३० फाल्गुन २०८२, शनिबार

अर्थतन्त्र

नेपालमा अब ओमानको मुद्रा पनि खरिद-बिक्री हुने

नेपालमा अब ओमानको मुद्रा पनि खरिद-बिक्री हुने

नेपाल । नेपालमा अब ओमानको मुद्रा खरिद–बिक्री हुने जनाएको छ। केन्द्रीय बैंकले एकीकृत परिपत्र, २०८० मा संशोधन गर्दै ‘ओमानी रियाल’ थप भएको जनाएको छ । हाल नेपालभर विभिन्न २१ वटा विदेशी मुद्राको खरिद बिक्री हुँदै आएको छ । विदेशी विनिमय व्यवस्थापन विभागका कामु कार्यकारी निर्देशक राजेन्द्र भट्टराईका अनुसार विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ ले दिएको अधिकार प्रयोग गरी उक्त मुद्रालाई नेपालमा कारोबारका लागि थप गरिएको हो ।  ...
नेपालमा सुनको मूल्य बढेर फेरी तोलाको एक लाख ६४ हजार रुपैयाँ पुग्यो

नेपालमा सुनको मूल्य बढेर फेरी तोलाको एक लाख ६४ हजार रुपैयाँ पुग्यो

नेपाल । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार प्रतितोला एक लाख ६३ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार एक हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला एक लाख ६४ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार प्रतितोला एक हजार ९५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ ।...
नेपाली शेयर बजार ३१.३१ अंकले गिरावट

नेपाली शेयर बजार ३१.३१ अंकले गिरावट

नेपाल । बिहीबार नेपालमा नेप्से परिसूचकमा गिरावट आएको छ । बुधबार सामान्य अंकले वृद्धि भएको नेप्से परिसूचक बुधबारको कारोबारमा ३१.३१ अंकले गिरावट आएको हो । बिहीबारको कारोबारमा नेप्से परिसूचक ३१.३१ अंकले घटेर २ हजार ६८०.४४ विन्दुमा झरेको छ । बिहीबार कारोबारमा आएका ३१४ कम्पनीको १ करोड ८४ लाख ७४ हजार कित्ता शेयर ८ अर्ब २५ करोड ७६ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।...
नेपालबाट भारतमा १२ अर्ब ७१ करोडको बिजुली निर्यात

नेपालबाट भारतमा १२ अर्ब ७१ करोडको बिजुली निर्यात

नेपाल । चालू आर्थिक वर्षको पहिलो ४ महिनामा १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपैयाँको विद्युत भारत निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले चालू आवको साउन, भदौ, असोज र कात्तिकमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको १ अर्ब ६६ करोड ७८ लाख ९२ हजार युनिट विद्युत भारत निर्यात गरेको हो । चार महिनामा भारततर्फ निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट ७ रुपैयाँ ६३ पैसा छ ।...
नेपालमा ३ महिनामा भित्रियो ४ खर्ब ७ अर्ब रेमिट्यान्स

नेपालमा ३ महिनामा भित्रियो ४ खर्ब ७ अर्ब रेमिट्यान्स

नेपाल । नेपाल भित्रले रेमिट्यान्स ११.५ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८१/८२ को तीन महिनाको तथ्यांकमा आधारित देशको वर्तमान तथा वित्तीय स्थितिको तथ्यांकमा रेमिट्यान्स आप्रवाह बढेको देखिएको हो । उक्त तथ्यांक अनुसार यस अवधिमा ११.५ प्रतिशतले वृद्धि भई ४०७ अर्ब ३१ करोड रेमिट्यान्स भित्रिएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २ अर्ब ७६ करोड रहेको थियो ।...
चार महिनामा वैदेशिक रोजगारीका लागि दुई लाख ४१ हजारले लिए श्रम स्वीकृति

चार महिनामा वैदेशिक रोजगारीका लागि दुई लाख ४१ हजारले लिए श्रम स्वीकृति

नेपाल । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आव २०८०/८१ को चार महिनाको तुलनामा चालु आवको सो अवधिमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या झन्डै १५ प्रतिशतले बढेको हो । विभागका अनुसार चालु आवको चार महिनामा वैदेशिक रोजगारीका लागि दुई लाख ४१ हजार ५८३ जनाले श्रम स्वीकृति लिएकामा गत आवको सो अवधिमा दुई लाख छ हजार ३१६ जनाले श्रम स्वीकृति लिएर विदेश गएका थिए । वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या गत आवको सङ्ख्याभन्दा यो आवको ३५ हजार २६७ जना (१४.५९ प्रतिशत) ले बढी हो ।...
नेपाली शेयर बजारमा ५१ अंकको गिरावट

नेपाली शेयर बजारमा ५१ अंकको गिरावट

नेपाल । नेपाली शेयर बजारमा उच्च अंकको गिरावट देखिएको छ । मंगलबार नेप्से परिसूचक ५१ दशमलव ११ अंकले घटेर दुई हजार सात सय दुई दशमलव ६५ को विन्दुमा कायम भएको हो । यो एक दशमलव ८५ प्रतिशतको गिरावट हो । तीन सय १० कम्पनीको दुई करोड २५ लाख ८८ हजार दुई सय ४७ कित्ता शेयर एक लाख पाँच हजार आठ सय २७ पटक खरिदबिक्री हुँदा रू १० अर्ब ४६ करोड ८३ लाख २० हजार पाँच सय २१ बराबरको कारोबार भएको थियो ।...
नेपाली बजारमा प्रतितोला १ हजार बढ्यो सुनको मूल्य

नेपाली बजारमा प्रतितोला १ हजार बढ्यो सुनको मूल्य

नेपाल । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार एक हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला एक लाख ६१ हजार रुपैयाँ कायम भएको थियो । त्यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ ।आइतबार प्रतितोला एक हजार ९०५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार ९२० रुपैयाँ पुगेको महासंघले जनाएको छ । ...
नवनिर्मित धरहराको लिफ्ट बिग्रियो

नवनिर्मित धरहराको लिफ्ट बिग्रियो

नेपाल । लिफ्ट बिग्रिएपछि नवनिर्मित धरहरा सञ्चालनमा आएको दुई महिना नबित्दै बन्द भएको छ । धरहराको लिफ्ट बिग्रिएपछि बन्द गरिएको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । विभागका उपमहानिर्देशक प्रकृर्ण तुलाधरका अनुसार केहीदिन अघिदेखि नै धरहरा बन्द गरिएको हो । निःशुल्क भएकाले धेरै सर्वसाधारण चढेकाले लिफ्ट बिग्रेको उनको भनाइ छ।...
राष्ट्रिय कर दिवसमा उत्कृष्ट करदाताहरु सम्मानित

राष्ट्रिय कर दिवसमा उत्कृष्ट करदाताहरु सम्मानित

नेपाल । शनिबार ‘राष्ट्रिय कर दिवस, २०८१’ का अवसरमा उत्कृष्ट करदातालाई सम्मानित गरिएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले उत्कृष्ट करदातालाई सम्मानित गर्नुभएको हो । व्यक्तिगत आयकरतर्फ गत आर्थिक वर्ष सबैभन्दा बढी कर व्यवसायी राजबहादुर शाहले तिर्नुभएको छ । यस्तै भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङदेखि नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसम्मलाई उत्कृष्ट करदाताका रुपमा सम्मानित गरिएको थियो ।...