७ असार २०८२, शनिबार

अर्थतन्त्र

नेपालमा पेट्रोल र डिजेल-मट्टितेलको मूल्य घट्यो

नेपालमा पेट्रोल र डिजेल-मट्टितेलको मूल्य घट्यो

नेपाल । नेपाल आयल निगमले पेट्रोल र डिजेल–मट्टितेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनबाट बिहीबार मूल्य घटेर आएपछि नेपालमा पनि भाउ घटाइएको निगमले जनाएको छ । भारतबाट पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेलमा २.९६ रुपैयाँ घटेर आएपछि नेपालमा पेट्रोलमा प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य घटाइएको हो । घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू भएको निगमले जनाएको छ । ...
करका दर बढाउने निर्णयको बिरोधमा हेटौंडामा विशेष नगरसभाको माग

करका दर बढाउने निर्णयको बिरोधमा हेटौंडामा विशेष नगरसभाको माग

नेपाल (हेटौंडा) । हेटौंडा उपहानगरपालिकाले नगरवासीहरुका लागि कर धेरै थोपरेको भन्दै विशेष नगरसभभा बोलाउनका लागि माग गरिएको छ । नगरवासीहरुको ढाड सेक्नेगरी करका दर बढाएको भन्दै बुधबार नेकपा एमालेका वडा अध्यक्ष र वडा सदस्यहरुले विशेष नगरसभाको माग गरेका हुन् । उपमहानगरपालिकाका बहुमत नगरसभा सदस्यले विशेष नगरसभा बोलाउन माग गर्दै उपमहानगरपालिकामा निवेदन समेत दिएको वडा नम्बर–४ का वडा अध्यक्ष नविन सिग्देलले बताए । राजश्वको दर वृद्धिसम्बन्धी व्यवस्था संशोधन गर्न आवश्यक देखिएको भन्दै नेकपा एमाले सम्वद्ध नगरसभा सदस्यहरुले बढाएको कर घटाउनका लागि माग गर्दै आजै पत्रकार सम्मेलन समेत गरेका छन् । नेकपा एमालेबाट निर्वाचित ९ जना वडा अध्यक्ष, ८ जना कार्यपालिका सदस्य र ३१ जना नगरसभा सदस्य गरी ४८ जना नगरसभा सदस्यले नगर प्रमुख मीनाकुमारी लामासँग विशेष नगरसभा बोलाउन बुधबार माग गरेका हुन् । हेटौंडा उपमहानगरपालिकाका...
आइएमई र जीएमई मर्जरपछिको एकीकृत कारोबार शुभारम्भ

आइएमई र जीएमई मर्जरपछिको एकीकृत कारोबार शुभारम्भ

नेपाल । बुधबार आइएमई र जीएमई रेमिटले मर्जरपछिको एकीकृत कारोबार शुभारम्भ भएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, आइएमई लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल, आइएमई लिमिटेडका प्रबन्ध निर्देशक हेमराज ढकाल र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले बुधबार आयोजित कार्यक्रममा एकीकृत कारोबारको संयुक्तरुपमा शुभारम्भ गरेका हुन् । मर्जरपछि बनेको आइएमईको चुक्ता पुँजी एक अर्ब नाघेको छ । एकीकृत कारोबारको शुभारम्भ गर्दै डेपुटी गभर्नर मिश्रले राष्ट्र बैकको प्राथमिकताबमोजिम औपचारिक अर्थतन्त्र निर्माणमा आइएमई रेमिट्यान्सको योगदान सशक्त रहेको बताए । डेपुटी गभर्नर मिश्रले रेमिट्यान्स सेवालाई सहज एवम् थप प्रविधियुक्त र सुलभ बनाउन पनि मर्जरले योगदान दिने बताए । सोहि अवसरमा आइएमईका अध्यक्ष चन्द्रप्रसाद ढकालले करिब २५ वर्ष पहिले कम्पनी स्थापनाको समयलाई स्मरण गरे । अध...
पूर्वडीआईजी रमेश खरेलद्वारा कुलमानविरुद्ध अख्तियारमा उजुरी

पूर्वडीआईजी रमेश खरेलद्वारा कुलमानविरुद्ध अख्तियारमा उजुरी

नेपाल । पूर्वडीआईजी रमेश खरेलले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । घिसिङले आफ्नो दुई कार्यकाल विद्युत् प्राधिकरणको प्रबन्धक निर्देशकका रूपमा काम गर्दा भ्रष्टाचार गरेको भन्दै पूर्व डीआईजीखरेलले मंगलबार अख्तियारमा उजुरी दिएको उल्लेख गरेका छन् । बताए । उनले सामाजिक सञ्जालमार्फत कुलमानले राज्यलाई करोडौँ रुपैयाँ घाटा हुने गरी विद्युतको पावर पर्चेज एग्रिमेण्ट (पीपीए) गरेको जिकिर गरेका छन् । ...
नेपालमा तोलाको १ लाख ५० हजार ८ सय पुग्यो सुनको मूल्य

