नेपाल । काठमाडौँ महानगर क्षेत्रसँग जोडिएको तारकेश्वर नगरपालिका–९ मा एक घरभित्र चितुवा पसेपछि तीन जना घाइते भएका छन् ।
तारकेश्वरका वडा अध्यक्ष श्यामकृष्ण महर्जनका अनुसार स्थानीय बासिन्दाको घरमा पसेको चितुवाले आक्रमण गर्दा दुलाल महर्जन गम्भीर घाइते हुनुभएको छ ।
साथै मायानाथ वाग्लेसहित दुई जना सामान्य घाइते हुनुभएको छ । घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको थियो । सामान्य घाइते वाग्ले र अर्का एक जना उपचारपछि डिस्चार्ज हुनुभएको छ भने गम्भीर घाइते महर्जनको उपचार भइरहेको उहाँले बताउनुभयो । चितुवालाई नियन्त्रणका लिइ वन कार्यालयको टोली लगेको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्