नेपाल । भूकम्पले ढलाएको सुन्धारा पुननिर्माणपछि आगामी असोज ३ गतेदेखि सञ्चालनमा आउने भएको छ ।
बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ गतेदेखि अस्थायी रूपमा धरहरा सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।
यस्तै मन्त्रिपरिषद् बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मा सुशील ज्ञवालीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।...
नेपाल । नेपाली शेयर बजार बुधबार पनि घटेको छ । गत बुधबारदेखि घट्ने क्रममा रहेको बजारले निरन्तरता पाएको हो ।
बुधबार नेप्से २२.७३ अंकले घटेर २६१०.२१ विन्दुमा बन्द भएको छ भने कारोबार रकममा पनि गिरावट आएको छ ।
मंगलबार सात अर्ब २४ करोड रूपैयाँको कारोबार भएकोमा बुधबार ६ अर्ब ८५ करोडको कारोबार भएको छ ।
नेपाल । नेपालमा चाडबाड लक्षित सहुलियत मूल्य पसल आगामी असोज ७ देखि छठसम्म सञ्चालन गरिने भएको छ । चाडपर्वमा वर्सेनि यस्ता पसल सञ्चालन गरिंदै आएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत सोमबार नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र दुग्ध विकास संस्थानलाई परिपत्र गर्दै चाडबाड लक्षित सहुलियत पसल सञ्चालन गर्न भनेको थियो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४२ जिल्लाका ६१ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गर्नेछ ।
सहुलियत मूल्य पसलमा सबै किसिमको चामलमा प्रतिकिलो रु पाँच छुट पाइने छ । कर्णालीका रैथाने उत्पादनहरु जुम्ली मार्सी चामल, कागुनो, चिनो, कर्णालीको सिमी, उवा र तितेफापरमा प्रतिकिलो रु सात छुट पाइने छ । सबै प्रकारका दाल तथा गेडागुडीमा प्रतिकिलो रु पाँच, गहुँको पिठो, चिउरा, चिनी, गहुँलगायत वस्तुमा प्रतिकिलो रु सात, सनफ्ला...
नेपाल (हेटौँडा) । वाग्मती प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गंगादत्त नेपाललाई नियुक्त गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सिन्धुपाल्चोकका नेपाललाई रिक्त रहेको उपाध्यक्ष पदमा नियुक्त गरेको हो ।
बैठकले आयोगका सदस्यमा काभ्रेका गुणराज मोक्तान र काठमाडौंका दीपेन्द्र श्रेष्ठलाई नियुक्ति दिइएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा योजना मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । श्रेष्ठ यसअघि पनि आयोगका सदस्य थिए ।
प्रदेश खेलकुद विकास परिषद्को सदस्य–सचिवमा नुवाकोटका दीपक लामालाई नियुक्त गरिएको छ । समाजिक विकास मन्त्रालयको प्रस्तावमा खेलकुद मन्त्रालयको स्वीकृतिमा उनी नियुक्त भएको मन्त्री लामिछानेले जानकारी दिए । सामाजिक विकास मन्त्रालय विभाजन गरी खेलकुद मन्त्रालय कायम भए पनि कानुनी अड्चनका कारण सदस्य–सचिव नियुक्तिमा समस्या हुँदै आइरहेको थियो ।
बैठकले श्रम रोज...
नेपाल । आउँदो असोज असोज १३ गतेदेखि असोज २२ गतेसम्म नेपाल राष्ट्र बैंकले सुकिला नोट वितरण गर्ने भएको छ ।
नेपालीहरुको महान् पर्व दशैंको माहौल शुरु हुन लागेसँगै राष्ट्र बैंकले सुकिला नोट सटही गर्ने सूचना जारी गरेको हो ।
दशैंमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालयबाट सुकिला नोट सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
प्रदेश कार्यालय विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट सुकिला नोट सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
साथै बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट समेत सुकिला नोट सटही गर्ने व्यवस्था मिलाइएको छ । दशैंतिहारका लागि ५, १० २०, ५० र १०० का साना दरका नोट सटहीको सुविधा दिँदै आएको राष्ट्र बैंकले यस पटक पनि सुविधा दिने छ।
यस पटक पनि प्रतिव्यक्ति १८ हजार पाँच सय कै हाराहारी...
नेपाल । नेपालमा मंगलबार पनि नेप्से परिसूचक घटेको छ । मंगलबार नेप्से परिसूचक १३ दशमलव ०९ अंकले घटेर २ हजार ६३२ दशमलव ९४ को विन्दुमा कायम भएको छ ।
३२८ कम्पनीको १ करोड ९० लाख ७७ हजार ५८३ कित्ता शेयर ९३ हजार ४५९ पटक खरिदबिक्री हुँदा ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार ४२१ रुपैयाँ बराबरको कारोबार भएको हो ।
मंगलबारको कारोबार रकम पछिल्लो करिब २ महिनायताकै न्यून हो ।...
नेपाल । नेपाल सरकारले कार्यालय समयमा कार्यालयमै बसेर शेयर कारोबार गर्न रोक लगाएको छ ।
मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी काममा प्रभाव परेको भन्दै यस्तो रोक लगाइएको जानकारी दिएका छन् ।
उनले देशभरका सबै सरकारी कार्यालयमा शेयर कारोबार गर्ने प्रणाली (टीएमएस) प्रतिबन्ध लगाएको उल्लेख गरेका छन् ।...
नेपाल । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ ।
सुन तोलाको १२ सयले घटेर एक लाख ५२ हजार एक सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि शुक्रबार सुनको मुल्य अहिलेसम्मकै उच्च १ लाख ५३ हजार ३ सयमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदी तोलाको ४५ रुपैयाँले घटेर रु. १७५० मा कारोबार भएको थियो ।...
नेपाल । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त भएकी छिन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले पहाडीलाई नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो ।
टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलमाथि भ्रष्टाचार र अकुत सम्पत्तिको मुद्दा लागेर निलम्बन भएपछि पहाडी कार्यवाहक प्रबन्ध निर्देशकको जिम्मेवारीमा रहनुभएको थियो ।
२०७८ मा पनि पहाडीको नाम प्रबन्ध निर्देशकका लागि पहिलो नम्बरमा नै सिफारिस भएको थियो । तर, सरकारले उहाँलाई नगरेर पौडेललाई नियुक्त गरेको थियो । पहाडीले करिव ३ दशक लामो यस क्षेत्रमा अनुभव सम्हालिसक्नु भएको छ । बिसं २०४९ चैत २३ मा तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियरका रूपमा सातौं तहबाट सेवा प्रवेश गर्नुभएकी पहाडी २०७८ माघ १८ गते नायब प्रबन्ध निर्देशक नियुक्त हुनुभएको थियो...
नेपाल । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ ।
शुक्रबार हिन्दु नारीहरुको महतवपूर्ण पर्व हरितालिका तीजको रमझम चलिरहेको बेला सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य प्रति तोला रु एक हजार तीन सयले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक लाख ५२ हजारमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबारका लागि रु एक लाख ५३ हजार तीन सय निर्धारण भएको थियो ।
चाँदीको मूल्य तोलामा रु ३० ले वृद्धि भएको छ । विहीबार तोलामा रु एक हजार सात सय ६५ मा कारोबार भएको चाँदी शुक्रबार भने रु एक हजार सात सय ९५ मा कारोबार भएको थियो ।...