५ चैत्र २०८२, बिहीबार

स्वास्थ्य

कोलोराडोको डेनभरमा रक्तदान कार्यक्रम सफलताका साथ सम्पन्न

कोलोराडोको डेनभरमा रक्तदान कार्यक्रम सफलताका साथ सम्पन्न

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । रक्तदान जिवनदान भन्ने मुख्य नारालाइ आत्मा साथ गर्दै कोलोराडोको डेनभरमा रक्तदान कार्यक्रम सफलता पूर्वक भएको छ। Blood Donors of America (BDA) को कोलोराडो च्याप्टरद्वारा आयोजना गरिएको रक्तदान कार्यक्रम डेनभर, कोलोराडोस्थित Vitalant Blood Donation – Denver (717 Yosemite St, Denver, CO) मा सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रम Nepali Ghar र Vitalant को सहकार्यमा आयोजना गरिएको थियो । कार्यक्रममा १६ जनाले रक्तदानका लागि नाम दर्ता गराएका थिए । ती मध्ये ४ जना अनुपस्थित भएको र प्राविधिक कारणवश सामिका ड्रिस्कोल र बसन्त लाम्सालले रक्तदान गर्न नसके पनि १२ जना दाताहरूले सफलतापूर्वक रक्तदान गरेका हुन् । यसरी रक्तदान गर्नेहरूमा Michael Drisscol,Nawaraj Maraseni, Bikash Bhandari, Tika Paudel, Nurhari Pokhrel, Bishnu Raj Ghimire, Bidya K.C., Fanindra Chhetri, Eric Ro...
कोलोराडोमा फेब्रुअरी २८ मा रक्तदान कार्यक्रम हुँदै

कोलोराडोमा फेब्रुअरी २८ मा रक्तदान कार्यक्रम हुँदै

-नातिबाबु भट्ट (कोलोराडो, अमेरीका) । रक्तदान जिवन दान भन्ने मान्यतालाइ आत्मा साथ गर्दै कोलोराडोको डेनभरमा रक्तदान कार्यक्रम योजना हुने भएको छ । ब्लड डोनर्स अफ अमेरिका, नेपाली घर तथा Vitalant को संयुक्त आयोजनामा यही फेब्रुअरी २८ तारिक शनिवारका दिन रक्तदान कार्यक्रम सञ्चालन गरिने आयोजना गर्न लागिएको हो । रक्तदान कार्यक्रम बिहान १० बजेदेखि दिउँसो १.१५ बजेसम्म डेनभरस्थित 717 Yosemite st. Denver CO. मा हुने ब्लड डोनर्स अफ अमेरिका कोलोराडो च्याप्टरका अध्यक्ष नवराज मरासेनीले बताएका छन् । रक्तदान गर्न इच्छुक ब्यक्ति १६ बर्ष पुगेको, फोटोसहितको परचियपत्र भएको र कम्तीमा १ सय १० पाउन्ड तौल भएको हुनुपर्दछ । उक्त योग्यता पुगेका र रक्तदान गर्न इच्छुक महानुभवहरुलाइ कार्यक्रम बारे थप जानाकारी तथा दर्ताको लागि यस समाचारको अन्त्यमा भएको लिङक वा Vitalant को वेबसाइटमार्फत साइन अप गर्न सकिनेछ । बिस्तृत जानाक...
NRNA कोलोराडोद्वारा धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार केन्द्र स्थापनाको लागी सहयोग

NRNA कोलोराडोद्वारा धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार केन्द्र स्थापनाको लागी सहयोग

