२९ फाल्गुन २०८२, शुक्रबार

अर्थतन्त्र

छ महिनामा ५ लाख ७७ हजार पर्यटक नेपाल घुम्न आए, अमेरिकाबाट कति आए ?

छ महिनामा ५ लाख ७७ हजार पर्यटक नेपाल घुम्न आए, अमेरिकाबाट कति आए ?

नेपाल । सन् २०२५ को ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । पर्यटन बोर्डका अनुसार सन् २०२५ को पहिलो ६ महिना (जनवरी–जुन) मा ५ लाख ७७ हजार ६ सय ८९ पर्यटक नेपाल आएका हुन् । गत वर्ष (सन् २०२४) को पहिलो ६ महिनामा पाँच लाख ८३ हजार ११ पर्यटक नेपाल आएका थिए । यता, सन् २०२५ को जुन महिनामा ७६ हजार ४२५ पर्यटक नेपाल आएका छन् । गत वर्षको यसै महिनामा ७६ हजार ७३६ पर्यटक नेपाल आएका थिए । जुन महिनामा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा बढी भारतबाट ३२ हजार ६६२ पर्यटक नेपाल आएका छन् । दोस्रो अमेरिकाबाट ९ हजार ६९६ पर्यटक नेपाल भित्रिएका छन् । तेस्रोमा चीनबाट ६ हजार ७३६, चौथोमा बंगलादेशबाट पाँच हजार ४४९ र पाँचौँ स्थानमा बेलायतबाट दुई हजार २८४ पर्यटक नेपाल भित्रिएका छन् । यस्तै, अस्ट्रेलियाबाट १ हजार ८ सय ३१, मलेसियाबाट १ हजार ३ सय ४८, भुटानबाट १ हजार १ सय ६७, जापानबाट १ हजार १९ र फ्रान्...
एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

नेपाल । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) अन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने संयुक्त राज्य अमेरिकी सरकारको निर्णयको स्वागत गरेको छ । अमेरिकी वैदेशिक सहयोगमा लगाइएको स्थगनका सन्दर्भमा विशेष छुटअन्तर्गत एमसिसी कार्यान्वयनलाई निरन्तरता दिन अमेरिकी सरकारबाट भएको उक्त निर्णयको बुधबार स्वागत गरेको हो । एमसिए–नेपालले २९७ किमी विद्युत् प्रसारण लाइन निर्माण तथा सडक मर्मतलगायतका कार्यसम्बन्धी खरिद प्रक्रिया सम्पन्न गर्नेसहितका कम्प्याक्ट क्रियाकलाप कार्यान्वयन गर्न एमसिसीसँग निकटतापूर्वक काम गरिरहेको जनाएको छ । एमसिए–नेपालले वैदेशिक सहयोगसम्बन्धी समीक्षा थालनी हुनुपूर्व नै अगाडि बढिसकेका तीनवटा सबस्टेसन एवं १८ किमी सीमापार प्रसारण लाइन निर्माणसम्बन्धी कार्यलाई निरन्तरता दिइरहेको छ । उसले नेपालको ऊर्जा र यातायात क्षेत्रक...
नेपालमा प्रतिलिटर ५ रुपैयाँ बढ्यो पेट्रोलको मूल्य

नेपालमा प्रतिलिटर ५ रुपैयाँ बढ्यो पेट्रोलको मूल्य

नेपाल । नेपालमा सोमबार रातिदेखि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ। पेट्रोलमा ५ रुपैयाँले र मट्टितेल र डिजेलमा ४ रुपैयाँले मूल्य बढाइएको नेपाल आयल निगमद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।
नेपालको निर्यात व्यापार ७७.७७ प्रतिशतले बढ्यो

नेपालको निर्यात व्यापार ७७.७७ प्रतिशतले बढ्यो

नेपाल । नेपालको निर्यात व्यापारमा उछाल आएको छ । चालु आर्थिक वर्ष २०८१–८२ को ११ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा निर्यात ७७.७७ प्रतिशतले बढेको छ । जस अनुसार चालु आवको ११ महिनामा नेपालबाट दुई खर्ब ४७ अर्ब रुपियाँको निर्यात भएको छ । समीक्षा अवधिमा आयात भने १३.१५ प्रतिशतले मात्र बढेर १६ खर्ब ४४ अर्ब रुपियाँ बराबरको आयात भएको छ । रकमका आधारमा नेपालबाट हुने निर्यात आयातको तुलनामा ज्यादै न्यून भए पनि गत वर्षको तुलनामा सुधार आएको छ । विभागका अनुसार नेपालमा १६ खर्ब ४४ अर्ब ७९ करोड ७५ लाख ८६ हजार रुपियाँ बराबरको आयात हुँदा निर्यात दुई खर्ब ४७ अर्ब ५७ करोड दुई लाख १३ हजार रुपियाँ बराबरको भएको छ । अघिल्लो वर्षको सोही अवधिमा १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाख ९२ हजार आयात भएको थियो भने एक खर्ब ३९ अर्ब २६ करोड २३ लाख ३३ हजार रुपियाँ बराबरको निर्यात भएको थियो । विभागको तथ्याङ्क अनुसार आयात बढेको...
टेस्लाले चीनमा ‘ग्रिड स्केल पावर स्टेशन प्रोजेक्ट’ निर्माण गर्न

