१४ कार्तिक २०८२, शुक्रबार

स्वास्थ्य

११ क्याम्पसका प्रतिनिधिहरुद्वारा उपकुलपति बरालसंग चिकित्सा शिक्षाबारे छलफल

११ क्याम्पसका प्रतिनिधिहरुद्वारा उपकुलपति बरालसंग चिकित्सा शिक्षाबारे छलफल

नेपाल । सोसाइटी फर टीयू एफिलेटेड हेल्थ इन्स्च्यिूशन नेपाल सम्बद्ध ११ क्याम्पसका प्रतिनिधिहरुले हालै नवनियुक्त उपकुलपति प्राडा केशरजंग बरालसंग भेटी चिकित्सा शिक्षासंग सम्बन्धित महत्वपूर्ण बिषयहरुमा छलफल गरी समाधानका उपायहरुबारे छलफल गरेका छन् । त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन सस्थानवाट संवन्धन प्राप्त क्याम्पसहरुले चिकित्सा शिक्षा आयोगले बिद्यार्थी भर्नाको लागि अपनाएको लामो र झनझटिलो प्रकृयाबाट कक्षाकोठाहरुमा देखिएको बिद्यार्थी अभाव, शैक्षिक क्यालेण्डरको प्रभावकारी कार्यान्वयन, विश्वबजार र प्रतिस्पधी अनकुलको पाठयक्रममा शंसोधन, एकद्धार प्रणालीबाट शुल्क लिने व्यवस्था, बिद्यार्थीहरु बिदेश पलायन वाट सिर्जित समस्याहरु र रोजगारका अवसरहरु र्सिजना गर्ने बिषयहरु र समाधानका उपायहरुका वारेमा छलफल केन्द्रित रहेको संस्थाका अध्यक्ष प्राडा जैनउदनि अन्सारीले बताउनु भयो । उपकुलपतिले गुणस्त...
मीनबहादुर गुरुङद्वारा बाल अस्पतालका लागि ४१ करोड सहयोग घोषणा

मीनबहादुर गुरुङद्वारा बाल अस्पतालका लागि ४१ करोड सहयोग घोषणा

नेपाल । भाटभटेनी सूपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले डा. भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पतालका लागि ४१ करोड सहयोग घोषणा गरेका छन् । कोइरालाको नेतृत्वमा काठमाडौंसहित सातवटै प्रदेशमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताल बन्न लागेको छ । निर्माणाधीन अस्पताल क्षेत्रमै पुगेर गुरुङले कोइरालाको अभियानमा साथ दिने प्रतिवद्धता जनाउँदै ४१ करोड रुपैयाँ सहयोगको घोषणा गरेका हुन् । गत शुक्रबार अपराह्न गुरुङ काठमाडौंको हेपाली हाइटस्थित अस्पताल निर्माणाधीन क्षेत्रमा पुगेका थिए । सहयोगको घोषणापछि गुरुङले अहिलेको समयमा धेरैलाई समस्या रहे पनि कसैले राम्रो काम गर्छ भने उसलाई सहयोग गर्न सबै तयार हुनुपर्ने र त्यो देशकै लागि सहयोग हुने बताए । भाटभटेनी सुपरमार्केटका अध्यक्ष गुरुङले यसअघि त्रिवि शिक्षण अस्पतालमा दुईवटा भवन निर्माण गरिदिएका छन् । २०६८ सालमा बुबा वृष...
डा. गोविन्द केसीले शुरु गरे २२औँ अनशन

डा. गोविन्द केसीले शुरु गरे २२औँ अनशन

काठमाडौँ । शनिबारदेखि डा. गोविन्द केसीले फेरि अनशन शुरु गरेका छन् । पशुपति मृगस्थलीमा २२औँ अनशन सुरू गरेका हुन । विगतका सम्झौताहरू कार्यान्वयनको मागसहित संक्रमणकालीन न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिश्चित गर्नुपर्ने, सबै नेपालीलाई गुणस्तरीय साथै निःशुल्क औषधि उपचारको व्यवस्था गर्नुपर्ने, शिक्षा, स्वास्थ्य क्षेत्रमा सुधार र सबैको समान पहुँचसम्बन्धी गेटामा तुरुन्त प्रतिष्ठान सञ्चालन गर्नेलगायत मागहरू कार्यान्वयनको माग अघि सारेका छन् ।...
नेपाली नयाँवर्ष २०८१ को उपलक्ष्यमा अमेरिकाको कोलोराडोमा रक्तदान कार्यक्रम सम्पन्न

नेपाली नयाँवर्ष २०८१ को उपलक्ष्यमा अमेरिकाको कोलोराडोमा रक्तदान कार्यक्रम सम्पन्न

नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । नेपाली नयॉंवर्ष २०८१ को अवसरमा कोलोराडोमा सम्पन्न रक्तदान कार्यक्रमा ११ जनाले रक्तदान गरेका छन् । ब्लड डोनर्स अफ अमेरिका कोलोराडो शाखा र रकी माउन्टेन फ्रेन्डस अफ नेपालको संयुक्त आयोजनामा कोलोराडो, वेस्टमिनिस्टर स्थीत Vitalint मा अप्रिल ७ तारिख, आईतवार सम्पन्न रक्तदान कार्यक्रमा ११ जना नेपाली दाजुभाइ दिदीबहिनीहरूबाट रक्तदान सम्पन्न भएको हो । एक पटकको एक ब्यक्तिको रक्तदानबाट तीनजना व्यक्तिको जीवन बॉंच्न सक्छ । यस्तो पूण्य कार्यमा धेरै भन्दा धेरै ब्यक्तिलाई जागरुक बनाउंदै रक्तदान कार्यमा अभिप्रेरित गराउने मुल उद्देश्यका साथ आयोजित कार्यक्रममा ५ जना रक्तदाताहरुलाई पहिलोपटक सहभागी गराउन सक्नु कार्यक्रमको प्रमुख सफलता रहेको ब्लड डोनर्स अफ अमेरिका, कोलोराडो च्याप्टरका अध्यक्ष डा. शारदा त्रिपाठीले बताएकी छन् । यसरी पहिलो पटक रक्तदान गर्नेहरूमा बिकाश त्रिपाठी,...
बिपि चिन्तन प्रतिष्ठानद्वारा मकवानपुरको बकैयामा दुईदिने स्वास्थ्य शिविर आयोजना

बिपि चिन्तन प्रतिष्ठानद्वारा मकवानपुरको बकैयामा दुईदिने स्वास्थ्य शिविर आयोजना

नेपाल(हेटौंडा) । मकवानपुरको बकैया गाउँपालिकामा दुई दिने बृहत स्वास्थ्य शिविरको सम्पन्न भएको छ । बकैया गाउँपालिका वडा नम्बर ४ गरगरेमा बिपि चिन्तन प्रतिष्ठान केन्द्रिय कार्यालय काठमाडौद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरको शुक्रबार एक कार्यक्रमका बीच उद्धघाटन भएको हो । बकैया गाउँपालिका मकवानपुर स्थानीय आयोजक रहेको कार्यक्रममा नेपाल परिवार नियोजन संघ मकवानपुर शाखा र हेटौंडा–२ स्थित निको अस्पताल प्रालिको प्राविधिक सहयोग रहेको थियो । स्वास्थ्य शिविर उद्घाटन कार्यक्रममा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेको सभाध्यक्षता तथा संविधान सभा सदस्य एवं नेपाली काङ्ग्रेस केन्द्रीय सहमहामन्त्री डिना उपाध्यायको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपाध्यायले लिभर, मिर्गौला र क्यान्सरका बिरामी बढ्दै गएकोले राज्यको हरेक तहले निःशुल्क उपचारको व्यवस्था गर्नु पर्ने बताउनुभयो ।...
व्यवसायी प्रसाईंको पक्षमा सर्वोच्चको फैसला, मेडिकल कलेजको लाइसेन्स दिन आदेश

व्यवसायी प्रसाईंको पक्षमा सर्वोच्चको फैसला, मेडिकल कलेजको लाइसेन्स दिन आदेश

नेपाल । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्षमा सोमबार सर्वोच्च अदालतले फैसला सुनाएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको पक्षमा फैसला गरेको छ । झापाको विर्तामोडस्थित बीएण्डसी अस्पताललाई चिकित्सा शिक्षा आयोगले मेडिकल कलेज सञ्चालनको स्वीकृति नदिएपछि प्रसाईंले २०७७ सालमा रिट दायर गरेका थिए । न्यायाधीशहरु कुमार चुँडाल र शारङ्गा सुवेदीको संयुक्त इजलासले सोमबार गरेको निर्णयसँगै प्रसाईंले मेडिकल कलेजको लाइसेन्स पाउन बाटो खुला भएको छ । आफूले लाइसेन्स नपाएर अन्यायमा परेको भन्दै उनी आक्रोशित र आन्दोलित हुँदै आएका थिए ।...
मनमोहन मेमोरियल क्याम्पसको १७औं बार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न

मनमोहन मेमोरियल क्याम्पसको १७औं बार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न

नेपाल । मनमोहन मेमोरियल इन्स्टिच्यूट अफ हेल्थ साइन्सेज क्याम्पसको १७औं बार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न भएको छ । संस्थाका अध्यक्ष डा. बंशीधर मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि संघीय संसद शिक्षा तथा स्वास्थ्य समितिका सभापति भानुभक्त जोशीले हाल बिद्यार्थी बिदेश जाने खालको प्रकृयामा उल्लेख्य सुधार हुने गरि शिक्षा समितिले कार्य गरिरहेको कुरा व्यक्त गर्नु हुँदै क्याम्पसको १७औ बार्षिकोत्सवको सफलताको शुभकामना दिदै संस्थाले गुणस्तरीय शैक्षिक पठन पाठन गरेकोमा सस्थामा सम्लग्न सम्पूर्णमा हार्दिक धन्यवाद ब्यक्त गरे । त्यस्तै चिकित्सा शास्त्र अध्ययन सस्थानका निमित्त डिन प्राडा प्रदिप बैधले क्याम्पस हाम्रो सम्वन्धनमा संचालन रहेको र क्याम्पस परिवारको एउटा हिस्साको रुपमा लिएको र यहाँका बिद्यार्थीहरु अव्वल रहेको र यहाँको शिक्षा गुणस्तरिय रहेको बताए । त्यस्तै नेपाल स्वास्थ सेवा ...
बेलायतका राजा चार्ल्सलाई क्यान्सर देखियो

