२१ मंसिर २०८१, शुक्रबार

अन्ततः शुरु भयो उपसभामुख रानालाई हटाएरै छाडिने कसरत

कोलोराडोखबर संवाददाता , September 12th, 2024

नेपाल । अन्ततः उपसभामुख इन्दिरा राना मगरलाई हटाएरै छाडिने भएको छ ।

यता, सत्तारूढ कांग्रेस र एमालेले दुई तिहाइ सांसदको मत सुनिश्चित गरेर मात्र उपसभामुख रानालाई हटाउने प्रक्रिया अघि बढाउने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई हटाउने निष्कर्ष निकालेपछि उनीमाथि दबाब बढेको छ ।

सत्तारूढ गठबन्धनमा कांग्रेस ८८, एमाले ७७ (सभामुख र निलम्बन टोपबहादुर रायमाझीबाहेक), जसपा ७, लोसपा र नागरिक उन्मुक्ति ४–४ र स्वतन्त्र १ गरी १८१ मत पुग्छ  । दुई तिहाइका लागि आवश्यक १८३ मतमध्ये २ मत अपुग हुने भएकाले ओली र देउवा मधेश प्रदेश सरकारमा सहकार्य गरेको जनमत र सरकारलाई समर्थन जनाएको उपेन्द्र यादव नेतृत्वको जसपा नेपाललाई फकाउने कसरतमा छन् ।

प्रतिक्रिया दिनुहोस्