२४ बैशाख २०८२, बुधबार

अर्थतन्त्र

रिहा भए व्यापारी अरुण चौधरी, अनुसन्धान कायमै

रिहा भए व्यापारी अरुण चौधरी, अनुसन्धान कायमै

नेपाल । बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना गरेको अभियोगमा परेका व्यापारी अरुण चौधरीसहित ३ जनालाई किर्ते र ठगी मुद्दामा अनुसन्धान कायमै राखेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले रिहा गरेको छ । काठमाडौं जिल्ला अदालतको आदेशअनुसार उनीहरुलाई बुधबार छोडिएको हो । अदालतले सोमबार बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना गरेको अभियोगमा पक्राउ परेका उद्योगी अरुणकुमार चौधरीसहित तीन जनालाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले काठमाडौंले अनुमति दिएको थियो । तर दुई दिनभित्र अनुसन्धान नसके जमानीमा छोड्न आदेश गरेको थियो । सोही आदेश अनुसार सीआईबीले चौधरीसहित तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुर रिहा गरिउको हो । उनीलालाई गत साताको बिहीबार काठमाडौंबाट पक्राउ गरेको थियो । ...
गिरीबन्धु टी स्टेटलाई जग्गा सट्टापट्टा गर्न दिनेगरी सरकारले गरेको निर्णय बदर

गिरीबन्धु टी स्टेटलाई जग्गा सट्टापट्टा गर्न दिनेगरी सरकारले गरेको निर्णय बदर

नेपाल । गिरीबन्धु टी स्टेटलाई जग्गा सट्टापट्टा गर्न दिनेगरी सरकारले गरेको निर्णय सर्वोच्च अदालतले बदर गरेको छ । सर्वोच्चको संवैधानिक इजलासले सरकारको निर्णय भूमिसम्बन्धी कानूनका प्रावधान अनुकूल नदेखिएको र अपरिपक्व रहेको भन्दै उत्प्रेषणको आदेशले बदर गरेको हो । केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले २०७८ साल वैशाख १३ गते गिरीबन्धु टी स्टेटलाई ३४३ बिघा जग्गा प्रदेश– १ भित्र सट्टापट्टा गर्न दिने निर्णय गरेको थियो । उक्त निर्णय खारेजीको माग गर्दै अधिवक्ता ओमप्रकाश अर्याल, ओमप्रकाश मिश्र र भक्तराज भारतीसमेतले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । सामान्यतया हदबन्दीभन्दा बढी भएको जग्गा जफत नै गर्नुपर्ने अदालतको तर्क छ । ...
नेपालीले विदेशबाट ६ महिनामा ७ खर्ब ३३ अर्ब पठाए रेमिट्यान्स

नेपालीले विदेशबाट ६ महिनामा ७ खर्ब ३३ अर्ब पठाए रेमिट्यान्स

नेपाल । नेपालीले विदेशबाट चालु आवको छ महिनामा ७ खर्ब ३३ अर्ब रेमिट्यान्स पठाएका छन् । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार छ महिनामा ७ खर्ब ३३ अर्ब २२ करोड रेमिट्यान्स भित्रिएको छ । उक्त अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २०७,९७० र पुनः श्रम स्वीकृति लिनेको संख्या १३५,४३५ रहेको छ । यसैगरी गत असार मसान्तसम्ममा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति छ । महिना अवधिमा १८ प्रतिशतले वृद्धि भई पुस मसान्त सम्ममा रु १८ खर्ब १६ अर्ब ५७ करोड पुगेको छ ।...
बुद्ध जन्मस्थल लुम्बिनीको अन्तराष्ट्रिय स्तरमा प्रचारप्रसार गर्न एनआरएनएले सहकार्य गर्ने

बुद्ध जन्मस्थल लुम्बिनीको अन्तराष्ट्रिय स्तरमा प्रचारप्रसार गर्न एनआरएनएले सहकार्य गर्ने