बेलायतका राजा चार्ल्सलाई क्यान्सर देखियो

बेलायत । राजा चार्ल्सलाई एक प्रकारको क्यान्सर भएको पत्ता लागेको बकिङ्गम दरबारले जनाएको छ । प्रस्टेट बढेपछि परीक्षण गराउँदा क्यान्सर पत्ता लागेको भए पनि यो प्रस्टेट क्यान्सर नभएको जनाइएको छ । क्यान्सरको प्रकार खुलाइएको छैन। तर दरबारले प्रकाशित गरेको वक्तव्यअनुसार राजाले सोमवारबाट ‘नियमित उपचार’ थालेका छन् । पचहत्तर वर्षीय राजा सार्वजनिक गतिविधिमा सहभागी हुने छैनन् । उनको उपचारको समयमा रानी कमिला एवं राजकुमार विलियमले राजकीय दायित्वहरू निर्वाह गर्ने छन् । –बीबीसीबाट...
न्यूरो साइन्समा अभ्यास गरिरहेकी डा‍. प्रेरणा श्रेष्ठले अमेरिकामा पाइन् २२ लाख डलर अनुदान

न्यूरो साइन्समा अभ्यास गरिरहेकी डा‍. प्रेरणा श्रेष्ठले अमेरिकामा पाइन् २२ लाख डलर अनुदान

अमेरिका । नेपालबाट अमेरिका आएर न्यूरो साइन्समा अभ्यास गरिरहेकी डा‍. प्रेरणा श्रेष्ठले अनुदान प्राप्त गरेकी छिन् । अमेरिकाको न्यूयोर्क राज्यको स्टोनी ब्रुक युनिभर्सिटीमा न्यूरोवायोलोजी एण्ड बिहेभियर विभागमा अध्यापन गर्दै आएकी श्रेष्ठले अमेरिकी सरकारी निकाय नेशनल इन्ष्टिच्युट अफ मेन्टल हेल्थले २२ लाख डलर अर्थात् २९ करोड २५ लाख बराबरको रकम उपलब्ध गराउने भएको हो । पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर भएका व्यक्तिहरूमा दर्दनाक अनुभवको निरन्तर घुसपैठ गर्ने सम्झनाहरू किन हुन्छन् भन्ने अनुसन्धानको लागि उक्त अनुदान दिइएको हो । चार वर्षको अनुदानले ३१ अक्टोबर २०२७ सम्म उनको कामलाई फन्ड गर्नेछ । सन् २०२१ देखि स्टोनी ब्रुकमा प्राध्यापक रहेकी श्रेष्ठले दुई दशकभन्दा बढी समयदेखि न्यूरोसाइन्समा विशेषज्ञता हासिल गरेका छन् । उनी पहिले न्यूयोर्क विश्वविद्यालय र रकफेलर विश्वविद्यालयमा पोस्टडक्टोरल अनुसन्धानकर्त...
एनआरएनएद्वारा लुम्बिनी प्रदेशका लागि रक्त संकलन बस हस्तान्तरण

एनआरएनएद्वारा लुम्बिनी प्रदेशका लागि रक्त संकलन बस हस्तान्तरण

अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए)ले लुम्बिनी प्रदेशका लागि रक्त संकलन बस सेवा शुक्रबार एक कार्यक्रमकाबीच रेडक्रसलाई हस्तान्तरण गरेको छ । एनआरएनएका अध्यक्ष डा. बद्री केसीले रेडक्रस बाँके शाखाका सभापति गोवर्द्धन सिंह सम्झनालाई बसको चाबी हस्तान्तरण गरेका हुन् । बस सेवाको नेपालगन्ज उपमहानगरपालिकाका कार्यबहाक नगर प्रमुख कमरुद्दिन राई र डा. केसीले संयुक्तरुपमा शुभारम्भ गरेका हुन् । अत्याधुनिक सेवा सुविधा सहितको वातानुकुलित बस सेवामा प्राविधिक टिम, रगत संकलन कक्ष, भण्डारण फ्रीज, आराम कक्षको व्यवस्था छ । ग्रामीण इलाकामा पुगेर रगत संकलन गर्न सहजता पुगोस् भन्ने मुख्य उद्देश्यका साथ अहिलेसम्म लुम्बिनीसहित पाँच प्रदेशमा रक्त संकलन घुम्ती बस हस्तान्तरण गरिसकेको एनआरएनएका उपाध्यक्ष रामशरण सिंखडाले बताए । अब कर्णाली र गण्डकीमा बस हस्तान्तरण गरिने एनआरएनएले जनाएको छ । नेपालगन्ज उपमहानगरपालिकाका...