नेपाल । साहित्यकार किरणकुमार शर्मा पौडेलद्वारा लिखित ‘जीवनका भोगाइहरू’ लोकार्पण गरिएको छ । संस्कृतिविद् नयनाथ पौडेलले उक्त पुस्तक लोकार्पण गर्नुभएको हो । सो कायक्रममा डा. पौडेलले पुस्तकभित्र आममानिसको कथाव्यथा समेटिएको बताउनुभयो ।
डा. बालचन्द्र मिश्रले पुस्तकको समीक्षा गर्दै आफ्नै बारेमा लेख्नु कठिन कर्म हुँदाहुँदै पनि पुस्तकमा इमानदारितापूर्वक समाजको चित्रण गरिएको बताउनुभयो । डा. बेनी जङ्गमले ५० वर्षअघि आफ्नो परिचय हुँदा नै साहित्य र समाज सेवामा समर्पित लेखकको सक्रियता अझै पनि जीवन्त रहेको उल्लेख गर्नुभयो ।
प्राध्यापक दीपक जङ्गमले साहित्यका सबै विधामा लेखकको निपुणता पाएको बताउनुभयो । त्यस्तै भागवतवाचक आचार्य कपिलदेव सुवेदीले लेखकको योगदान साहित्यमा मात्र सीमित नरहेको उल्लेख गर्नुभयो । उहाँले विगत १० वर्षभन्दाअघिदेखि नै बर्सेनि सयौँ गरिब असहाय बालबालिकालाई सहयोग हुँदै आएको बताउनुभयो ।
लेखक शर्माले जीवनको उत्तरार्धमा मानिसले आफ्ना विगत आगामी पुस्ताका लागि समर्पण गरेर जानुपर्ने बताउनुभयो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्