२९ फाल्गुन २०८२, शुक्रबार

अर्थतन्त्र

नेपाल राष्ट्र बैंकको गभर्नरमा अर्थविद् डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको गभर्नरमा अर्थविद् डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल । नेपाल राष्ट्र बैंकको गभर्नरमा अर्थविद् डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले मंगलबार साँझ पौडेललाई १८औं गभर्नरका रुपमा नियुक्त गर्ने निर्णय गरेको हो । सिफारिस समितिले डा. विश्वनाथ पौडेल, राष्ट्र बैंकका कायममुकायम गभर्नर निलम ढुङ्गाना र पूर्वसचिव डा. दिनेश भट्टराईसहित तीन जनाको नाम सिफारिस गरेकामा डा. पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरिएको हो । अमेरिकाबाट पीएचडी गरेका पौडेल योजना आयोगका पूर्व उपाध्यक्ष हुन् ।...
हङकङमा वर्किङ भिसा खुला गर्न सरकारले कुटनीतिक पहल गर्छः श्रममन्त्री भण्डारी

हङकङमा वर्किङ भिसा खुला गर्न सरकारले कुटनीतिक पहल गर्छः श्रममन्त्री भण्डारी

नेपाल । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत् सिंह भण्डारीले हङकङले सन् २००५ देखि रोक लगाएको वर्किङ र घरेलु कामदार भिसा पुनः खुलाउन सरकारी स्तरबाटै कुटनीतिक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा गैरआवासीय नेपाली संघकी महिला सचिव राधिका (टीका) गुरुङको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री भण्डारीले सरकारले नयाँ–नयाँ श्रम गन्तव्यको खोजी गरिरहेको बेला हङकङ पनि एक आकर्षक गन्तव्य हुने भएकाले सरकारी स्तरबाटै कुटनीतिक पहल अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । उहाँले भन्नुभयो, “यसअघि हामीले लगातार पहल गरेकै कारण सीपमा आधारित भिसा खुला भएको छ, बिस्तारै वर्किङ र घरेलु महिला कामदारका लागि पनि भिसा खोल्ने भन्ने विषयमा हङकङसँग मात्रै कुरा गरेर भन्दा पनि बेइजिङसँग पनि कुटनितिक पहल अघि बढाउनु आवश्यक छ, त्यसका लागि सरकार पनि सचेत छ ।” यसअघि सन् २...
टेरामक्स घोटालामा पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

टेरामक्स घोटालामा पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नेपाल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले टेरामक्स घोटालामा काँग्रेस नेता बस्नेत संलग्न भएको उल्लेख गर्दै बिहीबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार प्रतिनिधिसभाका सांसदसमेत रहनुभएको बस्नेत, दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासमेत १६ जना र कम्पनी उपर बिगो तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो मागदाबी भएको छ । ...
नेपालमा पेट्रोल र डिजेल-मट्टितेलको मूल्य घट्यो

नेपालमा पेट्रोल र डिजेल-मट्टितेलको मूल्य घट्यो

नेपाल । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले बिहीबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर एक रुपियाँ र डिजेल–मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ घटाएको हो । मूल्य समायोजनसँगै पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर १५४ रुपियाँ ५० पैसा, दोस्रो वर्गका लागि १५६ रुपियाँ र तेस्रो वर्गका लागि १५७ रुपियाँ कायम भएको छ । यस्तै डिजेल–मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १३९ रुपियाँ ५० पैसा, दोस्रो वर्गका लागि १४१ रुपियाँ र तेस्रो वर्गका लागि १४२ रुपियाँ तोकिएको निगमले जनाएको छ । ...
एनआरएनएलाई लगानीको उपयुक्त वातावरण सिर्जना गर्न सरकार प्रतिबद्धः उद्योगमन्त्री

एनआरएनएलाई लगानीको उपयुक्त वातावरण सिर्जना गर्न सरकार प्रतिबद्धः उद्योगमन्त्री

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले एनआरएनएलाई लगानीको उपयुक्त वातावरण सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले 'एनआरएनएको अधिकार, राष्ट्र समृद्धिको आधार' नारासहित बुधबार काठमाडौंमा आयोजना गरेको एनआरएनए ग्लोबल कन्क्लेभ २०२५ अन्तर्गत लगानी प्रवर्द्धन तथा सुनिश्चितता सत्रलाई सम्बोधन गर्दै उहाँले एनआरएनएको तत्परता मुलुकको समृद्धिसँग जोडिएको उल्लेख गर्नुभयो । 'लगानी गर्छु एनआरएनएहरुले भन्नुहुन्छ । लगानी गर्नुस् सरकार भन्छ । तर विभिन्न खालका जटिलताहरु बाधकका रुपमा छन् । तिनीहरुलाई निरुपण गर्नुपर्नेछ,' उहाँले भन्नुभयो । मन्त्री भण्डारीले लगानीको प्रवर्द्धन सरकारको प्राथमिकता भएको स्पष्ट पार्नुभयो । 'लगानीको क्षेत्र पहिचान भएको छ । यतिबेला त्यसलाई अझ अनुकूल वातावरण गर्न सकिन्छ । आकर्षण कसरी गर्न सकिन्छ । आन्त...
नेपालका बैंक तथा वित्तीय संस्थाबाट तीन खर्ब ६१ अर्ब तीन करोड कर्जा प्रवाह

