नेपाल । वैदेशिक रोजगार विभागले युद्धग्रस्त मुलुक रसिया र युक्रेनका लागि दिंदै आएको श्रम स्वीकृतिमा रोक लगाएको छ ।
रसिया–युक्रेनबीच जारी युद्धका लागि नेपाली नागरिकहरु रुसी सेनामा भर्ना भइरहेको भन्दै दुई देशमा श्रम स्वीकृति दिन बन्द गरिएको हो ।
नेपाल (रौतहट) । प्रहरीले १८ लाख रुपैयाँभन्दा बढीको नक्कली नोटसहित एक २५ वर्षीय युवकलाई पक्राउ गरेको छ ।
रौतहटको देवाही गोनाही नगरपालिका–८ पटेल चोकबाट गुजरा नगरपालिका वडा नं. ५ हरिहरपुरका सन्दीप जयसवाललाई १८ लाख ४३ हजार नक्कली नोटसहित पक्राउ गरिएको बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।
पटेल चोकमा सवारी जाँचका क्रममा प्रहरीले जयसवालको साथबाट १ हजार ८ सय ४३ थान १ हजार दरको नक्कली नोट बरामद गरेको प्रहरीले जनाएको छ ।
...
नेपाल । नेपाल-भारत विद्युत् निर्यात गर्ने दीर्घकालिन उर्जा व्यापारसहित चार वटा विषयमा हस्ताक्षर भएको छ ।
परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको हिजो सम्पन्न बैठकका क्रममा १० वर्षमा १० हजार मेगावाट मेगावाट विद्युत् निर्यात गर्नेसहित ४ सहमति भएको हो ।
परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस. जयशंकरको उपस्थितिमा दीघकालीन उर्जा व्यापार सम्झौतामा हस्ताक्षर भएको हो ।
यसैबीच भारतले अब नेपालमा २० करोड रुपैयाँसम्मका परियोजनामा सिधै अनुदान दिनसक्ने सहमति भएको छ । भारतले सिधै लगानी गर्न पाउने परियोजना रकमको सीमा ५ करोडबाट बढाएर २० करोड रुपैयाँ पुर्याइएको हो ।
नेपालका परराष्ट्रमन्त्री एनपी साउद र भारतका विदेशमन्त्री एस. जयशंकरको संयुक्त अध्यक्षतामा भएको नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक सम्पन्न भएको छ । काठमाडौंको याक एन्ड यति होटलमा भएको बैठक करिब एक घन्टा चलेको थियो ।
उक्त बैठकमा...
नेपाल (हेटौंडा) । सर्वोच्च अदालतले हेटौँडा बजार क्षेत्रको २५ मिटर सडक विस्तारसम्बन्धी रिट खारेज गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश सारङ्गा सुवेदी र न्यायाधीश सुनिलकुमार पोखरेलको मंगलबारको संयुक्त इजलासले सडक विस्तार सम्बन्धमा दर्ता भएका सम्पूर्ण रिटहरू खारेज गर्ने निर्णय गरेको हो ।
न्ययाधीशद्वय सुवेदी र पोखरेलको संयुक्त इजलासले गत असार ३१ गतेदेखि साउन २४ सम्ममा दर्ता भएका हेटौँडा बजार क्षेत्र अन्तर्गत गर्ने राजमार्गको सडक विस्तार विरुद्धका ३०० बढी रिट निवेदन खारेज गर्ने निर्णय गरेको हो ।
अदालतको आदेशसँगै हेटौंडा बजारमा बजार बिस्तारका लागि बाटो खुलेको छ । यसअघि पटकपटकको प्रयास बिफल हुँदै आएको छ ।
...
नेपाल । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि शुक्रबार सुनुवाइ हुँदैछ ।
अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै अधिवक्ताहरू दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चूडामणि भण्डारीले बिहीबार रिट निवेदन दर्ता गरेका हुन् ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० मा गभर्नरका लागि शैक्षिक योग्यता न्यूनतम स्नातकोत्तर तोकिएको छ । तर, गभर्नर अधिकारीको योग्यता ऐनबमोजिमको नभएको जिकिर गर्दै तत्काल पदबाट हटाउन रिटमा माग गरिएको छ ।...
नेपाल । मंगलबारदेखि चितवनको पर्यटकीय नगरी सौराहामा १७ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८० सुरु भएको छ । महोत्सवको अर्थमन्त्री डा प्रकाशशरण महतले उद्घाटन गरेका हुन् ।
कोरोना महामारी पछि स्थगित भएको महोत्सव चारवर्ष पछि आयोजना गरिएको हो । मङ्गलबारबाट सुरु भएको हात्ती तथा पर्यटन महोत्सवको मुख्य आकर्षण हात्ती सुन्दरी प्रतियोगिता र हात्ती वनभोज रहेको क्षेत्रीय होटल संघका अध्यक्ष गंगा गिरीले जानकारी दिए ।
महोत्सव अन्तर्गत हात्तीसँग सम्बन्धित गतिविधि बुधबारबाट सुरु हुनेछ । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर सञ्चालन गरिएको महोत्सव आगामी पुस १४ गतेसम्म सञ्चालन हुनेछ । चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वन र यससँगै बग्ने नदीमा रहेका वन्यजन्तु, चराचुरुङ्गी, जलचरलगायतको अवलोकन गर्न बर्सेनि सौराहामा स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् ।...
