नेपाल । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीमाथि जनताले गरेको भरोसा र दिएको मतको रक्षा गर्न नसक्दा कार्यकर्ता र कर्मचारीहरुमा असन्तुष्टि बढ्दै गएको स्वीकारेका छन् ।
सोमवार नेपाल राष्ट्रिय कर्मचारी महासंघको १८औँ स्थापना दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
जनताको विश्वासअनुसार पार्टीलाई एकताबद्ध गरेर जनभावनालाई उच्च सम्मान गर्दै विकास र समृद्धिको यात्रामा अगाडि बढ्न नसकेका कारण जनता र कार्यकर्तामा असन्तुष्टि बढेको बताए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्