२६ फाल्गुन २०८२, मंगलवार

गगन थापाले अमरेशलाई दिए बधाई

कोलोराडोखबर संवाददाता , March 9th, 2026

नेपाल । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित रास्वपा नेता डा. अमरेशकुमार सिंहलाई बधाई तथा शुभकामना दिएका छन् ।

थापाले सामाजिक सञ्जालमार्फत आफूलाई माया, विश्वास र मत दिने त्यस क्षेत्रका सम्पूर्ण मतदाताप्रति कृतज्ञतासमेत व्यक्त गरेका छन् ।

सभापति थापाले सर्लाही ४ मा देखेका समस्याहरूको सम्बोधन गर्न आफ्नो पहल र क्षमता भित्रबाट सम्भव हुने कामहरू निरन्तर रूपमा गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनुभएकोमा डा. अमरेश सिंहलाई हार्दिक बधाई तथा शुभकामना ! मलाई माया, विश्वास र मत दिनुहुने यस क्षेत्रका सम्पूर्ण मतदाताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। यस क्षेत्रमा मैले देखेका समस्याहरूको सम्बोधन गर्न, मेरो पहल र क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तर रूपमा गरिरहनेछु।

प्रतिक्रिया दिनुहोस्