३० फाल्गुन २०८२, शनिबार

अर्थतन्त्र

लचिलो कार्यदिशालाई निरन्तरता दिँदै मौद्रिक नीतिको समीक्षा सार्वजनिक

लचिलो कार्यदिशालाई निरन्तरता दिँदै मौद्रिक नीतिको समीक्षा सार्वजनिक

नेपाल । सजगतापूर्वक लचिलो कार्यदिशालाई निरन्तरता दिँदै आर्थिक क्रियाकलाप विस्तारमा थप सहयोग पुर्‍याउने गरी चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरिएको छ । मूल्य स्थिरता तथा बाह्य क्षेत्र स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा थप सहयोग पुग्न गई सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सहयोग पुग्ने अपेक्षा मौद्रिक नीतिबाट गरिएको छ । नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मङ्गलबार साँझ सार्वजनिक गरेको हो । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत कर्जा नोक्सानी व्यवस्थाको सीमालाई घटाई १.१० प्रतिशतको कर्जा नोक्सानी व्यवस्थालाई १.० प्रतिशत कायम गरिएको छ । समीक्षामार्फत राष्ट्र बैङ्कले पुँजीकोषको सीमा बढाएको छ । ‘ननडेलिभरेबल’ फरवार्डको हकमा प्राथमिक पुँजीको विद्यमान १५ प्रतिशतको सीमा बढाई २० प्रतिशत कायम गरिएको छ । यस्तै...
आगलागीबाट चिया प्रशोधन उद्योग ध्वस्त

आगलागीबाट चिया प्रशोधन उद्योग ध्वस्त

नेपाल । इलामको जस्वीरेमा रहेको जस्वीरे चिया प्रशोधन उद्योगमा मङ्गलवार राती लागेको आगलागीबाट उद्योग नै ध्वस्त भएको छ । राती करिब साढे नौ बजेबाट एक्कासि आगो लागेको थियो । आगलागीबाट कारखानामा रहेका चिया बनाउने मेशिन, स्टोर गरिएको चिया, जेनरेटर, जस्ता पाताले बनेको दुईतले भवन सबै नष्ट भएको छ । विद्युत् सर्ट भएर आगो शुरु भएको हुनसक्ने अनुमान गरिएको छ । नेपालकै ‘वेस्ट टी मेकर’ का रूपमा परिचित शरद सुब्बाले करिब दश वर्ष यता सञ्चालन गर्दै आउनु भएको थियो । ह्वाइट टी, ओलाङ, ग्रीन, गोल्डन, गोल्डेन पल लगायतका ३५ भन्दा बढी प्रकारका चिया तयार गरेर शरदले तेस्रो मुलुक निर्यात गर्दै आउनुभएको थियो । यो कारखानाबाट उच्च गुणस्तरको करिब वार्षिक ४० हजार किलो तयारी चिया उत्पादन हुने गरेको थियो । ...
श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा आउन नेपाली दूतावासको आग्रह

श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा आउन नेपाली दूतावासको आग्रह

अमेरिका । सरकारद्वारा तोकिएका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा आउन नेपाली दूतावास बैंककले पुनः अनुरोध गरेको छ । कम्बोडिया लाओस, म्यानमार र थाइल्याण्डलगायत मुलुकमा नेपाली नागरिक अलपत्र परेका र उद्धारका लागि कठिनाइ भइरहेको उल्लेख गर्दै दूतावासले प्रक्रियाअनुसार वैदेशिक रोजगारीमा आउन पुनः आग्रह गरेको हो । अनलाइन स्क्यामिङ कार्यमा लगाइएका नेपाली नागरिकलाई नेपाली राजदूतावासले थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको मेवाडीबाट उद्धार गरेको छ । सो दूतावासले सोमबार दुई नेपाली नागरिकलाई उद्धार गरेर नेपाल फिर्ता पठाएको हो । दूतावासले कसैको प्रलोभन परी छिटो, धेरै पैसा कमाउने हेतु वैदेशिक रोजगारीमा नआउनका लागि सम्बन्धित सबैमा पुनःअनुरोध गरेको छ ।...
नेपालमा तोलाको एक लाख ७० हजार ५ सय रुपैयाँ पुग्यो सुनको मूल्य

नेपालमा तोलाको एक लाख ७० हजार ५ सय रुपैयाँ पुग्यो सुनको मूल्य

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्यमा बढेको छ । अघिल्लो दिन तोलामा एक लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ५ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला एक लाख ७० हजार ८ सय रुपैयाँमा कारोबार भयो । त्यस्तै, चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँमा किनबेच भएको थियो । ...
बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त

बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त

नेपाल । नेपाल बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्षमा ओझालाई नियुक्त गरेको हो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा शिवराज अधिकारीको संयोजकत्वमा गठित सिफारिस समितिले अन्तिम छनोटमा परेका पाँच जनामध्ये ओझा, रामशरण पुडासैनी र दामोदर बस्यौलाको नाम सिफारिस गरेको थियो । आवेदन दिएका १२ जनामध्ये ओझा, पुडासैनी, बस्यौला, कमलप्रसाद रेग्मी र चिरञ्जीवी चापागाईं अन्तिम छनोटमा परेका थिए ।...
एफएटिएफले नेपाललाई ‘ग्रे’ सूचीमा राख्यो

