नेपाल । नेपाल सरकारका मुख्य सचिव लीलादेवी गड्तौला उमेर हदका कारण शुक्रबारदेखि अनिवार्य अवकाशमा जाने भएपछि सरकारले मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गृह सचिव रहनुभएका अर्याललाई भदौ १६ गतेदेखि लागू हुने गरी मुख्यसचिवमा नियुक्त गरेको हो ।
२०२४ मंसिर १० मा जन्मिएका अर्यालले करिब १५ महिना मुख्यसचिव पद सम्हाल्नेछन् । अर्याल २०४६ माघमा नायव सुब्बाबाट निजामती सेवामा प्रवेश गरेका थिए ।
खुला प्रतिस्पर्धाबाट २०५१ साउनमा अधिकृत बनेका उनी आन्तरिक प्रतिस्पर्धाबाट २०५८ मा उपसचिव र २०६७ मा सहसचिव भएका थिए । सचिवमा भने उनी २०७६ फागुनमा बढुवा भएका थिए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्