कोलोराडो । धनकुटा जिल्लाको ११२ वर्ष पुरानो जिल्ला अस्पतालमा 🩸 रक्त सञ्चार केन्द्र (Blood Bank) स्थापना गर्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी धनकुटा शाखाको अगुवाइमा, जिल्ला अस्पताल तथा गैरआवासीय नेपाली संघ (NRNA) को सहकार्यमा जोडिँदै गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (NRNA NCC) अमेरिका कोलोराडो च्याप्टरद्वारा सहयोग संकलन कार्यक्रम सञ्चालन गरिएको छ । उक्त सहयोग संकलन कार्यक्रममार्फत कुल USD $1,454 रकम संकलन गरिएको छ । संकलित रकम नेपाली रुपैयाँ रु. २०८,९२८.२९/- मिति: January 19, 2026 (वि.सं. २०८२ माघ ६ गते) नेपाल रेडक्रस सोसाइटी धनकुटा जिल्ला शाखाको माछापुच्छ्रे बैंक लिमिटेडको खाता नं. 0200008892100014 मा जम्मा गरिएको छ । सहयोग संकलनमा NRNA NCC USA कोलोराडो च्याप्टर मार्फत USD $886 र Sherpa Association of Colorado मार्फत USD $568 रकम संकलन भएको हो । धनकुटा जिल्ला अस्पतालमा रक्त...
अमेरिकामा हालसम्म कम्तीमा एक करोड ८० लाख मानिस मौसमी फ्लुबाट सङ्क्रमित

अमेरिकामा हालसम्म कम्तीमा एक करोड ८० लाख मानिस मौसमी फ्लुबाट सङ्क्रमित

अमेरिका । अमेरिकामा हालसम्म कम्तीमा एक करोड ८० लाख मानिस इन्फ्लुएन्जा (फ्लु) बाट सङ्क्रमित भएका छन् । यस अवधिमा करिब दुई लाख ३० हजार बिरामी अस्पताल भर्ना भएका छन् भने ९ हजार ३ सय जनाको मृत्यु भएको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले शुक्रबार सार्वजनिक गरेको पछिल्लो अनुमानमा उल्लेख गरिएको छ । सिडिसीका अनुसार अमेरिकाभर मौसमी फ्लुको गतिविधि अझै उच्च अवस्थामा नै रहेको छ, तर पछिल्ला दुई सातादेखि सङ्क्रमण दर घट्दो वा स्थिर रहेको देखिएको छ । यस सिजनमा इन्फ्लुएन्जा ए ९एच३एन२० भाइरस सबैभन्दा बढी फैलिएको प्रकारको रूपमा पुष्टि भएको छ । जनवरी १० मा समाप्त भएको सातासम्म फ्लुसँग सम्बन्धित १५ बालबालिकाको मृत्यु भएको सिडिसीले जनाएको छ । यससँगै यस सिजनमा फ्लुका कारण ज्यान गुमाउने बालबालिकाको सङ्ख्या ३२ पुगेको छ । सिडिसीका अनुसार तीमध्ये करिब ९० प्रतिशत बालबालिका फ्लु विरुद्ध पूर्णरूपमा ...
कोलोराडोको डेनभरमा फेब्रुअरी २८ मा विशेष रक्तदान कार्यक्रम आयोजना हुने

कोलोराडोको डेनभरमा फेब्रुअरी २८ मा विशेष रक्तदान कार्यक्रम आयोजना हुने

कोलोराडो । अमेरिकन हार्ट मन्थको अवसर पारेर कोलोराडोको डेनभरमा विशेष रक्तदान कार्यक्रम आयोजना हुने भएको छ । ब्लड डोनर्स अफ अमेरिका (बीडीए) का उपाध्यक्ष टीका पौडेलका अनुसार बीडीए, नेपाली घर तथा भाइटाल्यान्टको संयुक्त आयोजनामा आगामी शनिवार, फेब्रुअरी २८ का दिन रक्तदान कार्यक्रम सञ्चालन गरिने छ । कार्यक्रम बिहान १०:०० बजेदेखि दिउँसो १:१५ बजेसम्म डेनभरस्थित 717 YOSEMITE ST, DENVER, CO मा हुनेछ । आयोजक संस्थाहरूले रक्तदानजस्तो मानवीय कार्यमा सहभागिता जनाई समाजसेवामा योगदान दिन कोलोराडोवासी नेपाली तथा अन्य समुदायका सदस्यहरूलाई अपिल गरेका छन् । ...
बेलायतमा दिउँसोको समयमा जंक फुडको विज्ञापनमा प्रतिबन्ध

