७ असार २०८२, शनिबार

अर्थतन्त्र

इसेवा एप गुगल प्ले स्टोरमा पुनः उपलब्ध

इसेवा एप गुगल प्ले स्टोरमा पुनः उपलब्ध

नेपाल । विगत केही वर्षयता गुगलले प्रयोगकर्ताहरूको सुरक्षा र अनुभवमा सुधार ल्याउनका लागि नयाँ नीति जारी गरेको छ । उक्त नीति अनुरूप डेभलपरले उपलब्ध गराएको विवरण र अकाउन्टमा कुनै भिन्नता देखिए गुगलले प्ले स्टोरबाट डेभलपर प्रोफाइल र त्यसमा रहेका एपहरू हटाउने गर्दै आइरहेको छ। गुगल प्ले स्टोरमा एप पब्लिस गर्ने सबैले आफ्नो अकाउन्ट भेरिफाइ गर्नुपर्ने हुन्छ । इसेवाको हकमा भने अकाउन्ट इसेवा प्राइभेट लिमिटेडको नामले भेरिफाइड रहेको थियो तर केही समय अगाडि कम्पनी प्राइभेट लिमिटेडबाट लिमिटेडमा परिवर्तन भएको हुनाले गुगल प्ले स्टोरमा नाम परिवर्तन हुने क्रममा रहेको थियो । इसेवाको स्थापना भएको बेला गुगल डेभलपर अकाउन्ट बनाउँदा कम्पनी प्रालि रहेको थियो । गत वैशाख २८ गतेदेखि भने कम्पनी लिमिटेडमा रूपान्तरण भएकोले यही नाम परिवर्तनको मामिलाले इसेवाको बिजनेस भेरिफिकेसनमा कठिनाइ उत्पन्न भएको थियो । गुगलले बिजनेस...
नेपालको शेयर बजार एकै दिन १४५.०५ अंकले घट्यो

नेपालको शेयर बजार एकै दिन १४५.०५ अंकले घट्यो

नेपाल । केही दिनयता लगातारजसो बढ्दै आएको सेयर बजारमा मंगलबार १४५.०५ अंकले ओरालो झरेको छ । सोमबार ४० अंक बढेर २८ सय बिन्दु नजिक पुगेको सेयर बजार परिसूचक नेप्से मंगलबार २६५१.३२ विन्दुमा आएर रोकिएको छ । मंगलबार ५ करोड ३८ लाख ४४ हजार २ सय ३७ कित्ता शेयर किनबेच हुँदा २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८ सय ७४ रुपैयाँको कारोबार भएको छ । यो अहिलेसम्मकै सर्वाधिक हो । ...
काठमाडौं-तराई द्रुतमार्ग अन्तरगत मकवानपुरको धेद्रे सुरुङ दुवैतर्फ छिचोलियो

काठमाडौं-तराई द्रुतमार्ग अन्तरगत मकवानपुरको धेद्रे सुरुङ दुवैतर्फ छिचोलियो

नेपाल (हेटौंडा) । काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तरगत मकवानपुरको धेद्रे सुरुङ दुवैतर्फ छिचोलिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विस्फोटक पदार्थको स्विच थिचेर सोमबार सुरुङ छिचोल्नुभएको हो । धेद्रे सुरुङको निजगढबाट काठमाडौंतर्फ आउने १६ सय ५ मिटर लामो सुरुङ गएको जेठमा नै छिचोलिएको थियो । काठमाडौंबाट निजगढतर्फ जाने १७ सय ७२ मिटर लामो सुरुङ छिचोलिएको हो । धेद्रे–लेनडाँडा सुरुङमार्गको निर्माण ठेक्का चीनको पोली च्याङ्दा इन्जिनियरिङ कम्पनी लिमिटेडले पाएको थियो । अब काठमाण्डौबाट निजगढतर्फ महादेवटार सुरुङमार्ग आउँदो असोजसम्म छिचोलिने सेनाले जनाएको छ । सबैभन्दा लामो ३३ सय ५५ मिटर लामो सुरुङ महादेवडाँडामा बन्दैछ । कुल ७१ किलोमिटर लामो द्रुतमार्गमा ६ वटा सुरुङ बन्दैछन्, यी सुरुङको लम्बाइ झन्डै साढे १० किलोमिटर छ । अहिलेसम्म झन्डै साढे ५ किलोमिटर सुरुङ निर्माण भइसकेको छ । यस्तै ...
जुलाईमा ७ हजार ८ सय ४६ अमेरिकी पर्यटक नेपाल घुम्न आए

जुलाईमा ७ हजार ८ सय ४६ अमेरिकी पर्यटक नेपाल घुम्न आए

नेपाल । २०२४ को जुलाई महिनामा ६४ हजार ५९९ पर्यटक नेपाल भित्रिंदा अमेरिकाबाट ७ हजार ८ सय ४६ पर्यटक नेपाल आएका छन् । पर्यटन बोर्डले बिहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार जुलाईमा सबैभन्दा बढी २१ हजार ४९१ भारतीय पर्यटक भित्रिएका छन् । त्यस्तै, अमेरिकाबाट ७ हजार ८४६, चीनबाट ६ हजार ८१९ पर्यटक आएका छन् । बेलायबाट ३ हजार ८०६, बंगलादेशबाट ३ हजार ४७०, अष्ट्रेलियाबाट एक हजार ९०१ र साउथ कोरियाबाट एक हजार ५३७ पर्यटक भित्रिएको विभागले उल्लेख गरेको छ ।...
चम्किदै नेपालको शेयर बजार

