२९ बैशाख २०८२, सोमबार

अर्थतन्त्र

हेटौंडा सिमेन्ट उद्योगको अध्यक्षमा नरेन्द्र भण्डारी नियुक्त

हेटौंडा सिमेन्ट उद्योगको अध्यक्षमा नरेन्द्र भण्डारी नियुक्त

नेपाल (हेटौंडा) । हेटौंडा सिमेन्ट उद्योगको अध्यक्षमा नरेन्द्र भण्डारी नियुक्त हुनु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ निवासी भण्डारीलाई संघीय सरकारले सिमेन्ट उद्योगको अध्यक्षमा नियुक्त गरेको हो । यसअघि हेटौंडा सिमेन्ट उद्योगका अध्यक्ष गणेशप्रसाद भेटवालको निधन भएपछी अध्यक्ष पद खाली रहेको थियो । तीन वर्षिय कार्यकालका लागि उहाँलाई संघीय सरकारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो । संघीय सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले हेटौँडा सिमेन्ट उद्योगको अध्यक्षका लागि दरखास्त आव्हान गरेको थियो । मन्त्रालयले दरखास्त आव्हान गरेपछि ४ जनाले दरखास्त बुझाएका थिए । दरखास्त बुझाएका मध्ये हेटौँडाका भण्डारीसहित सञ्जीब कुमार देव र श्रीकृष्ण भद्र अर्याललाई अन्तरवार्तामा बोलाइएको थियो । जेठ १३ गते मन्त्रालयमा अन्तरवार्ता भएको थियो । हेटौँडा–९ का भण्डारी मानविकी संकायमा स्नात्तकोत्तर तह...
सहकारी ठगीको छानबीन गर्न बनेको संसदीय छानबिन विशेष समितिले काम थाल्यो

सहकारी ठगीको छानबीन गर्न बनेको संसदीय छानबिन विशेष समितिले काम थाल्यो

नेपाल । सहकारी संस्थाको बचत हिनामिना सम्बन्धी छानबीन गर्न बनेको संसदीय छानबिन विशेष समितिले बुधबारदेखि औपचारिक रूपमा काम सुरू गरेको छ । बुधबार संसद भवन नयाँ बानेश्वरमा पहिलो बैठक बसेर समितिले काम थालेको हो । पहिलो बैठकले समितिको आन्तरिक कार्यविधिको मस्यौदा तयार गर्न सचिवालयलाई जिम्मा दिइएको छ । संयोजक सूर्य थापाका अनुसार सभामुख देवराज घिमिरेको उपस्थितिमा बसेको बैठकमा समितिको कामलाई अघि बढाउने विषयमा छलफल भएको छ । तीन महिनाको अवधिभित्रै समितिले गर्नुपर्ने कामलाई व्यवस्थित गर्दै अघि बढ्ने उनले बताए । गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो । समितिलाई पहिलो बैठक बसेको मितिले तीन महिनाभित्र कार्यसम्पन्न गरि प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ । ...
आगामी वर्षको बजेटमा लिइएको लक्ष्य पूरा हुन सक्दैनः गगन थापा

आगामी वर्षको बजेटमा लिइएको लक्ष्य पूरा हुन सक्दैनः गगन थापा

नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी वर्षको बजेटमा लिइएको लक्ष्य पूरा हुन नसक्ने बताउँदै प्रशासनिक सुधार गरेको आधारमा राजश्व कसरी बढ्छ भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिँदै महामन्त्री थापाले बजेटमा विश्वसनीयता नभएको भन्दै अर्थमन्त्रीसँग प्रश्न गरेका हुन् । उनले वैदेशिक सहायता ५२ अर्ब आउँछ भनेर बजेटमा उल्लेख गरिएको तर गत वर्ष ५० अर्ब आउँछ भनिएकोमा ३ अर्ब आएको उल्लेख गर्दै उनले ५२ अर्ब कसरी ल्याउनुहुन्छ भन्दै प्रश्न गरे ।...
अरूण-३ जलविद्युत् परियोजनाको ‘ब्रेक-थ्रु’ कार्य सम्पन्न

