२२ फाल्गुन २०८२, शुक्रबार

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

कोलोराडोखबर संवाददाता , December 7th, 2024

नेपाल । नेपाली कांग्रेसले सोमबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

मंसिर २४ गते बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने गरी बैठक बोलाइएको हो ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, स्थानीय तहको उपनिर्वाचनको समीक्षालगायतको विषयमा छलफल हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्