२५ फाल्गुन २०८२, सोमबार

नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ लाख १६ हजार ९०० कायम

कोलोराडोखबर संवाददाता , March 8th, 2026

नेपाल । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु तीन हजार ५०० र चाँदी प्रतितोला रु ३० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख १६ हजार ९०० कायम भएको छ भने एक तोला चाँदीको मूल्य रु पाँच हजार ४७५ निर्धारण भएको छ ।

शुक्रबार एक तोला सुन रु तीन लाख १३ हजार ४०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ४४५ मा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्