अमेरिका । भगवान गौतम बुद्ध जन्मस्थल लुम्बिनी र बुद्ध परिपथको अन्तराष्ट्रिय स्तरमा प्रचारप्रसार, पर्यटन प्रवर्द्धन र विकासमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सहकार्य गर्ने भएको छ । शान्तिका लागि बुद्धको मार्गदर्शन र शान्ति सन्देश विश्वभर फैलाउन बुद्धसँग सम्बन्धित लुम्बिनी सास्कृतिक नगरपालिका, कपिलवस्तु नगरपालिका, देवदह नगरपालिका, रामग्राम नगरपालिकासँग एनआरएन अध्यक्ष डा. बद्री केसीले समझदारी र सहकार्य पत्रमा हस्ताक्षर गरेका छन् । लुम्बिनी र बुद्ध परिपथको अन्तराष्ट्रीय स्तरमा प्रचारप्रसार र पर्यटन प्रवर्द्धन र विकासका लागी विश्व शान्तिका अग्रदुत भगवान गौतम बुद्ध सङ्ग सम्बन्धित लुम्बिनी सास्कृतिक नगरपालिका, कपिलवस्तु नगरपालिका, देवदह नगरपालिका र रामग्राम नगरपालिका, सहकार्य सस्थाहरु गैर आवसीय नेपाली सघ अन्तराष्ट्रीय समन्वय परिषद, लुम्बिनी होटल सघ लुम्बिनी बीच अन्तर्कृया एवम् समन्वय बैठक सोमब...
सरकारसँग बालेनको आक्रोश-‘शहरको व्यवस्थापनमा प्रभाव पार्ने कुराहरूसँग ख्याल ठट्टा नगरौँ’

सरकारसँग बालेनको आक्रोश-‘शहरको व्यवस्थापनमा प्रभाव पार्ने कुराहरूसँग ख्याल ठट्टा नगरौँ’

नेपाल (काठमाडौं) । काठमाडौं महानगरले न्यूरोड क्षेत्रको कालोपत्रे सडकमा पार्किङ निषेध गरी निर्माणाधीन धरहराको पार्किङ स्पेशमा पार्किङ व्यवस्थापन गरेपछि विवाद चुलिएको छ । सरकारले त्यहाँ पार्किङ नगर्न महानगरलाई पत्र काटे पछि मेयर बालेन शाह आक्रोशित भएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो आक्रोश यसरी पोखेका छन्ः २०७८ वैशाख ११ शनिबार अर्थात आज भन्दा २ बर्ष ९ महिना २० दिन अगाडि तत्कालिन प्रधानमन्त्री केपी ओलीबाट  'सेतो टावर' उदघाटन भयो । सोही उदघाटनलाई काठमाण्डौँका तत्कालिन मेयर बिद्यासुन्दर शाक्यले भन्नु भएको थियो, ‘आज एक ऐतिहासिक काम सम्पन्न भएको छ, राणाकालिन अवस्थामा भएको भए केपि ओलि टावर भन्थे  ।' तर केहिदिन अगाडि त्यहि ठाउँमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ’, धरहरा निर्माण हुदैछ । पार्किङ बन्द गर्नु ।’ उदघाटन गरेको २ बर्ष ९ महिना पछि पनि बनाएर नसकिएको लाज त्यागेर पत...
रवि लामिछानेबिरुद्ध कास्कीमा सहकारी पीडितको उजुरी

रवि लामिछानेबिरुद्ध कास्कीमा सहकारी पीडितको उजुरी

नेपाल । पोखरास्थित सूर्य दर्शन बचत तथा ऋण सहकारीका पीडितहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित विभिन्न व्यक्ति विरुद्ध जाहेरी दिएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीमा दिएको जाहेरीमा पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनको नामसमेत जोडिएको छ । उक्त जाहेरी प्रहरीले दर्ता गरिसकेको छैन, सरोकारवाला निकायसँग छलफल भइरहेको कास्की प्रहरीले जनाएको छ । बचतकर्ताका १ अर्ब भन्दा बढी रकम अपचलन गरेर सहकारीका पूर्व अध्यक्ष गितेन्द्र (जीबी) राईसहित डेढ दर्जन बढी व्यक्तिहरु फरार छन् । सहकारीका कोषाध्यक्ष कुमार रम्तेलसहित केहीलाई भने अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।...
पूर्वसांसद तामाङलाई तीन वर्ष कैद र एक अर्ब ७२ करोड बिगो भराउन आदेश

पूर्वसांसद तामाङलाई तीन वर्ष कैद र एक अर्ब ७२ करोड बिगो भराउन आदेश

नेपाल । सिभिल सहकारीका सञ्चालक पूर्व सांसद इच्छाराज तामाङलाई विशेष अदालतले तीन वर्ष कैद र एक अर्ब ७२ करोड बिगो भराउन आदेश दिएको छ । सम्पत्ति शुद्धिकरण अभियोगमा दोषी ठहर गर्दै विशेष अदालतले यस्तो सजाय तोकेको हो । तामाङलाई तीन वर्ष कैद र एक अर्ब ७३ करोड बढी जरिवाना तोकिएको हो । त्यसैगरी अदालतले तामाङ पत्नी सिर्जनालाई एक वर्ष ६ महिना कैद र एक अर्ब तीन करोड बिगो तोकेको छ। इच्छाराजका मामा ससुरा केशवलाल श्रेष्ठलाई डेढ वर्ष कैद र २५ करोड बिगो त्यत्ति नै बराबरको जरिवाना तोकेको छ । ...
निर्माण सामाग्री व्यवसायी संघ मकवानपुरको अध्यक्षमा बजगाईं निर्वाचित

