नेपाल । नेकपा (एमाले)का नेता एवम् पूर्वमन्त्री महेश बस्नेतविरुद्ध फौजदारी कसुरको जाहेरी दर्ता भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँमा आइतबार एक युवतीले बस्नतेलाई भ्रुण हत्या, बलात्कार र डाँका चोरी गरेको आरोपमा जाहेरी दर्ता गराएकी हुन् ।
पीडितले हुलाकमार्फत पठाएको जाहेरी दर्ता गरिएको प्रहरीले बताएको छ । बस्नेतले आफूलाई दुई पटक बलात्कार गरेको पीडित युवतीले आरोप लगाएकी छन् ।
केही समय यता एक युवतीले बस्नेतलाई आफूमाथि अन्याय गरेको र आफू धेरै समयदेखि उनीसँगको शारीरिक सम्पर्कमा रहेको आरोप लगाउँदै आएकी छिन् । बस्नेतले आफ्नो जीवन बर्बाद बनाएको भन्दै उनी मिडियामा समेत आएकी छिन् ।
प्रतिक्रिया दिनुहोस्