बेलायतमा दिउँसोको समयमा जंक फुडको विज्ञापनमा प्रतिबन्ध

अमेरिका । बेलायतमा सोमबारदेखि लागु भएको नयाँ नियमले दिउँसोको समयमा जङ्क फुडको टिभी र अनलाइन विज्ञापनमा प्रतिबन्ध लगाएको छ । यसलाई बेलायत सरकारले बाल्यकालको मोटोपनाको सामना गर्न “विश्वकै अग्रणी कार्य भनि” अर्थायएको छ । प्रतिबन्ध-चिल्लो पदार्थ, नुन वा चिनीमा उच्च उत्पादनका विज्ञापनलाई लक्षित गर्दै(हरेक वर्ष बच्चाको आहारबाट उल्लेख्य क्यालोरी हटाउने अपेक्षाले गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साँझ ९ः०० बजे भन्दा पहिले प्रसारण हुने यस्ता विज्ञापन बन्द गर्दै यसले मोटोपनासँग बाँचिरहेका बच्चाको सङ्ख्या २० हजारले घटाउने अपेक्षा राखेको मन्त्रालयले जनाएको छ । यसको कार्यान्वयन-पहिलो पटक डिसेम्बर २०२४ मा घोषणा गरिएको जनाइएको छ । जसमा पूर्व(प्याकेज गरिएका वस्तु जस्तै मिल्कशेक, रेडी(टु(गो कफी र मीठो दही पेय पदार्थ समावेश छ । स्थानीय अधिकारीलाई विद्यालय बाहिर स्थापना हुने फास्ट फूड पसल रोक्ने अधिक...
अमेरिकामा दादुराको प्रकोप, बालबालिका बढी प्रभावित

अमेरिकामा दादुराको प्रकोप, बालबालिका बढी प्रभावित

अमेरिका । अमेरिकामा सन् २०२५ मा दुई हजारभन्दा बढी दादुराका घटना दर्ता भएका छन्, जुन सन् १९९२ पछि सबैभन्दा धेरै वार्षिक सङ्ख्या हो । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले सार्वजनिक गरेको तथ्याङ्कअनुसार डिसेम्बर ३० सम्म देशभर कुल दुई हजार ६५ पुष्टि भएका दादुराका केस देखिएका छन् । तीमध्ये करिब ११ प्रतिशत बिरामीलाई अस्पताल भर्ना गर्नुपरेको थियो । दादुराका केस ४४ वटा क्षेत्रमा फैलिएका थिए, साथै केही अन्तर्राष्ट्रिय आगन्तुकमा पनि सङ्क्रमण देखिएको थियो । सन् २०२५ मा ४९ वटा दादुराका प्रकोप पहिचान गरिएको थियो, जसबाट कुल घटनाको ८८ प्रतिशत हिस्सा आएको थियो । पाँचदेखि उन्नाइस वर्ष उमेर समूहका बालबालिका र किशोर सबैभन्दा बढी प्रभावित भएका छन्, जसले करिब ४२ प्रतिशत केस ओगटेका छन् । यस अवधिमा दादुराका कारण तीन जनाको मृत्यु पनि पुष्टि भएको छ । सन् २००० मा संयुक्त राज्य अमेरिकामा दादुरा निर्मूल भएको ...
दुई जना नेपालीका लागि ६ वर्षे एमबीबीएस पाठ्यक्रममा पूर्ण छात्रवृत्ति प्रदान गर्ने प्रक्रिया सुरु

दुई जना नेपालीका लागि ६ वर्षे एमबीबीएस पाठ्यक्रममा पूर्ण छात्रवृत्ति प्रदान गर्ने प्रक्रिया सुरु

