नेपाल । शुक्रबार बसेको रास्वपाको सचिवालय बैठकले केन्द्रीय विभाग तथा आयोगमा सदस्यहरु मनोनीत गरेको छ।
बैठकले केन्द्रीय अनुशासन आयोगमा अधिवक्ता कमलप्रसाद पोखरेल र अधिवक्ता हरिचन्द्र भट्टराईलाई सदस्यमा मनोनीत गरेको हो ।
त्यस्तै केन्द्रीय संगठन विभागमा लमजुङका धर्म केसी, गोपाल घिमिरे र विमल तिवारीलाई मनोनीत गरिएको छ ।
पार्टीको केन्द्रीय समितिको विस्तारित बैठक पुस १९, २० र २१ गते गर्ने पनि बैठकले निर्णय गरेको छ।
बैठकमा कार्यवाहक सभापति डोलप्रसाद अर्याल र उपसभापति डा. स्वर्णिम वाग्लेले सामाजिक राजनीतिक परिस्थितिबारे समीक्षा प्रस्तुत गरे ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्