केही दिनअघि १४ किलो किलो सुनसहित पक्राउ परेको गिरोहले १ सय ३८ केजी सुन नेपाल भित्र्याइसकेको निष्कर्ष निकालिएको छ ।
छानबिन समितिले आइतबार प्रतिवेदन सार्वजनिक गर्दै काठमाडौं स्थित त्रिभुवन विमानस्थलबाट पक्राउ परेका चन्द्रबहादुर घलेसहित मीनबहादुर घलेले दुबईमा बस्ने गरेका भारतीय नागरिकसँग मिलेर सुन तस्करी गर्ने गरेका थिए ।
एयरपोर्टबाट सुन बाहिर निकाल्न नागरिक उड्डयन प्राधिकरणका कर्मचारी राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ, अवकाशप्राप्त भई करारमा कार्यरत रमेश देउला, पलम्बर शेरबहादुर बस्नेत र कार्यालय सहयोगी अनिल श्रेष्ठको भूमिका रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।...
नेपाल । नेपाल विद्युत् प्राधिकरणले ट्रंक र डेडिकेटेड लाइन प्रयोगको बक्यौता नतिर्ने ४ वटा उद्योगको विद्युत काटेको छ ।
शुक्रबार विद्युत काटिएका उद्योगहरुमा जगदम्बा स्टिल, घोराही सिमेन्ट उद्योग, रिलायन्स स्पिनिङ मिल्स र अर्घाखाँची सिमेन्ट हुन् ।
जगदम्बा स्टिलले ४ अर्ब १४ करोड, घोराही सिमेन्टले १ अर्ब ३६ करोड, रिलायन्स स्पिनिङ मिल्सले १ अर्ब ९४ करोड र अर्घाखाँची सिमेन्टले १ अर्ब ३० करोड बक्यौता तिर्न बाँकी रहेको छ ।
केही दिन अघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लाइन काटेरै भएपनि बक्यौता उठाउन प्राधिकरणलाई निर्देशन दिएका थिए ।
विगतमा दैनिक १८ घण्टासम्म लोडसेडिङको अवस्थामा उद्योगीहरुले सरकारसँग २४ घण्टा विद्युतको माग गरेका थिए । २०७२ सालमा विद्युत् महसुल निर्धारण आयोगको बैठकले उद्योगी र व्यवसायीलाई डेडिकेटेड लाइनको सुविधा दिने निर्णय गरेको थियो ।...
नेपाल । रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि १ लाख ४३ हजार ८ सय १२ जनाले आवादेन दिएका छन् ।
फारम भर्ने अन्तिम दिन गएराति १२ बजेसम्म उक्त आवेदन परेको हो । यो संख्या सन् २००८ मा नेपालले इपिएसमार्फत दक्षिण कोरियामा कामदार पठाउन थालेयताकै उच्च हो ।
गत साउनमा पानीजहाज निर्माण (सीप बिल्डिङ) सम्बन्धी कामको लागि इपिएस परीक्षा भएको थियो। यसमा आवेदन दिएर अनुत्तीर्ण भएकाहरूलाई यसपटकको परीक्षामा सामेल नगर्ने गरी आवेदन खुलाइएको थियो ।...
नेपाल । रिटर्नी फेडेरेसन नेपालले कल्याणकारी कोषको रकम श्रमिकको हितविपरित प्रयोग नगर्न बैदेशिक रोजगार बोर्डमा ज्ञापन पत्र बुझाएको छ ।
बोर्डका कार्यकारी निदेशक डा. द्धारिका उप्रेतीलाई फेडेरेशका अध्यक्ष उत्तम अधिकारी सहितको टिमले भेटि श्रमिकको हितको लागि मात्र खर्च गर्नुपर्ने रकम सिस्टम मर्मतको नाममा रु. १० करोड खर्च लागिएको भन्दै तत्काल निर्णय फिर्ता लिन ध्यानाकर्षण गराएको हो ।
फेडेरेसनको तर्फबाट उपाध्यक्षहरु शालिकग्राम बसेल, काजीबहादुर थापा मगर, महासचिव जेपि सापकोटा, सचिव खेमबहादुर कार्की लगायतले बोर्डको कार्यलयमा पुगि कुनै पनि बहानामा श्रमिकको हितमा खर्च गर्नुपर्ने रकम अन्यन्त्र खर्च गर्ने प्रवृृतिको रिटर्नी फेडेरेसन नेपालले घोर भत्सर्ना गर्दै ज्ञापन पत्र बुझाएका थिए ।...