एफएटिएफले नेपाललाई ‘ग्रे’ सूचीमा राख्यो

अमेरिका । सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणसम्बन्धी मापदण्ड तय गर्ने अन्तर्राष्ट्रिय निकाय फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटिएफ) ले नेपाललाई ‘ग्रे’ सूचीमा राखेको छ । यससँगै वैदेशिक ऋण, अनुदान र लगानी तथा व्यापार प्रभावित हुनुका साथै अन्तर्राष्ट्रिय जगतमा देशको वित्तीय साख जोखिममा परेको छ । सरकारले आगामी दुई वर्षभित्र प्रणालीगत सुधार नगरे नेपाल कालोसूचीमा नै पर्नेछ । यसअघि सन् २००८ देखि ०१४ सम्म पनि नेपाल ग्रे सूचीमा थियो । नेपाललाई उच्च जोखिमयुक्त देशका रूपमा हेरिने भएकाले विदेशी लगानीमा कमी आउन सक्छ । यसले वैदेशिक सहायता र व्यापारमा असर पर्ने हुँदा वित्तीय कारोबारमा थप निगरानी र कडाइ हुनेछ ।...
आयात र निर्यात दुवै बढ्दा ११ खर्ब १५ अर्बको वैदेशिक व्यापार

आयात र निर्यात दुवै बढ्दा ११ खर्ब १५ अर्बको वैदेशिक व्यापार

नेपाल । चालु आर्थिक वर्ष २०८१–८२ को सात महिनामा निर्यातमा उल्लेख्य वृद्धि भएको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत सोही अवधिको तुलनामा निर्यात ४६.५० प्रतिशतले बढेर एक खर्ब २७ अर्ब २० करोड ४८ लाख २९ हजार रुपियाँ पुगेको छ । गत वर्ष सो अवधिमा ८६ अर्ब ८३ करोड नौ लाख रुपियाँको भएको थियो । सात महिनामा आयात भने १० प्रतिशतले बढेर नौ अर्ब ८८ अर्ब ५८ करोड ७७ लाख रुपियाँ पुगेको छ । गत वर्ष सो अवधिमा आठ खर्ब ९७ अर्ब ९४ करोड ३८ लाख रुपियाँको आयात भएको थियो । आयात र निर्यात दुवै बढ्दा कुल वैदेशिक व्यापारसमेत १३.३० प्रतिशतले बढेर ११ खर्ब १५ अर्ब ७९ करोड २५ लाख रुपियाँ पुगेको छ । निर्यातमा सुधार आए पनि आयात उच्च हुँदा व्यापार घाटासमेत ६.२० प्रतिशतले बढेर आठ खर्ब ६१ अर्ब ३८ करोड २८ लाख रुपियाँ पुगेको विभागको तथ्याङ्कले देखाएको छ ।...
नेपाल वायुसेवा निगमको टिकटमा जापान एयरलाइन्सको हवाई सेवा

नेपाल वायुसेवा निगमको टिकटमा जापान एयरलाइन्सको हवाई सेवा

नेपाल । नेपाल वायुसेवा निगम र जापान एयरलाइन्सबिच सहज हवाई यात्रा र व्यापार विस्तारका लागि सम्झौता भएको छ । निगमबाट संसारभरकै गन्तव्यको टिकट लिएर जापान एयरलाइन्समार्फत उडान गर्ने गरी द्विपक्षीय सम्झौता भएको निगमले जनाएको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार काठमाडौँबाट निगमको जहाजमा जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने यात्रुले अमेरिकी तथा पश्चिमा मुलुक एवं कोरियाको यात्रा गर्दा जापान एयरलाइन्सको जहाजमार्फत कनेक्टिङ फ्लाइटमार्फत यात्रा गर्न सक्ने गरी सम्झौता भएको हो । ...
अमेरिकी सहायता संस्था एमसीसीद्वारा नेपालमा सञ्चालित परियोजनाहरु स्थगित

अमेरिकी सहायता संस्था एमसीसीद्वारा नेपालमा सञ्चालित परियोजनाहरु स्थगित

अमेरिका । अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) द्वारा नेपालमा सञ्चालित परियोजनाहरु स्थगित भएका छन् । अमेरिकी राष्ट्रपति भएपछि डोनाल्ड ट्रम्पले सम्पूर्ण वैदेशिक सहायता ९० दिनसम्मका लागि रोक्ने आदेश दिएसँगै नेपालमा सञ्चालित एमसीसीद्वारा सञ्चालित परियोजना पनि स्थगित भएको हो । नेपाल सरकार अर्थ मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै एमसीसी फण्डबाट भुक्तानी भइ सञ्चालन भइरहेका आयोजनाहरु कार्यकारी आदेशअनुसार रोकिएको जनाएको छ । यसअघि युएसएडसँग सम्बन्धित परियोजना पनि स्थगित भइसकेका छन् । प्रेस विज्ञप्ति अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन(MCC)ले मिति २०८१/११/२ गतेको इ-मेल पत्रमार्फत् नेपाल सरकार र उक्त निकायबीच सम्वत् २०७४ भदौ २९ मा सम्पन्न कम्प्याक्ट अन्तर्गत कार्यन्वयन भइरहेका आयोजनाहरुसँग सम्बन्धित MCC Fund बाट भुक्तानी हुने कृयाकलापहरु अमेरिकी...
नेपालमा शेयर बजार बढेर २७२७.९१ को बिन्दुमा

नेपालमा शेयर बजार बढेर २७२७.९१ को बिन्दुमा

नेपाल । नेपालमा यो साता कारोबारको लगातार दोस्रो दिन सोमबार पनि नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक बढेको छ । नेप्से २९ दशमलव ८७ अंकले बढेर दुई हजार सात सय २७ दशमलव ९१ को बिन्दुमा कायम भएको हो । यो एक दशमलव १० प्रतिशतको वृद्धि हो । सोमबार तीन सय दुई कम्पनीको एक करोड ८० लाख ८१ हजार एक सय ६८ कित्ता शेयर एक लाख दुई हजार आठ सय ६१ पटक खरिदबिक्री हुँदा रू १० अर्ब चार करोड ९६ लाख ५४ हजार आठ सय ३२ बराबरको कारोबार भएको थियो ।...