अरूण-३ जलविद्युत् परियोजनाको ‘ब्रेक-थ्रु’ कार्य सम्पन्न

नेपाल । ९०० मेगावाट जडित क्षमताको अरूण–३ जलविद्युत् परियोजनाको ‘ब्रेक–थ्रु’ कार्य सम्पन्न भएको छ । अघिल्लो महिना मैले काठमाडौँ–नौबीसे सडकखण्डमा रहेको सुरूङमार्ग र बहुउद्देश्यीय मरिन डाइभर्सन परियोजनाको ब्रेक–थ्रु गरेको प्रधामन्त्री पुष्पकमल दाहालले अरुण ३ को मंगलबार ब्रेक थ्रु गरेका हुन् । ‘भौतिक विकासका क्षेत्रमा नेपालले सुरूङ युगको यात्रा तय गरेको परिप्रेक्ष्यमा यी परियोजनाहरू समृद्धिका महत्वपूर्ण आधारस्तम्भ सावित हुनेछन् । यस सन्दर्भमा परियोजनाको बाँकी काम सम्पन्न गर्ने कार्यमा आवश्यक सहजीकरण र सहयोगका निम्ति म नेपाल सरकारका संयन्त्रहरू, विकास साझेदार, निर्माण कम्पनि र स्थानीय जनसमुदायमा विशेष अपील गर्दछु ।’, प्रधानमन्त्री दाहालले भने ।...
पश्चिम मकवानपुरमा ३ वटा पक्की पुल निर्माण, सांसद बानियाँले उद्घाटन गर्ने

पश्चिम मकवानपुरमा ३ वटा पक्की पुल निर्माण, सांसद बानियाँले उद्घाटन गर्ने

नेपाल (हेटौंडा) । मकवानपुरको मनहरी गाउँपालिकाले निर्माण गरेको ३ वटा पक्कि पुल जेठ २६ गते उद्घाटन हुने भएको छ । आईतबार बसेको गाउँ कार्यपालिका बैठकले पुलको उद्घाटन गर्ने मिति तय गरेको हो । पुल उद्घाटनका लागि प्रमुख अतिथीको रुपमा मकवानपुर क्षेत्र नं २(ख) बाट निर्वाचित बागमती प्रदेशका सांसद ईन्द्र बानियाँ आउने तय भएको गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले जानकारी दिनुभयो । मनहरी गाउँपालिकाले गत आर्थिक वर्ष ०७७–७८ मा आन्तरिक श्रोतबाट ५ वटा पक्की पुल निर्माणको काम सुरु गरेको थियो । कुल ३३ करोँड ४० लाख ६५ हजार लागतमा वडा नं १,२,३, र ४ जोड्ने च्यापल खोला, हाँडिखोला, ट्वाङ्रा खोला, मसिने खोला र ठाडो खोलामा गरी ५ वटा पुलको ठेक्का लागेको हो । हाल ट्वाङ्रा खोला, मसिने खोला र च्यापल खोला पुलको निर्माण कार्य सम्पन्न भइसकेको छ । बानीयाँ कन्स्ट्रक्सनसँग सम्झौता गरी निर्माण सम्पन्न भएको उक्त ३ वटै पुल २६ ...
जनकपुरमा श्रमाधान रोजगार मेला, करिब ६ हजारले गरे अवलोकन

