२६ फाल्गुन २०८२, मंगलवार

प्रतिनिधि सभा निर्वाचनः प्रत्यक्षतर्फ कुन दलले कति सिट जिते ?

कोलोराडोखबर संवाददाता , March 10th, 2026

नेपाल । प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्ष तर्फको मतगणना सकिएको छ । सबै १६५ क्षेत्रको मतगणना सकिएको छ ।

एक स्थान धनुषा–१ को मतगणना सम्पन्न भएपनि आयोग र अदालतले रोके पनि मत परिणाम सार्बजनिक गरिएको छ र सो क्षेत्रमा नेकपाका मातृका यादवलाई विजयी घोषित गरिएको छ । सर्वोच्च अदालतले आदेश दिएपछि सोहि अनुसार हुने गरि आयोगले अहिलेको मतगणनाअनुसार परिणाम सार्बजनिक गर्दै यादवलाई प्रमाण पत्र दिएको छ ।

प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले अभूतपूर्ण जित हासिल गर्दै १२५ सिट जितेको छ । त्यस्तै नेपाली काँग्रेसले १८ सिट जितेको छ भने नेकपा एमालेले ९ सिट जितेको छ । त्यसै गरि नेपाली कम्युनिष्ट पार्टीले ८ सिट जितेको छ भने श्रम संस्कृति पार्टीले ३ सिट जितेको छ । त्यस्तै राप्रपाले एक सिट जितेको छ भने स्वतन्त्र उम्मेदार एक जना महावीर पुनले जित हासिल गरेका छन् ।

यस पटक प्रत्यक्षमा मधेशवादी दल र नागरिक उन्मुक्ति जस्ता दलले भने कुनै सिट जित्न नसकेपछि उनीहरुको संसदमा उपस्थिति नहुने भएको छ । अहिलेसम कम्तिमा एक सांसद जित्दै आएको नेपाल मजदुर किसान पार्टीको प्रतिनिधित्व पनि यस पटक संसदमा नहुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्