२८ फाल्गुन २०८२, बिहीबार

कोलोराडो विशेष/अमेरिका

कोलोराडो अरोरास्थित नेपाली पाठशालाको दीक्षान्त समारोह सम्पन्न (फोटो फिचरसहित)

कोलोराडो अरोरास्थित नेपाली पाठशालाको दीक्षान्त समारोह सम्पन्न (फोटो फिचरसहित)

कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो शाखाबाट सञ्चालित नेपाली भाषा पाठशालामध्ये अरोराको पाठशालामा यस सत्रमा पढ्ने बालबालिकाहरूका लागि दीक्षान्त समारोह अरोरा स्मोकी हिलस्थित चर्चमा आयोजित एक समारोहकाबीच अगस्त ३० तारिखमा सम्पन्न भयो । यस कार्यक्रममा झण्डै १०० जनाको समुपस्थितिमा करिब ३ दर्जन बालबालिका यहाँ दीक्षित भएका थिए । स्मरणीय छ, यस्तै दीक्षान्त समारोह गत हप्ता नर्थग्लेन पाठशालाका विद्यार्थीहरूका लागि नेपाली घरमा आयोजना गरिएको थियो । कार्यक्रमका सञ्चालक समाजसेवी राजु खनालले सञ्चालन गर्नुभएको यस कार्यक्रमको शुभारम्भ पाठशालाका बालबालिकाहरूले सामूहिक नेपाली तथा अमेरिकी राष्ट्रिय गानबाट गरेका थिए । अनेसास कोलोराडो शाखाका सचिव परिवेश शर्माले विद्यार्थी, शिक्षक र अभिभावक सबैलाई स्वागत गर्दै पाठशाला सञ्चालनको उद्देश्यबारे अवगत गराउनुभएको थियो । यस कार्यक्रममा दीक्...
कोलोराडोमा नेपाली सांगीतिक आकाशका नक्षेत्र स्व. गोपाल योञ्जनप्रति समर्पित पुस्तक विमोचन

कोलोराडोमा नेपाली सांगीतिक आकाशका नक्षेत्र स्व. गोपाल योञ्जनप्रति समर्पित पुस्तक विमोचन

कोलोराडो । गोपालय यू.एस.ए. र गोपाल योञ्जन फाउन्डेशन नेपालले, कोलोराडो नेपालीज कम्युनिटी र नेपाली जात्रा संस्थासँग सहकार्य गर्दै, नेपाली सांगीतिक आकाशका नक्षेत्र स्व. गोपाल योञ्जन (२०००–२०५३) प्रति समर्पित पुस्तक विमोचन तथा गोपाल योञ्जनका विविध रचनाका झलकहरूको कार्यक्रम डेनभरस्थित Spur, Colorado State University मा आयोजना भएको छ । यस प्रकारको कुनै नेपाली प्रबुध्द् सांगीतिक व्यक्तित्वमाथि प्रकाशन भएको यो पहिलो अंग्रेजी कफि टेबल पुस्तक हुन पुगेको छ । कार्यक्रमको शुरूवात कोलोराडो स्टेटका तर्फबाट, डा. सुजान ई. जल्बर्टको स्वागत मन्तव्यबाट भयो । त्यसपछि गोपालया यूएसएकी निर्देशक श्रीजना सिंह योञ्जनले गोपालय र गोपाल योञ्जन फाउन्डेशन नेपालको उद्देश्यबारे जानकारी दिइन् । उपस्थित दर्शकहरूले ‘हर नाद’ शीर्षकको योञ्जनप्रति समर्पित म्युजिक भिडियोको कलात्मक अनुभूति पछि पुस्तकका लेखिका, गोपाल योञ्जनकी पत्न...
कोलोराडोमा नेपाली पाठशाला नर्थग्लेनको दीक्षान्त समारोह सम्पन्न (फोटो फिचरसहित)

कोलोराडोमा नेपाली पाठशाला नर्थग्लेनको दीक्षान्त समारोह सम्पन्न (फोटो फिचरसहित)

कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो शाखाबाट सञ्चालित नेपाली भाषा पाठशालामध्ये नर्थग्लेनको पाठशालामा यस सत्रमा पढ्ने बालबालिकाहरूका लागि दीक्षान्तसमारोह वेस्टमिन्स्टरस्थित नेपाली घरमा अगस्त २३ शनिवारका दिन हर्षोल्लासका साथ सम्पन्न भएको छ । अनौपचारिक तवरले सञ्चालित यस कार्यक्रमको प्रारम्भ पाठशालाका बालबालिकाहरूले सामूहिक राष्ट्रिय गानबाट गरेका थिए । अनेसास कोलोराडो शाखाका महासचिव पुष्पराज पौडेलले सञ्चालन गर्नुभएको यस कार्यक्रममा दीक्षित विद्यार्थी रचित रेग्मीबाट हनुमान चालिसा कण्ठस्थ पाठ गरिएको थियो । समारोहमा समृद्धि खड्का, सिमरन सुवेदी, सृष्टि खड्का लगायतले विधार्थी गान र नृत्य प्रस्तुत गरेका थिए । यसैगरी ठूलो, मध्यम तथा सानो कक्षाका विद्यार्थीहरूले पालैपालो कक्षागत रूपमा तयार पारिएको सामूहिक गीत तथा कविता वाचन गरेका थिए । यसलगत्तै खुशी र एञ्जल पौडेल दिदीबहिन...
एनआरएनए कोलोराडो च्याप्टरले दियो एकताको सन्देश

एनआरएनए कोलोराडो च्याप्टरले दियो एकताको सन्देश

कोलोराडो । एनआरएनए कोलोराडो च्याप्टरले एकताको सन्देश दिएको छ । च्याप्टरमा चन्द्र गुरुङ र निमा शेर्पा अध्यक्ष रहेको दुई छुट्टाछुट्टै कार्य समिति चयन भए पनि आपसी समन्वय र समझदारीमा काम गर्ने प्रतिबद्धता जनाएका हुन् । यही अगस्ट १७ र १८ को निर्वाचनबाट च्याप्टरको अध्यक्षमा निमा शेर्पा निर्वाचित भएसँगै दुबै कार्यसमितिका पदाधिकारी, एनआरएनए कोलोराडोका निवर्तमान अध्यक्ष तथा एनसीसीका युवा उपाध्यक्ष प्रकाश पौडेल, च्याप्टरका पूर्व अध्यक्ष तथा एनसीसीका महासचिव आरसी पन्तले एकताको सन्देशसहित खुशीयाली मनाएका छन् । आगामी दिनमा एनआरएनए कोलोराडो एकढिक्का भएका अघि बढ्ने उक्त अवसरमा प्रतिबद्धता जनाइएको छ । July 27/28 election President = Chandra Gurung V.President= Binod Gurung Secretary = Bhuwan Sapkota Secretary (women)=Kalimaya Gurung Treasurer = Sandeep lama Bod = Suman patha...
एनआरएनए एनसीसी अमेरिकाको अध्यक्षमा सतेन्द्र साह र महासचिवमा मोहन न्यौपाने निर्वाचित

एनआरएनए एनसीसी अमेरिकाको अध्यक्षमा सतेन्द्र साह र महासचिवमा मोहन न्यौपाने निर्वाचित

अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी अमेरिकाको आगामी कार्यकाल (सन् २०२५–२७) का लागि अध्यक्षमा सतेन्द्र साह निर्वाचित भएका छन् । निर्वाचनको मत परिणाम अनुसार साहले ३ हजार २ सय २८ मत ल्याएर विजय हुन सफल भए भने उनका प्रतिस्पर्धीहरु भानु खरेलले २ हजार ५ सय ६, रामहरि अधिकारीले २ हजार ६३ र रामजि(राज) अधिकारीले १०५ मत प्राप्त गरे । यसैगरी, वरिष्ठ उपाध्यक्षमा सन्तोष पहरी विजयी भएका छन् । ४ जना राष्ट्रिय उपाध्यक्ष पदमा प्रदीप चौलागाई, डाक्टर गंगाधर आचार्य, आङ् छिरिङ शेर्पा र सुरेन्द्र लौडरी निर्वाचित भए । राष्ट्रिय महिला उपाध्यक्ष पदमा सुनिता खत्री निर्वाचित भएकी छिन्। त्यसैगरी, संघको युवा उपाध्यक्ष पदमा विजय वाइबा विजयी भएका छन् । निर्वाचन मत परिणाम अनुसार महासचिव पदमा मोहन न्यौपाने विजयी भए । त्यस्तै सचिव(खुला) मा सूर्य बस्ताकोटा विजयी भए । कोषाध्यक्ष पदमा रबिन्द्र उप्रेति विजयी भएक...
एनआरएनए कोलोराडो च्याप्टरको अध्यक्षमा निमा शेर्पा निर्वाचित