जनकपुरमा श्रमाधान रोजगार मेला, करिब ६ हजारले गरे अवलोकन

नेपाल (रौतहट) । संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त आयोजनामा “मधेश प्रदेश श्रमाधान रोजगार मेला“ मधेस प्रदेशको जनकपुरमा सफलतापूर्वक सम्पन्न भएको छ । मधेस प्रदेशको जनकपुरको उद्योग बाणिज्य संघको सभाहलमा आयोजित मेलामा करिब ६ हजार व्यक्तिले अवलोकन गरेका छन् । मेलाको शुरुवागत भएको पहलिो दिन जेठ १९ गते शनिवार करिव तीन हजार पाँच सय र २० गते आईतवार करिव दुई हजार पाँच सयले मेलाको अवलोनक गरेका छन् । दुई दिनमा रोजगारीको खोजीमा मेला स्थल पुगेका करिव २ हजार युवाले रोजगारीका लागि आवेदन दिएका छन् । मेलामा रोजगारीको लागि होटलतर्फ १०५ जना, अटोमोवाइल क्षेत्रमा ३५ र बैंकमा २७ र सेक्युरिट गार्ड तर्फ ८० जना गरि जम्मा २४७ जना आवेदकहरुलाई अन्तरवार्ताको लागि बोलाइएको छ । मेलामा उद्योग प्रतिष्ठानका १४ होटल संस्थाहरु–४ रोजगारसम्बन्धी तालिम प्रदायक संस्थाका ११, बैंक तथा वित्तीय संस्थाको २ तथा नेपाल सरकार, श्रम, ...
नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँ

नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँ

नेपाल । गत शुक्रबार नेपाली बजारमा सुनको भाउ ऐतिहासिक बिन्दुमा पुगेको छ । शुक्रबार सुनको भाउ १ हजार ७०० रुपैयाँ बढेको थियो । यो बृद्धिसँगै शुक्रबार छापावाला सुनको भाउ १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भयो भने तेजाबी सुनको १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भयो । चाँदीको प्रतितोला मूल्य १ हजार ८७५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ।...
संसद बैठकमा जेठ १५ गते सार्वजनिक आगामी वर्षको बजेटमाथि छलफल हुँदै

संसद बैठकमा जेठ १५ गते सार्वजनिक आगामी वर्षको बजेटमाथि छलफल हुँदै

नेपाल । संघीय संसद अन्तर्गत आइतबार बस्ने दुबै सदनको बैठकमा गत जेठ १५ गते सार्वजनिक भएको आगामी वर्षको बजेटमाथि छलफल हुँदैछ । संसदमा प्रस्तुत भएको राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री वर्षमान पुनले पेश गर्ने सम्भावित कार्यसूची रहेको छ। त्यसपछि राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने छ। आजै दिउँसो सवा १ बजे सुरु हुने राष्ट्रियसभामा पनि राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफलको कार्यसूची छ । यसका अलावा राष्ट्रिय सभामा उद्योग, वाणिज्य तथा आपूती मन्त्री दामोदार भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गरिने अध्यादेश स्वीकृत गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मिडिया काउन्सिल विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ । संसद स...
बागमती प्रदेशको आगामी आवको नीति तथा कार्यक्रम पारित

बागमती प्रदेशको आगामी आवको नीति तथा कार्यक्रम पारित

नेपाल (हेटौंडा) । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१-०८२ को नीति तथा कार्यक्रममाथिको छलफल सकिएको छ । सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि भएको छलफलमा सत्ता पक्षका प्रदेश सभा सदस्यले नीति तथा कार्यक्रमको समर्थन र विपक्षी दलका प्रदेश सभा सदस्यले नीति तथा कार्यक्रमले नागरिकको समस्या सम्बोधन गर्न नसेको बताएका थिए । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले स्वीकृत भएको छ । शुक्रबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो । मुख्यमन्त्री जम्कट्टेलले संसदमा पारित गरियोस् भन्ने प्रस्तावलाई प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले निर्णयार्थ पेस गरेका थिए । सभामुख पाठकले निर्णायार्थ पेस गरेको उक्त प्रस्ताव प्रदेश सभाका बहुमत सांसदहरूले स्वीकृत गरे...
पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ घट्यो

पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ घट्यो

नेपाल । शुक्रबार रातिबाट नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले मूल्य घटाएको हो । अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १६५, दोस्रो वर्गमा १६७ र तेस्रो वर्गमा १६८ रुपैयाँ प्रतिलिटर हुनेछ । त्यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर पहिलो वर्गमा १५०, दोस्रो वर्गमा १५२ र तेस्रो वर्गमा १५३ रुपैयाँ पुगेको छ । निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने घटाएको छैन । ...