नेपालमा आयात १.१६ प्रतिशत र निर्यात ३ प्रतिशतले घट्यो
नेपाल । भन्सार विभागले सोमबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०–८१ को तथ्याङ्क अनुसार वर्षभरीमा १५ खर्ब ९२ अर्ब ९८ करोड रूपैयाँ बराबरको वस्तु आयात भएको छ । सोही अवधिमा १ खर्ब ५२ अर्ब ३८ करोड रूपैयाँको वस्तु निर्यात भएको भन्सार विभागको तथ्यांक छ ।
अघिल्लो वर्षको तुलनामा आयात निर्यात घटेको हो । आर्थिक वर्ष ०७९–०८० मा १६ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । सोही अवधिमा १ खर्ब ५७ अर्ब १४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको विभागले जनाएको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष आयात १.१६ प्रतिशत र निर्यात ३ प्रतिशतले घटेको छ । गत आर्थिक वर्ष विभिन्न मुलुकबाट सामान आयात गरेबापत ४ खर्ब २० अर्ब १६ करोड ८२ लाख रुपैयाँ राजस्व उठेको छ ।
सबैभन्दा बढी पेट्रोल, डिजेल र एलपीजी ग्यास आयात गरिएको विभागको तथ्यांक छ । एक वर्षमा १ खर्ब ४३ अर्ब ९७ करोड रुपैयाँको पेट्रोल आयात गरिए...