चम्किदै नेपालको शेयर बजार

नेपाल । केही समय यता नेपालको शेयर बजार निरन्तर उकालो लागिरहेको छ । बुधबार पनि नेप्से ६४.२६ अंकले उचालियो । नेप्से २७६०.९१ बिन्दुमा पुगेको छ । ३३२ कम्पनीको ५ करोड ९ लाख ६७ हजार ९५१ कित्ता शेयर २ लाख ३८ हजार २७२ पटक खरिदबिक्री हुँदा २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १६१ बराबरको कारोबार भएको छ । कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्सको ८४ करोड ४९ लाख ९४ हजार ३१७ बराबरको कारोबार भएको छ ।...
नेपालमा पेट्रोलियम पदार्थको मूल्य घट्यो

नेपालमा पेट्रोलियम पदार्थको मूल्य घट्यो

नेपाल । नेपालमा बिहीबारबाट लागु हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल–मट्टितेलको मूल्य घटाएको छ । ईण्डियन आयल कर्पोरेशनबाट पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेर आएपछि नेपालमा पनि भाउ घटेको हो । पेट्रोलमा प्रतिलिटर २ रुपैया र डिजेल–मट्टितेलमा १ रुपैयाँ मूल्य घटाइएको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ । ...
नेपालको शेयर बजार आइतबार एकैदिन ११३ अंकले उचालियो

नेपालको शेयर बजार आइतबार एकैदिन ११३ अंकले उचालियो

नेपाल । साउन १३ गते आइतबार नेपालको शेयर ११३ अंकले बढेको छ । आइतबार नेप्से ११३.४२ अङ्कले बढेर २६८१.५६ को विन्दुमा पुगेको छ । नेप्सेका अनुसार आइतबार १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार २३५ रुपैयाँको कारोबार भयो । ३१५ कम्पनीको ४ करोड ३ लाख १४ हजार ५१७ कित्ता शेयर एक लाख ६३ हजार ८१० पटक खरिदबिक्री भयो । नेपाल राष्ट्र बैंकले शेयर बजारप्रति थप लचकतासहित गत शुक्रबार मौद्रिक नीति सार्वजनिक गरे पछि बजारमा उत्साह छाएको विश्लेषण गरिएको छ ।...
पूर्वमन्त्री जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर, नौ महिना कैद र ६९ लाख जरिवाना

पूर्वमन्त्री जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर, नौ महिना कैद र ६९ लाख जरिवाना

नेपाल । सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । आइतबार न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो । अदालतले पूर्वमन्त्री जोशीलाई दोषी ठहर गर्दै नौ महिना कैद र रु ६९ लाख १५ हजार जरिवानाको सजाय सुनाएको छ । यसअघि विशेष अदालतले जोशीलाई गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै डेढ वर्ष कैद र रु दुई करोड १६ लाख १४ हजार तीन सय ७६ जरिवाना हुने फैसला सुनाइएको थियो । विशेष अदालतको उक्त फैसलाविरुद्ध जोशीले २०६९ साल फागुनमा सर्वोच्चमा पुनरावेदन दायर गरेका थिए । अदालतले भ्रष्टाचारकै मुद्दामा ताराराज पाण्डे र बासुदेव पन्तलाई भने सफाइ दिएको छ ।...
राष्ट्र बैंकले सार्वजनिक गर्यो लचिलो मौद्रिक नीति

राष्ट्र बैंकले सार्वजनिक गर्यो लचिलो मौद्रिक नीति

नेपाल । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार चालु आव २०८१–८२ का लागि लचिलो मौद्रिक नीति सार्वजनिक गरेका छन् । राष्ट्र बैंकले विदेशी मुद्रा सटही, बैंकले राष्ट्र बैंकबाट लिने ऋणको ब्याजदर, चालु पुँजी कर्जा मार्गदर्शन, घरजग्गा, सेयर कारोबार र बैंक तथा वित्तीय संस्थाको सञ्चालन मुनाफा वृद्धिसम्बन्धी व्यवस्थामा खुकुलो नीति लिएको छ । राष्ट्र बैंकले केही क्षेत्रमा निष्क्रिय कर्जा वर्गीकरणको अवधि लम्ब्याइदिएको छ । विगतका मौद्रिक नीतिमा एक बुँदामा सम्बोधन हुने निर्माण व्यवसाय क्षेत्रलाई विशेष सम्बोधन गरेका छन् । लघु, घरेलु, साना एवं मझौला उद्यममा प्रवाह हुने कर्जाको व्यवस्था पुनरावलोकन गरी कृषिका लागि सहयोगी उद्योग, कृषि औजार उत्पादन, सूचना प्रविधि, पर्यटनलगायत आन्तरिक उत्पादनसँग सम्बन्धित उद्योगलाई पनि सस्तो कर्जा दिने घोषणा गरेका छन् ।...
राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष र सदस्यहरु नियुक्त

राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष र सदस्यहरु नियुक्त

नेपाल । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. शिवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ। बिहीबारको मन्त्रिपरिषदको बैठकले अर्थशास्त्री अधिकारीलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । पाल्पा निवासी अधिकारी त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक हुनुहुन्छ । मन्त्रिपरिषद बैठकले डा. आरपी बिछार, डा. रमेशप्रसाद सिंह, डा. प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा. जयबहादुर टण्डन र गङ्गादत्त अवस्थीलाई आयोगको सदस्यमा नियुक्त गरेको छ ।...