एनआरएनए कोलोराडो च्याप्टरको अध्यक्षमा निमा शेर्पा निर्वाचित

कोलोराडो । एनआरएनए कोलोराडो च्याप्टरको अध्यक्षमा निमा शेर्पा निर्वाचित भएका छन् । सन् २०२५–२७ कार्यकालका लागि अगष्ट १७ र १८ मा भएको निर्वाचनबाट १५१ मतसहित शेर्पा अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी अमृत विश्वकर्माले १०० मत प्राप्त गरे । त्यसैगरी च्याप्टरको उपाध्यक्षमा हरि गुरुङ निर्वाचित भएका छन् । उनले १४४ मत प्राप्त गर्दा सुमन केसीले १०४ मत प्राप्त गरे । कार्यसमितिका अरु पदाधिकारी र सदस्यहरु यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । यता, केही समयअघि नै एनआरएनए कोलोराडोको अध्यक्षमा चन्द्र गुरुङ र सचिवमा भुवन सापकोटा रहेको समिति निर्वाचित भएका थिए । एनआरएनए कोलोराडोको अध्यक्षमा चन्द्र गुरुङ र सचिवमा भुवन सापकोटा निर्वाचित...
बीडीए कोलोराडो च्याप्टरको अध्यक्षमा नवराज मरासेनी चयन

बीडीए कोलोराडो च्याप्टरको अध्यक्षमा नवराज मरासेनी चयन

-नातिबाबु भट्ट (कोलोराडो अमेरिका) । बल्ड डोनर्स अफ अमेरिका (बीडीए) कोलोराडो च्याप्टरको अध्यक्षमा नवराज मरासेनी चयन भएका छन् । संस्थाका सदस्यहरूको हालै सम्पन्न भेलाले नवराज मरासेनीको अध्यक्षतामा सर्वसम्मत तरिकाबाट ५ सदस्यीय कोलोराडो च्याप्टरको नयां कार्यसमिति गठन गरेको हो । यसरी चयन भएका संस्थाका अन्य सदस्यहरूमा शर्मिला शर्मा, चिरन्जिबी लम्साल , बिकाश भण्डारी र डा. शारदा त्रिपाठी रहेको अध्यक्ष मरासेनीले बताएका छन् । कार्यक्रममा बीडीए अमेरीकाको निवर्तमान केन्द्रीय अध्यक्ष भुषणलाल श्रेष्ठ, बरिष्ठ केन्द्रीय उपाध्यक्ष टिका पौडेल, केन्द्रयि कोषाध्यक्ष फणिन्द्र क्षेत्री लगायतका ब्यक्तिहरूको उपस्थिती रहेको थियो । अमेरिकामा रक्तदान जीवनदान भन्ने मान्यतालाई सार्थक रूपदिन नेपालीहरूको सकृयतामा सन् २००९ मा स्थापित यस संस्थाको कोलोराडो लगायत २ दर्जन भन्दा बढि स्टेटमा च्याप्टर गठन भइसकेको छ ।...
कोलोराडो बोल्डरमा कुमारी रथ तानेर येंयाः (इन्द्र जात्रा) मनाइँदै

