नेपाल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काँग्रेस र एमालेले आफूहरूलाई ३२ सीट भनेर हेपेको भन्दै आगामी निर्वाचनमा २०६४ सालको नतिजा दोहोर्याउने गरी लाग्नुपर्ने बताएका छन् ।
उनले आगामी निर्वाचनबाट माओवादी पहिलो पार्टी बन्न सक्ने दाबी समेत गरे ।
नुवाकोट काठमाडौँ सम्पर्क समन्वय समितिको ८औँ भेलालाई सम्बोधन गर्दै उनले माओवादीलाई पहिलो पार्टी बनाउने आत्मविश्वासका साथ अघि बढ्न नेता कार्यकर्तालाई आग्रह गरे ।
उनले २०६४ को निर्वाचनमा भोट हाल्ने जनताको घरघर गएर आत्मसमीक्षा गर्न नेता कार्यकर्तालाई निर्देशन दिए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्