नेपाल । नेकपा एमाले मकवानपुरको उपाध्यक्ष हिदम लामा कार्यवाहक अध्यक्ष भएका छन् । आइतबार बसेको आठौँ सचिवालय बैठकले लामालाई कार्यबाहक अध्यक्ष बनाएको हो ।
हालै सम्पन्न निर्वाचनमा पार्टीका उम्मेदवार पराजय भएसँगै पार्टी अध्यक्ष श्रीधर पोखरेलले आइतबार राजीनामा दिएपछि एमाले नेतृत्वमा लामा पुगेका हुन् । लामा भीमफेदी गाउँपालिकाका अध्यक्ष हुन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्