नेपाल । गायक कृष्ण विक र गायिका समीक्षा अधिकारीको स्वर रहेको ‘होरी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
सुदूरपश्चिममा लोकप्रिय रहेको लोकभाकालाई राष्ट्रियकरण गर्ने उद्देश्यले तयार पारिएको गीतमा नायक राजेश हमाल र पूर्वमिस नेपाल उषा खड्कीको अभिनय रहेको छ ।
भिडियोमा हमाल र खड्कीका साथै मनोज महर्जन र बिन्दिया बुढाथोकीलाई पनि देख्न सकिन्छ । भिडियोले होली पर्वको सांस्कृतिक र परम्परागत महत्वलाई नजिकबाट केलाएको निर्माण पक्षको दाबी छ । सरोज खड्का निर्देशित गीतमा राम अविरल विष्टको शब्द सिर्जना रहेको गीतमा दीपक आरजेको सङ्गीत रहेको छ ।
पवन सुस्लिङले छायाङ्कन गर्नुभएको भिडियोमा मिलन श्रेष्ठको सम्पादन रहेको छ । ‘होरी’ गायक कृष्ण विककै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्