नेपाल । स्वास्थ्य सेवा क्षेत्रमा पर्याप्त जनशक्तिको कमीका कारण बिरामीले समयमै उपचार नपाएर जीवन गुमाउने जोखिम उच्च बन्दै गएको छ । विशेषतः देशभरका प्राथमिक स्वास्थ्य केन्द्रहरूमा औषधि, उपकरण तथा दक्ष स्वास्थ्यकर्मीको कमीले स्वास्थ्य सेवा प्रभावकारी रूपमा उपलब्ध गराउन कठिनाइ भैरहेको देखिन्छ। यसै सन्दर्भमा, गैरआवासीय नेपाली संघ (NRNA) र एशिया इन्टरनेशनल युनिभर्सिटी (AIU), उज्बेकिस्तानको संयुक्त सहकार्यमा दुई जना नेपाली विद्यार्थीहरूका लागि ६ वर्षे MBBS पाठ्यक्रममा पूर्ण छात्रवृत्ति प्रदान गर्ने प्रक्रिया सुरु गरिएको छ । विशेषगरी जेहेन्दार तथा कमजोर आर्थिक अवस्था भएका र नेपालमा चिकित्सा शिक्षा आयोग (MEC) परीक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई लक्षित गरी छात्रवृत्ति आवेदन प्रक्रिया सुरु गर्न लागिएको छ । आवेदनको अन्तिम मिति २३ डिसेम्बर २०२५ सम्म रहनेछ । परीक्षा चिकित्सा शिक्षा आयोग (MEC) आधारित प...
निर्माणाधीन बाल अस्पतालको मन्त्री कुलमान घिसिङद्वारा निरीक्षण

निर्माणाधीन बाल अस्पतालको मन्त्री कुलमान घिसिङद्वारा निरीक्षण

नेपाल । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर भगवान कोइरालाको नेतृत्वमा निर्माणाधीन विशिष्टीकृत बाल अस्पतालको निरीक्षण गर्नुभएको छ । मन्त्री घिसिङले मंगलबार काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) नेपालले बूढानीलकण्ठ नगरपालिका–७ हेपाली हाइटमा निर्माण गरिरहेको दुई सय शैयाको अत्याधुनिक सुविधा सम्पन्न अन्तर्राष्ट्रिस्तरको बाल अस्पतालको निरीक्षण गर्नुभएको हो । मन्त्री घिसिङले सोमबार कियोजबाट झापाको दमकमा सञ्चालित बाल अस्पतालको पनि निरीक्षण गर्नुभएको थियो । अस्पतालको मुख्य भवन निर्माण निर्माण अन्तिम चरणमा छ । मन्त्री घिसिङले अस्पतालको निर्माणाधीन भवन तथा विभिन्न संरचना र निर्माण प्रगतिका बारेमा कियोचका अध्यक्ष डा कोइरालासँग छलफल गर्नुकासाथै स्थलगत निरीक्षण गर्नुभएको थियो । उक्त अस्पताल निर्माणका लागि सरक...
बिडिए कोलोराडो च्याप्टरको नयां कार्यसमितिलाई पदभार हस्तान्तरण

बिडिए कोलोराडो च्याप्टरको नयां कार्यसमितिलाई पदभार हस्तान्तरण

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । बिडिए कोलोराडो च्याप्टरको प्रथम अधिवेशन तथा नयां कार्यसमितीलाइ पदभार हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा शनिवार एक समारोहबचि संस्थाको प्रथम अधिवेशन तथा नयां कार्यसमितीलाइ पदभार हस्तान्तर कार्यक्रम सम्पन्न भएको हो। च्याप्टरको हालै सम्पन्न भेलाले नवराज मरासिनीको अध्यक्षतामा ७ सदस्सयि नयां कार्यसमिति चयन गरेको थियो । सोही समितिलाई कार्यभार हस्तान्तरण गरिएको हो । बिडिए कोलोराडो च्याप्टर अध्यक्ष डा. शारदा काफ्ले त्रिपाठीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सुरूमा बिडिए कार्यकारी केन्द्रीय उपाध्यक्ष टिका पौडेलले स्वागत मन्तव्य दिएका थिए । स्वागत मन्तब्यको क्रममा उनले सन् २०१४ कोलोराडोमा पहिलो पटक राजु सिटौला र शैलेश पोखरेलले बिडिएको सदस्यता लिएको स्मरण गराएका थिए । च्याप्टर अध्यक्ष तथा कार्यक्रमका सभापति डा. शारदा काफ्...