन कार्डहरू दिइने गरिन्छ । कोटामा आधारित भिसा र डिभी जारी गर्नुले राष्ट्रिय सुरक्षालाई कमजोर बनाउने र दक्ष प्रतिभाका लागि अवसरहरू नपाउने पनि सांसदहरुले बताएका छन् ।...
अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीबीच ह्वाइट हाउसमा भेटवार्ता

अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीबीच ह्वाइट हाउसमा भेटवार्ता

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । ह्वाइट हाउसमा द्विपक्षीय वार्तापछि मोदी र ट्रम्पले संयुक्त पत्रकार सम्मेलन गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले २००८ को मुम्बई आक्रमणका आरोपी तहव्वुर राणालाई भारत सुपुर्दगी गर्ने घोषणा गरेका छन् । मोदीले दुवै देशले सन् २०३० सम्ममा द्विपक्षीय व्यापार दोब्बर गर्ने लक्ष्य राखेको बताए । ट्रम्पले भारतसँग अमेरिकाको व्यापार घाटा लगभग १०० बिलियन डलर रहेको बताए ।...
नेपाल सरकारले यूएईबाटै दिन थाल्यो श्रम स्वीकृति

नेपाल सरकारले यूएईबाटै दिन थाल्यो श्रम स्वीकृति

अमेरिका । सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) बाट पनि श्रम स्वीकृति प्रदान गर्न थालेको छ । बिहीबार दुबईमा आयोजित कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सेवा आरम्भ गरे । अबुधाबीस्थित नेपाली राजदूतावासका अनुसार मन्त्री भण्डारीले नेपाल सरकारले वैदेशिक रोजगारीमा गएका श्रमिकको हित र सुविधालाई ध्यानमा राखी राज्यले प्रदान गर्ने सेवा सुविधालाई सहज, सरल र प्रविधिमैत्री बनाउँदै लैजाने बताए । उनले सम्बन्धित राजदूतावासबाटै श्रम स्वीकृति उपलब्ध गराउने व्यवस्थाले नेपाली श्रमिक लाभान्वित हुने, नेपालमा गइरहनुपर्ने झञ्झटबाट मुक्त हुने र आफ्नो पेशा र व्यवसायलाई निरन्तरता दिन सहज हुने बताए । संयुक्त अरब इमिरेट्सका लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीले श्रमिकका लागि दूतावासले गरिरहेका कामबारे जानकारी दिँदै ‘अनलाइन’ श्रम स्वीकृति सेवा दूतावासबाटै उपलब्ध भएपछि नेपाल सरकारले ...