२२ फाल्गुन २०८२, शुक्रबार

रविलाई कास्कीबाट काठमाडौं हुँदै वीरगञ्ज पुर्याइयो

कोलोराडोखबर संवाददाता , December 10th, 2024

नेपाल । रास्वपा सभापति रवि लामिछानेलाई कास्कीबाट काठमाडौं हुँदै पर्साको वीरगञ्ज लगिएको छ ।

रविलाई काठमाडौंबाट विमानमा सिमरा पुर्याउँदा समर्थकहरुले चर्को नाराबाजी गरे ‌।

वीरगञ्ज प्रहरी कार्यालयमै चिकित्सक बोलाएर रविको स्वास्थ्य परीक्षण गराइएको छ । चिकित्सकले रविको ब्लड प्रेसर उच्च देखिएको बताएका छन् ।

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि उनलाई कात्तिक २ गते पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्