नेपाल । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीन भ्रमणबाट शनिबार स्वदेश फर्केकी छिन् ।
स्वदेश फर्केपछि उनले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका योजनाहरु अनुदान स्वरुप अघि बढाउन चीन सकारात्मक रहेको बताएकी छन् ।
चीन भ्रमण सकेर स्वदेश फर्किएकी परराष्ट्रमन्त्री राणाले आफूले चीन भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्रीसँग गरेको कुराकानीमा बीआरआई प्रोजेक्ट अन्तर्गतका योजनाहरु अनुदानका रुपमा अघि बढाउन चीन सकारात्मक रहेको बताएकी हुन् ।
देश भित्रको परिस्थितिका कारण नेपालले ऋण लिनसक्ने अवस्था नभएको चिनियाँ पक्षलाई स्पस्ट पारेको पनि परराष्ट्रमन्त्री देउवाले जानकारी दिइन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्