२१ फाल्गुन २०८२, बिहीबार

सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

कोलोराडोखबर संवाददाता , May 25th, 2024

नेपाल । नागरिकता किर्ते कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि अनुसन्धान गर्न प्रहरीले थप तीन दिनको म्याद पाएको छ ।

गत मंगलबार काठमाडौंमा कार्यालयबाटै पक्राउ परेका उनलाई यसअघि बुधबार पनि उनलाई धनुषा जिल्ला अदालतले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

यसैबीच चार दिनदेखि प्रहरी हिरासतमा रहेका सिरोहिया स्वास्थ्यमा समस्या आएपछि शुक्रबार अस्पताल भर्ना भएका छन् ।

उनी उच्च रक्तचाप, मुटुको चालमा उतारचढाव र टाउको दुखाइ बढेपछि अस्पताल भर्ना भएका हुन् । सिरोहियालाई पहिलेदेखि नै डायबेटिज, उच्च रक्तचाप लगायतका समस्या रहेको परिवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्