अमेरिकाको सान फ्रान्सिस्कोमा तबलावादक जाकिर हुसैनको निधन
अमेरिका । तबलावादक जाकिर हुसैनको निधन भएको छ । उहाँको अमेरिकाको सान फ्रान्सिस्कोस्थित एक अस्पतालमा सोमबार निधन भएको हो । उहाँ गम्भीर स्वास्थ्य समस्याका कारण विगत दुई सातादेखि अस्पताल भर्ना हुनुहुन्थ्यो ।
सोमबार बिहान परिवारले जाकिर हुसैनको मृत्यु भएको पुष्टि गरेको थियो । जाकिरको मृत्युको पुष्टि गर्दै परिवारले आधिकारिक विज्ञप्ति पनि जारी गरेको छ । उहाँको मृत्यु फोक्सोमा असर गर्ने रोगका कारण भएको विज्ञप्तिमा जनाइएको छ ।
प्रसिद्ध तबलावादक जाकिर हुसैनले अन्तर्राष्ट्रियस्तरमा आफ्नो पहिचान बनाउनुभएको थियो । सन् १९५१ मा उस्ताद अल्लाह राखको घरमा जन्मनुभएका जाकिर बाल्यकालदेखि निकै प्रतिभाशाली हुनुहुन्थ्यो । हुसेन एक उत्कृष्ट तबलावादकका साथै उत्कृष्ट सङ्गीतकार पनि हुनुहुन्थ्यो । उहाँले ‘हिट एन्ड डस्ट’ र ‘इन कस्टडी’ जस्ता चलचित्रका लागि सङ्गीत दिनुभएको थियो ।
अन्तर्राष्ट्रिय ब्याले र आर्केस्ट्रा न...