कोलोराडो बोल्डरमा कुमारी रथ तानेर येंयाः (इन्द्र जात्रा) मनाइँदै

-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । नेवाः समुदायको बाक्लो बसोबास रहेको कोलोराडोमा नेपालको धर्म संस्कृति संरक्षण तथा पहिचान गर्ने उद्धेश्यले येंयाः (इन्द्र जात्रा) को कार्यक्रम आयोजना गर्न लागिएको छ । कार्यक्रममा गणेश, भैरव सहित जीवितदेवी कुमारीको रथयात्रा, लाखे नाच, धिमेबाजा, पुलुकिसि नाच, हाथु हायेके, परम्परागत नेवाः गीत संगीत तथा नृत्य, समेबजि वितरण, जस्ता कार्यक्रम रहेको संस्थाका महासचिव सञ्जय शाक्यले बताएका छन् । भौगोलिक अवस्थितिले काठमाडौं उपत्यकासँग मिल्दोजुल्दो मात्र नभएर काठमाडौं र बोल्डरको भगिनी सम्बन्ध भएकोले पनि यस वर्षको इन्द्र जात्राले विशेष महत्व राख्दछ । जात्रालुहरूलाई निःशुल्क प्रवेश र समेबजिको व्यवस्था गरिएको कोलोराडो नेवाः खलः मिसा कवका संयोजक रमिता तुलाधरले प्रष्ट्याएकी छन् । सेप्टेम्बर ७ आइतबारका दिन दिउँसो १२ बजे देखि ४ बजेसम्म संचालन हुने जात्रामा सहभागीहरूको लागि...
कोलोराडोका दिदीबहिनीहरूले बरिष्ठ अभिनेत्री बसुन्धरा भुषालसंगै खाए तिजको दर

कोलोराडोका दिदीबहिनीहरूले बरिष्ठ अभिनेत्री बसुन्धरा भुषालसंगै खाए तिजको दर

-नातिबाबु भट्ट (कोलोराडो अमेरिका) । हिन्दु महिलाहरुको महान चाड तिज नजिकिदै गर्दा कोलोराडो निवासी दिदीबहिनीहरुले बरिष्ठ अभिनेत्री बसुन्धरा भुषालको सहभागितामा सामुहिक रूपमा तिजको दरखाएका छन् । प्रवासमा रहेका महिला दिदी बहिनिहरुलाई एक्लो भएको महसुस हुन नदिन र सबै दिदी बहिनी एकै ठाउमा जम्मा भई सुखदुःख साटासाट गर्दै माईतीको झल्को मेटाउन सिष्टर्स ग्रुप दिदी बहिनी समूह कोलोराडोले आयोजना गरेको सामुहिक दरखाने कार्यक्रमा बसुन्धरा भुषालको सहभागिता भएको हो । कोलोराडो स्थित वेष्टमिनिष्टर सिटीमा आइतबार सांझ ५ बजे देखी राती १० बजेसम्म संचालन भएको तिजको दरखाने कार्यक्रममा संघ संस्थाका प्रतिनिधी बुद्धीजिवी, गन्यमान्य, समाजसेवी, ब्यवसायी तथा नेपाली भाषी बुबाआमा , दिदीबहिनी दाजुभाईहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रमको शुरूमा सिष्टर्स ग्रुप दिदी बहिनी समुहका अध्यक्ष धन पौडेलले उपस्थित सब...
कोलोराडोमा नेपाली घरलाई व्यवस्थितरूपमा संचालन गर्न सामुदायिक सहकार्य परिषद गठन

कोलोराडोमा नेपाली घरलाई व्यवस्थितरूपमा संचालन गर्न सामुदायिक सहकार्य परिषद गठन

-नातिबाबु भट्ट (कोलोराडो अमेरिका) । कोलोराडोवासी नेपालीभाषी सामाजिक संघ संस्थाहरुको आर्थिक र भौतिक योगदानबाट निर्माणाधीन नेपाली सांस्कृतिक केन्द्रलाई व्यवस्थितरूपमा संचालनगर्न सामुदायिक सहकार्य परिषद गठन गरिएको छ । नेपालीभाषी समुदाय र सामाजिक संघ संस्थाबीच समन्वय संगसंगै कार्यगत एकताबाट निर्माण भैरहको नेपाली सांस्कृतिक केन्द्र (नेपाली घर) लाई सामुहिक प्रयत्नबाट संचालनका लागी सामुदायिक सहकार्य परिषद गठन गरिएको हो । नेपालीभाषा संस्कृतिको जगेर्ना गर्दै पुस्तान्तरण गर्न, नेपाली समाजलाई अमेरिकी प्रणालीसँग परिचित गराउंदै मूल अमेरिकी समाजमा चिनाउन, विविध चाडपर्व कार्यक्रमहरू संचालन गर्न स्थापित नेपाली सांस्कृतिक केन्द्र (नेपाली घर) सबैको साझा सम्पत्ती हो । यसप्रति नेपाली समुदायको अपनत्वको भाबना जागृत गराउदै वित्तीय रूपमा समेत दीगो तरिकाले संचालन गर्नुपर्ने वास्तविकतालाइ आत्मासाथ गर्दै नेपालीभ...