२५ फाल्गुन २०८२, सोमबार

ज्ञानेन्द्र विवशद्वारा लिखित ५७ निबन्धको संग्रह ‘इन्द्रेणी सौन्दर्य’ सार्वजनिक

कोलोराडोखबर संवाददाता , March 8th, 2026

नेपाल । ज्ञानेन्द्र विवशद्वारा लिखित ५७ निबन्धको संग्रह ‘इन्द्रेणी सौन्दर्य’ सार्वजनिक गरिएको छ । निबन्धकार विवशको यो नवीन कृति सुन्दर स्वदेश प्रकाशनले बजारमा ल्याएको हो ।

यसभित्र जीवनका विविध पाटा, प्रकृति, यात्रा, अध्यात्म, जन्म–मरण, सुखदुःख आदि पक्षमा निबन्धकारका अनुभूति अभिव्यक्त छ । कृतिमा समावेश निबन्ध सात भागमा विभाजन गर्न सकिने अग्रज निबन्धकार तथा समालोचक प्राडा माधवप्रसाद पोखरेलले बताएका छन् । यात्रा, दृश्य–दृष्टि, अनुभूति, स्मृति, फुर्सद, सौन्दर्यकेन्द्रित र विविधा यसमा रहेको उनले उल्लेख गरेका छन् । सबै निबन्धको मूलभूत विषय कुनै न कुनै पक्षको सौन्दर्य नै भएको उनले बताएका छन् ।

विवशका यसअघि ६ निबन्ध, तीन नियात्रा र पाँच जीवनीका कृति प्रकाशित छन् । ‘कालापत्थरबाट सगरमाथा नियाल्दा’ शीर्षकको नियात्रासंग्रह प्रकाशनको सँघारमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्