ब्लड डोनर्स अफ अमेरिकाको अध्यक्षमा महेश्वर पन्त चयन, यस्तो बन्यो नयाँ कार्यसमिति
बोस्टन । ब्लड डोनर्स अफ अमेरिका (बीडीए) को अध्यक्षमा महेश्वर पन्त चयन हुनु भएको छ । अमेरिकाको बोस्टनमा भएको पाँचौं राष्ट्रिय अधिवेशनले आगामी कार्यकाल (२०२५–२०२७) का लागि पन्तको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।
समितिको बरिष्ठ उपाध्यक्षमा टिका पौडेल र उपाध्यक्षहरुमा बिरोचन नेपाल, लिला श्रेष्ठ, बिजयदेव अधिकारी र झमक निरौला चयन हुनु भएको छ । त्यस्तै कोषाध्यक्षमा फणिन्द्र क्षेत्री, सह–कोषाध्यक्षमा गंगाबहादुर थापा र सदस्यहरुमा शारदा श्रेष्ठ, डा. शारदा काफ्ले त्रिपाठी, सुनिता बस्नेत, अजयराज बगाले र सम्झना आचार्य चयन हुनु भएको छ ।
महासचिव, सचिव र ४ जना सदस्यहरु पछि चयन गरिने निवर्तमान अध्यक्ष भुषणलाल श्रेष्ठले जानकारी दिनु भयो । नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन प्रमुख नन्द रेग्मीले सपथ ग्रहण गराउनु भएको थियो । नयाँ कार्यसमितिलाई स्वागत गर्दै निवर्तमान अध्यक्ष भुषणलाल श्रे...








