लगानीलाई सुरक्षित हुने वातावरण सिर्जना गर्नुपर्छः मुख्यमन्त्री लामा
नेपाल (हेटौंडा) । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले राज्यले उद्योगी व्यवसायीलाई आवश्यकता अनुसारका सुविधा दिनुका साथै लगानीलाई सुरक्षित हुने वातावरण सिर्जना गर्नुपर्ने बताए ।
बुधबार हेटौंडामा मकवानपुर उद्योग वाणिज्य संघको ५८ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै उद्योग क्षेत्र रोजगारी सिर्जना गर्ने प्रमुख क्षेत्रको रुपमा रहेकाले लगानीकर्तालाई आवश्यकता अनुसारको सुविधा दिनसक्नुपर्ने बताए ।
उद्योग क्षेत्रले स्थानीय कच्चा पदार्थको प्रयोग गरी उत्पादनमा जोड दिनुपर्ने उनले बताए । राज्यले उद्योगीलाई आवश्यक सुविधासहित उत्पादन वृद्धिमा जोड दिनुपर्ने उनको भनाई छ । उनका अनुसार नेपालमा भ्रष्टाचारको अवस्था गम्भीर रहेको छ । भ्रष्टाचार नियन्त्रणका लागि आम व्यक्तिहरूको सबै विषय अध्यवधिक गर्न जरुरी रहेको उनले कताए । लगानीमैत्री वातावरण तयार गर्न प्रदेश सरकारले लगानी बोर्ड गठन गर्ने तयारी...








