अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । संघको १२औँ बृहद् एकता अन्तर्राष्ट्रिय महाधिवेशन फागुन ३० गतेदेखि चैत २ गतेसम्म आयोजना हुने छ ।
एनआरएनएद्वारा जारी कार्यतालिकाअनुसार दुई वर्षे कार्यकालका लागि ७४ पदमा निर्वाचन हुनेछ । उम्मेदवारी दर्ता फागुन २२ गतेसम्म भौतिक उपस्थित वा अनलाइन माध्यमबाट गर्न सकिनेछ भने प्रस्तावक र समर्थकसहित सनाखत अनिवार्य गरिएको छ ।
फागुन २६ गते उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ । फागुन २७ गते दाबी–विरोध, मनोनयनपत्र जाँचबुझ तथा उजुरीमाथि निर्णयपछि दोस्रो नामावली सार्वजनिक हुनेछ । फागुन २८ गते उम्मेदवारी फिर्ता लिन सकिनेछ र सोही दिन अन्तिम नामावली प्रकाशन गरिनेछ ।
फागुन २९ गते अनलाइन मतदानको नमुना निर्वाचन गरिनेछ । फागुन ३० देखि चैत १ गतेसम्म नेपाल बाहिर रहेका मतदाताका लागि अनलाइन मतदान खुला रहनेछ । नेपालभित्र भने चैत १ गते होटल द सोल्टीमा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मतदान हुने छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्