नेपाल । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई मंगलबार बयानका लागि रुपन्देही लगिँदै छ ।
बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीबाट पक्राउ पुर्जी जारी भएपछि बयानका लागि रविलाई रुपन्देही लग्न लागिएको हो ।
पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिनामा पक्राउ परेका रवि लामिछाने २५ दिनदेखि कास्की प्रहरीको हिरासतमा छन् ।
उनी कात्तिक २ गते पक्राउ परेका थिए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्