नेपालमा तोलाको १ लाख ५० हजार ८ सय पुग्यो सुनको मूल्य

नेपाल । नेपालमा सुनको मूल्य लगातार बढिरहेको छ । यसैक्रमा मंगलबार नेपाली बजारमा सुनको मूल्यले अहिलेसम्मको रेकर्ड ब्रेक गरेको छ । मंगलबार सुन तोलामा २१ सयले बढेर छापावाल सुन १ लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य प्रतितोला १ हजार ७४० मा किनबेच भएको थियो ।
संसदीय छानबिन विशेष समितिले सहकारी ठगीमा जेलमा रहेका ४ जना आरोपीसँग बयान लियो

संसदीय छानबिन विशेष समितिले सहकारी ठगीमा जेलमा रहेका ४ जना आरोपीसँग बयान लियो

नेपाल । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले जेलमा रहेका थप ४ जना आरोपीसँग बयान लिएको छ । सोमवार समितिले सुमेरु सहकारीका शेयर सदस्य राजबहादुर सिंह, कान्तिपुर सहकारीका अध्यक्ष हिमालयविक्रम मल्ल, आइडल नमूना सहकारीका अध्यक्ष केबी उप्रेती र सिभिल सहकारीका अध्यक्ष इच्छाराज तामाङसँग बयान लिएको हो ।...
नेपालको शेयर बजार उकालो यात्रामा, कारोबार रकममा दिनदिनै नयाँ रेकर्ड

नेपालको शेयर बजार उकालो यात्रामा, कारोबार रकममा दिनदिनै नयाँ रेकर्ड

नेपाल । नेपालको शेयर बजारमा कारोबार रकम दिनदिनै बढेर नयाँ रेकर्ड कायम भएको छ । नेप्से पनि उकालो यात्रामै छ । यसैक्रममा सोमवार नेप्से ७०.८१ अंकले बढ्दा शेयर कारोबार पनि २७ अर्ब रुपैयाँभन्दा बढीको भएको छ । आइतवार शेयरबजार कारोबार रकममा राखेको उच्च रेकर्ड सोमवार तोडिएको हो । आइतवारको शेयर कारोबारमा २५ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमवार बजारमा २७ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । कारोबारमा नयाँ रेकर्ड बनाउँदा नेप्से परिसूचक ७० दशमलव ८१ अंकले बढेर २ हजार ९३१ दशमलव ६५ बिन्दुमा पुगेको छ ।...
नेपालको शेयर कारोबार रकममा नयाँ रेकर्ड

नेपालको शेयर कारोबार रकममा नयाँ रेकर्ड

नेपाल । नेपालको शेयर बजारमा साताको पहिलो दिन आइतबार कारोबार रकममा नयाँ रेकर्ड बनेको छ । यसैक्रममा आइतबार कुल २५ अर्ब ७७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यसअघि २२ साउनमा बनेको २३ अर्ब ७१ करोडको रेकर्ड तोडिएको हो । कारोबार मात्रै नभई बजारको परिसूचक नेप्सेले २८०० अंक नाघेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ९४.४६ अंक बढेर २८६० अंकमा कायम भएको छ । सबै क्षेत्रगत सूचक बढेका थिए । ...
नेपालमा सुन प्रतितोला १ लाख ४६ हजार ६०० रुपैयाँमा कारोबार

नेपालमा सुन प्रतितोला १ लाख ४६ हजार ६०० रुपैयाँमा कारोबार

नेपाल । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा १५ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा १ लाख ४६ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार बढेर १ लाख ४८ हजार १०० रुपैयाँ कायम भएको थियो । यस्तै तेजाबी सुन तोलामा १ लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार चाँदी तोलामा १ हजार ७३० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।...
विद्युत प्राधिकरण ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा छः कुलमान

विद्युत प्राधिकरण ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा छः कुलमान

नेपाल । नेपाल प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा ९९ प्रतिशत विद्युतिकरण पुगेको तथ्याङ्क सार्वजनिक गरेका छन् । शुक्रबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दोश्रो कार्यकालको तीन बर्षको उपलब्धि सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा छिट्टै देश पूर्णरुपमा विद्युतीकरण भएको घोषणा गर्ने अवस्थामा पुगेको वताए । तीन वर्षअघि ८९ दशमलव ७ प्रतिशत रहेको विद्युतीकरण हाल ९९ प्रतिशत पुगेको प्राधिकरणले जनाएको छ । आर्थिक वर्ष २०७२–७३ मा एकै वर्ष ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरण आर्थिक वर्ष ०७३–७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा गर्न सफल भएको उल्लेख गर्दै गत आर्थिक वर्षमा १३ अर्ब ३१ करोड रुपैयाँ पुर्‍याउन सफल भएको जनाएको छ । त्यसैगरी आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको पनि क...