अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्मा यूएईस्थित नेपाली समुदायका सदस्यहरूसंग दुवईमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा सहभागी भएका छन् ।
संघको स्थापना दिवसको औपचारिक कार्यक्रम सम्पन्न गरी काठमाण्डौंबाट दुवई पुगेका डा. शर्माले गैरआवासीय नेपालीहरूको विविध समस्याहरूको समाधानमा संघले गर्ने भूमिकाबारे स्पष्ट पारे ।
यूएईको प्रमुख व्यावसायिक शहर दुवईमा आयोजित उक्त कार्यक्रममा एनआरएनए यूएईका अध्यक्ष विकास शाही तथा संघका सचिव मनोज श्रेष्ठले डा. शर्मालाई स्वागत गर्दै सम्मान प्रकट गरे । यो अवसरमा गैरआवासीय नेपालीहरूको मुद्धा र वर्तमान अवस्थामा संघको भूमिकाबारे महत्वपूर्ण छलफल गरियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै डा. शर्माले एनआरएनएको स्थापनादेखि हालसम्म संघले गरेका विविध कार्यहरूको चर्चा गरे । उनले विदेशमा रहेका नेपालीहरूको आर्थिक, सामाजिक र सांस्कृतिक समस्याहरूको समाधानमा संघको सक्रियता अझै बढाउने प्रतिबद्धता जनाए ।
प्रतिक्रिया दिनुहोस्