१३ फाल्गुन २०८२, बुधबार

साम्बाले घुँडाको उपचारका लागि मागिन् आर्थिक सहयोग

कोलोराडोखबर संवाददाता , February 24th, 2026

नेपाल । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारीले हाल घुँडाको गम्भीर चोटको उपचारका लागि आर्थिक सहयोगको अपिल गरेकी छन् ।

उनले सामाजिक सञ्जालमार्फत करिब ८० हजार अमेरिकी डलर खर्च लाग्ने शल्यक्रियाको लागि सहयोग आवश्यक भएको जानकारी दिएकी छन् ।

साम्बाले घुँडाको एसीएलमा भएको पहिलाको शल्यक्रियाको ग्राफ्ट र एमसिएल दुवै भागमा जटिल चोट लागेको कारण पुनः उच्च स्तरको उपचार आवश्यक रहेको बताइन् । उनी आफ्नो उपचार कतारस्थित अस्पेटार अस्पतालमा गराउने योजना बनाएकी छन्, जहाँ अघिल्लो पटक उनले उपचार गराएकी थिइन् ।

एन्फा (एन्फाअस्ट्रेलियाली ए लिगको वेलिङ्टन फिनिक्स) बाट खेल्दै आएकी साम्बा डेढ महिनाअघि खेलका क्रममा घुँडाको गम्भीर चोटमा परेकी थिइन् । ब्रिसबेन रोअरविरुद्धको खेलको दोस्रो हाफमा गोलरक्षकसँग ठोक्किँदा उनको दायाँ घुँडाको एसीएल टियर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्