१० असार २०८२, मंगलवार

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

कोलोराडोखबर संवाददाता , December 9th, 2024

नेपाल । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका छन् ।

नेपाल भ्रमणका रहेका लूले पूर्वप्रधानमन्त्री समेत रहेका देउवासँग बुढानीलकण्ठमा पुगेर भेटवार्ता गरेका हुन् ।

भेटवार्तामा दुई मुलुक बीचका बहुआयामिक सम्बन्धका विषयमा कुराकानी भएको बुझिएको छ ।

भारत र श्रीलंका हुँदै तीन दिने नेपाल भ्रमणमा आइतबार उत्रिएका लुले दुई मुलुकबीचको सम्बन्धलाई थप बलियो बनाउने विषयमा देउवासँग कुरा गरे ।

यसैबीच, पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लुले भेटवार्ता गरेका छन् ।

प्रचण्ड निवास खुमलटारमा आइतबानै भएको उक्त भेटवार्तामा उनीहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्