यस्तो छ झिल्को चलचित्रको कथावस्तु
नेपाल । प्रविधि आफैँ खराब होइन तर त्यसको अनियन्त्रित र असावधानीपूर्ण प्रयोगले बालबालिकाको भविष्य, पारिवारिक सन्तुलन र सामाजिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने कलाकार विशाल पोखरेल बताउनुहुन्छ । यस्तै विषयवस्तुलाई लिएर उहाँ अभिनीत चलचित्र झिल्को बैशाख १९ गते शुक्रबारबाट प्रदर्शनमा आएको छ ।
उहाँ भन्नुहुन्छ, “चलचित्रको कथा मेरो परिवारमा मोबाइलले गर्दा घटेको घटनासँग मेल खान्छ ।” उहाँ थप्नुहुन्छ, “झिल्कोलाई हामीले विम्बका रूपमा लिएका छौँ । ८४ हजार जीवमध्ये मान्छे मात्रै यस्तो जीव हो, जसले आगोलाई नियन्त्रण गरेर आफ्नो अनुकूलको वातावरण सिर्जना गरेर उपयोग गर्न सकिरहेको छ । त्यस कारण पनि मोबाइल अथवा अन्य प्रविधिलाई झिल्कोका रूपमा लिइएको पोखरेलले बताउनुभयो । बालबालिकामा पर्ने असरका बारेमा अहिलेको समाजले नसोचेको हो जस्तो हामीलाई महसुस भयो । उहाँले बालबालिकामा डिजिटल ग्याजेटको लत लाग्नुमा अभिभावक पनि...