नेपालका बैंक तथा वित्तीय संस्थाबाट तीन खर्ब ६१ अर्ब तीन करोड कर्जा प्रवाह

नेपाल । बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाहमा सामान्य सुधार देखिएको छ । चालु आर्थिक वर्ष २०८१–८२ को नौ महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा तीन खर्ब ६१ अर्ब तीन करोड अर्थात् ७.१ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले चालु आव २०८१–८२ को नौ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा दुई खर्ब २२ अर्ब २१ करोड अर्थात् ४.६ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८१ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ८.३ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकको कर्जा प्रवाह ७.४ प्रतिशतले, विकास बैंकको ४.६ प्रतिशतले र वित्त कम्पनीको कर्जा प्रवाह ६.४ प्रतिशतले बढेको छ । ...
सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाको बहुमतबाट पारित

सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाको बहुमतबाट पारित

नेपाल । आइतबार सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रतिनिधिसभाको बहुमतबाट पारित भएको छ । प्रधानन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिएपश्चात निर्णयार्थ पेश गरिएको संशोधन प्रस्ताव अस्विकृत भएको थियो । सभामुख देवराज घिमिरेले ध्वनी मतको आधारमा नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे । नीति तथा कार्यक्रममाथि ३७ वटा संशोधन प्रस्ताव दर्ता गरिएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०८२–८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि वैशाख २२ गतेदेखि छलफल थालिएको थियो । ...
नेपालमा ११ खर्ब ९१ अर्ब रेमिट्यान्स भित्रियो, रोजगारीका लागि ६ लाख बाहिरिए

नेपालमा ११ खर्ब ९१ अर्ब रेमिट्यान्स भित्रियो, रोजगारीका लागि ६ लाख बाहिरिए

नेपाल । चालु आव २०८१–८२ को नौ महिना अर्थात चैत मसान्तसम्म ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो अवधिमा रेमिट्यान्स आप्रवाह १० प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतले बढेको थियो । यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत(नयाँ) लिने नेपालीको संख्या ३ लाख ५८ हजार २२२ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ४९ हजार ६५२ रहेको छ । राष्ट्र बैंकको रिपोर्ट अनुसार अघिल्लो वर्षको सोही अवधिमा यो सङ्ख्या क्रमशः ३ लाख २७ हजार ८४२ र २ लाख ११ हजार २२६ रहेको थियो ।...
एनआरएनए अध्यक्ष डा. बद्री केसी र उर्जा मन्त्री खड्काबीच भेट, लगानीबारे छलफल

एनआरएनए अध्यक्ष डा. बद्री केसी र उर्जा मन्त्री खड्काबीच भेट, लगानीबारे छलफल

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसी र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काबीच नेपालमा जलबिद्युत क्षेत्रमा गैरआवासीय नेपालीहरुको लगानी प्रवर्द्धनका विषयमा विशेष छलफल भएको छ । शुक्रवार सिहंदरवारस्थित उर्जा मन्त्रालयमा अध्यक्ष डा। केसी नेतृत्वको प्रतिनिधिमण्डल र मन्त्री खड्काबीच भएको छलफलमा जलबिद्युत क्षेत्रमा सम्भाव्य लगानीका अवसरहरू, सरकारको सहकार्य, र गैरआवासीय नेपालीहरूको भूमिकाबारे कुराकानी गरिएको थियो । भेटका क्रममा मन्त्री खड्काले एनआरएनएभित्र एकता कायम हुनुपर्नेमा जोड दिँदै, एकताले सरकारलाई सहज सहकार्य गर्न सहयोग पुर्‍याउने बताए। उनले गैरआवासीय नेपालीहरूको साझा प्रयासले मात्रै देश समृद्धितर्फ उन्मुख हुने उल्लेख गरे । अध्यक्ष डा. केसीले संस्थाभित्र उत्पन्न समस्या र विवादका कारण महत्त्वपूर्ण एजेन्डाहरू ओझेलमा पर्ने खतरा रहेकाले “एनआरएनए कन्क्लेभ २...
नेपालमै पहिलोपटक सुरु भयो रिभर ट्यूबिङ

नेपालमै पहिलोपटक सुरु भयो रिभर ट्यूबिङ

नेपाल । नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु गरिएको छ । काभ्रेको सुनकोशी नदीको दोलालघाटदेखि पचुवारघाट्सम्म विस्तार गरिएको यो सेवा साहसिक पर्यटनका पारखीहरूका लागि नयाँ गन्तव्यको रूपमा देखा परेको छ । रिभर ट्यूबिङ्गबारे अहिले धेरैको चासोको विषय बनेको छ । यो सेवामा सहभागी पर्यटकहरूलाई ठूला र बलिया रबर ट्यूबमा बसेर नदीको प्राकृतिक बहावसँगै रमाइलो गर्ने अवसर मिल्छ । नदीको छालसँग खेल्दै बग्ने यो यात्राले साहसिक अनुभूति मात्र होइन शारीरिक र मानसिक ताजगी पनि प्रदान गर्छ । विशेष गरी गर्मीयाममा चिसो पानीमा रमाउने चाहना भएका पर्यटकहरूका लागि यो सेवा उत्कृष्ट विकल्प हुन सक्छ । शुरुवती दिनमा नै ४८ जनाले रिभर ट्युबिङ सेवा लिएको थियो। ‘माझी किङ’ यमन माझी रिभर ट्युबिङ नेपालका फाउण्डर हुन । उनका अनुसार यो परियोजना नेपालमा साहसिक पर्यटनलाई अझ विस्तार गर्ने लक्ष्यका साथ सुरु गरिएको हो । उनले भने, “नेपाल...