टेस्लाले चीनमा ‘ग्रिड स्केल पावर स्टेशन प्रोजेक्ट’ निर्माण गर्न

अमेरिका । टेस्लाले ऊर्जा भण्डारणका लागि चीनको मुख्य भूमिमा आफ्नो पहिलो ‘ग्रिड स्केल पावर स्टेशन प्रोजेक्ट’ निर्माण गर्न सम्झौतामा हस्ताक्षर गरेको शुक्रबार घोषणा गरेको छ । टेस्लाले चिनियाँ सामाजिक सञ्जाल वेइबोमा लेखेको एक पोस्टमा भनिएको छ, “यो परियोजनाले ग्रिड संसाधनहरूको लचिलो समायोजनमा मद्दत गर्नेछ र शहरी विद्युत आपूर्तिसँग सम्बन्धित दबाबहरू प्रभावकारी रूपमा समाधान गर्नेछ ।” टेस्लाले भनेको छ, “यो परियोजना चीनको सबैभन्दा ठूलो ग्रिड साइड ऊर्जा भण्डारण परियोजना बन्ने अपेक्षा गरिएको छ ।” यस्ता ऊर्जा भण्डारण प्रणालीहरूले सौर्य र वायु ऊर्जाको अधिक आपूर्ति भएको समयमा विद्युत ग्रिडमा स्थिरता बढाउन मद्दत गर्दछ । टेस्ला साङ्घाईका अधिकारी र चाइना काङफु इन्टरनेसनल लिजिङ कम्पनीबीच शुक्रबार उक्त परियोजनाका लागि हस्ताक्षर समारोह सम्पन्न भएको चिनियाँ सञ्चार माध्यम यिकाइले जनाएको छ । उक्त सम्झौतामा चार...
काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर बस्नेत भ्रष्टाचारको अभियोगमा दोषी ठहर

काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर बस्नेत भ्रष्टाचारको अभियोगमा दोषी ठहर

नेपाल । काठमाडौंको नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत भ्रष्टाचारको अभियोगमा दोषी ठहर भएका छन् । बिशेष अदालतका अध्यक्ष एवम न्यायाधीश एकनारायण कुँवर र सदस्य एवम न्यायाधीश रामबहादुर थापाको संयुक्त इजलासले उनलाई दोषी ठहर गरेको हो । नगर प्रमुख बस्नेतले पदमा कोलोनी प्राली, पद्मा मर्चेन्ट कम्पनी प्राली तथा उक्त कम्पनीका सञ्चालक अध्यक्ष राजुप्रसाद कँडेलबाट ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ खुस रिसवत लिएको पुष्टि गर्दै अदालतले उनलाई दोषी ठहर गरेको हो । बस्नेतले उक्त विगो बराबरको रकम कसुर गरेको र पद्‌मा कोलोनी प्राली, पद्‌मा मर्चेन्ट कम्पनी प्राली र त्यस कम्पनीका सञ्चालक अध्यक्ष कँडेलले आफ्नो कम्पनीको नाममा जग्गा प्राप्त गर्नका लागि उक्त रकम घुस रिसवत दिएको पुष्टि भएको हो । बस्नेतकी श्रीमती उर्मिला बस्नेतले भने अदालतबाट सफाई पाएकी छन् । उनले जानी जानी घुस रिसवतको रकम लिए खाएको वा भुक्...
ग्वार्को चोकको ‘ओभर पास’ प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन

ग्वार्को चोकको ‘ओभर पास’ प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन

नेपाल । ललितपुरको ग्वार्को चोकमा ‘ओभर पास’ शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ । उद्घाटनसँगै सञ्चालनमा आएको ओभरपासका कारण काठमाडौँ उपत्यकाको निकै व्यस्त सडक चक्रपथको जाम कम हुने विश्वास गरिएको छ । चक्रपथमा हुने गरेको सवारी आवागमनको अत्यधिक चाप व्यवस्थापन गर्न सरकारले ग्वार्कोमा ओभर पास निर्माण गरेको हो । चक्रपथको सातदोबाटो–कोटेश्वर सडक खण्ड र मंगलबजार-इमाडोल-लुभूमा कुद्ने सवारीलाई सुरक्षित, सहज तथा व्यवस्थित भएको छ । अब चक्रपथको गाडी नरोकी सिधै ओभर पासमाथिबाट गुड्नेछ । मंगलबजारदेखि इमाडोल वा इमाडोलतर्फबाट मंगलबजारतर्फ जाने सवारी भने पुलमुनिबाट जानेछन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले काठमाडौँ उपत्यकामा निर्माण सम्पन्न बहुप्रतिक्षित ग्वार्को ओभरपास परियोजना निर्माणको प्रक्रिया अगाडि बढाएको थियो । दुई...
दैलेखमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको प्रारम्भिक रिपोर्ट

दैलेखमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको प्रारम्भिक रिपोर्ट

नेपाल । चीनको टोलीले दैलेखको जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको प्रारम्भिक रिपोर्ट दिएको छ । लामो समयको अध्ययनले ग्याँस रहेको पुष्टि गरेको हो । दैलेखमा ठुला आयोजना सञ्चालनमा छैनन् । प्रदेशको राजधानीसँज जोडिएको जिल्ला भए पनि अवसरबाट भने वञ्चित हुँदै आएको छ । उद्योगमन्त्री दामोदर भण्डारीले ग्यास पुष्टि भएको र विस्तृत रिपोर्टपछि उत्पादन सुरु हुने बताउनुभएको छ । दैलेखमा ग्यासको उत्खनन २०८० वैशाखबाट सुरू भएको थियो । दैलेखको जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको प्रारम्भिक रुपमा पत्ता लागेको छ । चिनियाँ विज्ञ टोलीले नेपाललाई ५० वर्ष पुग्ने प्राकृतिक ग्यास रहेको भनेर प्रारम्भिक रिपोर्ट दिएको भन्दै सरकारी अधिकारी उत्साहित देखिएका छन् ।...
नेपाल-चीन व्यापार सहजीकरणका विषयमा लोमान्थाङ र जोमसोममा अन्तरक्रिया

नेपाल-चीन व्यापार सहजीकरणका विषयमा लोमान्थाङ र जोमसोममा अन्तरक्रिया

नेपाल । नेपाली महावाणिज्य दूतावास, ल्हासाले नेपाल–चीन व्यापार सहजीकरण र व्यवस्थापनका विषयमा लोमान्थाङ र जोमसोममा अन्तरक्रिया गरेको छ । लोमान्थाङमा भएको अन्तरक्रियामा लोघेकर दामोदरकुण्डका अध्यक्ष राजु विष्ट र लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टासी नुर्बु, लोमान्थाङकी उपाध्यक्ष, दुवै गाउँपालिकाका वडाध्यक्षहरू तथा कोरोला नाका प्रयोग गरी व्यापार गर्ने व्यवसायीको सहभागिता थियो । जोमसोममा भएको अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसाल, मुस्ताङ जिल्लाका चार वटा गाउँपालिकाका अध्यक्षहरू, समाजसेवी तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता थियो । दुवै छलफलमा सहभागीहरूले कोरोला नाकाको चीनतर्फ उत्कृष्ट पूर्वाधार निर्माण भएर अध्यागमन र भन्सार कार्यालयहरू स्थापना भई सेवा सञ्चालन गरिसके पनि नेपालतर्फ प्रदेश सरकारले निर्माण गरेको चार कोठे भवन पनि राम्रो भएको बताउनुभएको थियो । सहभागीले उक्त भवनमा...
अष्ट्रेलियामा सर्भर राखेर करोडौँको कर छली गर्ने ६ जना बिरुद्ध मुद्दा दर्ता

अष्ट्रेलियामा सर्भर राखेर करोडौँको कर छली गर्ने ६ जना बिरुद्ध मुद्दा दर्ता

नेपाल । काठमाडौँको तीनकुनेमा रहेको एक कम्पनीका शेयरधनी तथा सञ्चालकहरुले अष्ट्रेलियामा सर्भर राखेर मिलेमतोमा करोडौँको कर छली गरेको पाइएको राजस्व अनुसन्धान विभागले जनाएको छ । त्यसरी कर छलीमा काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित नेपाल क्यान मुभ प्रालिका शेयरधनी र सञ्चालकहरु सुदीप आचार्य, जीवन ज्ञवाली, गङ्गाबहादुर थापा, मनीषप्रसाद आचार्य, मिठु पौडेल र उप–कार्यकारी निर्देशक सङ्गम पौडेल संलग्न रहेको अभियोगमा मुद्दा चलाइएको विभागकी उपमहानिर्देशक एवं प्रवक्ता कृष्णकुमारी श्रेष्ठले जानकारी दिनुभयो । प्रवक्ता श्रेष्ठले उनीहरूले मिलेमतोमा ६८ करोड ४४ लाख ५७६० रुपियाँ बिगो बराबरको कर छली गरेको दाबीसहित त्यसको शतप्रतिशत जरिवानासमेत गरी रु। एक अर्ब ३६ करोड ८८ लाख ११ हजार ५२० असुल उपर गर्नुपर्ने मागदाबीसहित उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको जानकारी दिनुभयो । विभागले उक्त कम्पनीको कारोबारस्थलमा गरे...