निर्माण सामाग्री व्यवसायी संघ मकवानपुरको अध्यक्षमा बजगाईं निर्वाचित

नेपाल (हेटौंडा) । निर्माण सामाग्री व्यवसायी संघ मकवानपुरको अध्यक्षमा पुनः बालकृष्ण बजगाईं सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार हेटौंडामा सम्पन्न संघको १३औं वार्षिक साधारणसभा तथा सातौं जिल्ला अधिवेशनले बजगाईंलाई अध्यक्षमा पुनः दोहोराएको हो । संघको उपाध्यक्षमा सुदीप तिमल्सिना सन्जिव, महासचिवमा रोशन सापकोटा, सचिवमा सुबास दाहाल, कोषाध्यक्षमा उद्धव देवकोटा र सहकोषाध्यक्षमा राहुल जालान चयन भएका छन् । त्यसैगरी कार्यसमिति सदस्यहरु प्रदीप तिवारी, जीवन ढकाल, सुरेश अर्याल र अमित श्रेष्ठ रहेका छन् । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालको प्रमुख आतिथ्यता, वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, एसोसिएट तर्फको उपाध्यक्ष उज्ज्वल चौलागाईं, बस्तुगत तर्फको उपाध्यक्ष राजु अधिकारी, निर्माण सामाग्री व्यवसायी संघ मकवानपुरका पूर्व अध्यक्षद्वय मनोज जालान र रवि नेपाललगायत विभिन्न...
महासंघका अध्यक्ष ढकालसँग नेपालमा गैरआवासीय नेपालीहरुको लगानी र सम्भवना बारेमा छलफल

महासंघका अध्यक्ष ढकालसँग नेपालमा गैरआवासीय नेपालीहरुको लगानी र सम्भवना बारेमा छलफल

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसी र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालबीच गत विहिवार भेटवार्ता भएको छ । काठमाण्डौंस्थित महासंघको केन्द्रीय कार्यालयमा भएको भेटमा नेपालमा गैरआवासीय नेपालीहरुको लगानी र सम्भवनाको बारेमा छलफल भएको हो । भेटमा अध्यक्ष डा. केसीले नेपालमा लगानी भित्राउन तथा रोजगारी सृजनाको लागि संघले प्रयास गरिरहेको जानकारी दिनुभयो । भेटमा गैरआवासीय नेपालीहरुको लगानीमा संचालन भैरहेका परियोजनाको बारेमा समेत छलफल भएको थियो । अध्यक्ष ढकालले महासंघले विदेशमा बस्ने नेपालीहरुसंग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए । ढकालले नेपाल लगानीको लागि विश्वकै उत्कृष्ट गन्तव्य भएको भन्दै लगानीको लागि आग्रह गर्नु भयो । भेटमा गैरआवासीय नेपाली संघकी सचिव टिका गुरुङ र नेपाल उद्योग वाणिज्य महासंघकी उपाध्यक्ष जोस्ना श्रेष्ठको उपस्थिति थियो । ग...
रुसमा हुने मानवतस्करी रोक्न एनआरएनएद्वारा श्रम मन्त्री भण्डारीको ध्यानार्कषण

रुसमा हुने मानवतस्करी रोक्न एनआरएनएद्वारा श्रम मन्त्री भण्डारीको ध्यानार्कषण

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालीहरु गैरकानुनी माध्यमबाट रसिया गई रुसी सेनामा भर्ना हुने क्रम बढेको र नेपालीहरूको सोही क्रममा बेपत्ता र मृत्यु हुने क्रमपनि बढेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीको ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा विहिवार मन्त्रालयमा भएको भेटमा संघले गैरकानुनी रूपमा रसिया जाने क्रम रोक्न मन्त्री भण्डारीको ध्यानाकर्षण गराएको हो । संघले बिगतदेखी रसियामा काम गर्दै आएका नेपालीहरुको हकमा श्रम नविकरण र अध्यागमनमा भएको अवरोध हटाई उहांहरुलाई निर्वाध रुपमा आवतजावत गर्ने वातावरण निर्माण गरिदिन अनुरोध गरेको हो । संघले यसअघि विभिन्न गैरकानुनी माध्यमबाट रसिया गएका नेपालीहरूको सुचना मस्कोस्थित नेपाली दुतावासलाइ दिइ मानव तस्करीलाई कम गर्न सहयोग गरेको जानकारी दिएको छ । नेपाल सरकारका विभिन्न निकायकाबीच समन्वयको कम...