२६ चैत्र २०८२, बिहीबार

गुजरात टाईटान्सद्वारा दिल्ली क्यापिटल्सवरुद्ध रोमाञ्चक जित

कोलोराडोखबर संवाददाता , April 9th, 2026

नेपाल । गुजरात टाईटान्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा दिल्ली क्यापिटल्सवरुद्ध रोमाञ्चक जित निकालेको छ । बुधबार राति सम्पन्न खेलमा गुजरात एक रनले विजयी भएको हो ।

यो जितसँगै गुजरातले प्रतियोगितामा जितको खाता खोलेको छ । जितसँगै दुई अंक जोडेको गुजरातले तीन खेलमा एक जित र दुई हार व्यहोरेको छ ।

बुधबार भारतको दिल्लीस्थित अरुण जेट्ली रंगशालामा गुजरातले प्रस्तुत गरेको २११ रनको लक्ष्य पछ्याएको दिल्ली निर्धारित २० ओभरमा सबै विकेट गुमाएर २०९ रनमा समेटियो ।

प्रतिक्रिया दिनुहोस्