२७ फाल्गुन २०८२, बुधबार

कोलोराडोमा अन्तर्राष्ट्रिय महिला दिवस भव्यताका साथ सम्पन्न (फोटो फिचरसहित)

कोलोराडोखबर संवाददाता , March 10th, 2026

कोलोराडो । गैरआवासीय नेपाली संघ (NRNA) NCC USA को आयोजनामा, NRNA Colorado Chapter को संयोजनमा, Nepali Women Thrive को सहकार्य तथा Sisters Group को सहयोगमा अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रम कोलोराडोमा भव्यताका साथ सम्पन्न भएको छ ।

कार्यक्रममा कोलोराडोमा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू तथा कोलोराडोवासी नेपालीभाषी आमा–बुबा, दिदीबहिनी तथा दाजुभाइहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

संस्थाकी महिला उपाध्यक्ष NAMUNA GAIRE को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा City of Westminster की Mayor Claire Carmelia ले प्रमुख अतिथिको रूपमा सहभागिता जनाउनु भएको थियो ।

त्यस्तै Colorado State House of Representatives District 33 का Kenny Nguyen विशेष अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। यसैगरी NRNA NCC USA का Youth Vice President प्रकाश पौडेल तथा General Secretary RC Panta को पनि विशेष आतिथ्यता रहेको थियो।

कार्यक्रमको सञ्चालन संस्थाकी महिला सचिव KALI MAYA GURUNG ले गर्नु भएको थियो। कार्यक्रममा वक्ताको रूपमा अधिवक्ता स्मारिका थापा र डा. उमा सिटौला ले महिला सशक्तिकरण, नेतृत्व तथा समाजमा महिलाको भूमिका सम्बन्धी महत्वपूर्ण विचार व्यक्त गर्नु भएको थियो।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा समाजमा महत्वपूर्ण योगदान पुर्‍याउनु भएका निम्न व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियो ।
1. निश्मा गुरुङ
2. दिल कुमारी श्रेष्ठ
3. डा. शारदा त्रिपाठी
4. प्रमिला शर्मा
5. उत्तरा श्रेष्ठ
6. मीना पौडेल
7. मीना मास्के
8. निर्मला श्रेष्ठ
9. निमा डोमा शेर्पा

NRNA Colorado Chapter ले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि अन्तर्राष्ट्रिय महिला दिवसलाई भव्य रूपमा मनाएको छ । आगामी वर्षहरूमा पनि महिला अधिकार, सशक्तिकरण तथा महिलाको आवाज बुलन्द बनाउनका लागि NRNA Colorado परिवार सधैं समुदायसँगै रहने विश्वास व्यक्त गरिएको छ ।

उक्त कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न सहयोग गर्ने एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष विकास उप्रेती, एनसीसी महिला उपाध्यक्ष शान्ति वाग्ले पौडेल र एनसीसी सचिव संगीता लामालाई धन्यबाद ज्ञापन गरिएको एनआरएनए कोलोराडो च्याप्टरका अध्यक्ष निमा शेर्पा र चन्द्र गुरुङले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्